सत्चित शमशेर जङ्गबहादुर राणा

(सत्चित शम्शेर जबराबाट अनुप्रेषित)

सत्चित शम्शेर जबरा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल २०४४ जेठ १-२०४८ जेठ १ ( सन् १९८७ देखि सन् १९९१ )सम्म रह्यो। [२]

महारथी श्री
सत्चित शम्शेर जबरा
नेपालका प्रधान सेनापतिहरू
कार्यकाल
२०४४ जेठ १ [१]सन् १९८७ – सन् १९९१
पूर्वाधिकारीअर्जुन नरसिंह राणा
उतराधिकारीगडुल शम्शेर जबरा

सन् १९९० मा चीनले नेपाललाई हवाई प्रतिरक्षा (एअर डिफेन्स) हतियारहरू सरल मूल्यमा बेचेको थियो । त्यो समयमा नेपालको सार्वभौमसत्तालाई मिचेर भारतीय लडाकु हवाईजहाजहरू नेपालमाथि जबर्जस्ती उड्थे । कुनै पनि माध्यमबाट भएको नेपालको अनुरोधलाई भारतले बेवास्ता गरिरहेकाले राजा वीरेन्द्रको चासोमा र प्रधान सेनापति सत्चित शम्सेर राणाको योजना मुताबिक नेपाल सरकारले उक्त ‘एन्टि एअर क्राफ्ट वेपन’ किनेको हो।

सन् १९५० को सन्धिको धारा उल्लंघन भयो भनेर भारतले सो हतियार किनेको विरोधमा नेपाललाई त्यसपछिका दिनहरूमा भारतीय फाइटर विमानले नेपाली सार्वभौमसत्ता मिचेको थाहा छैन । त्यसपछिका दिनहरूमा समेत नेपाल सरकारले चीनबाट नगन्य रूपबाट सानातिना हतियार खरिद गरेको देखिन्छ । भारत र पश्चिमासँग किनिएका हतियारका दाँजोमा चीनसँग एकदम थोरै हो ।[३]

स्रोत सम्पादन गर्नुहोस्