किराँती समुदायमा चलेको 'साञ्चेप' प्रथा लाई वाम्बुले राईहरू 'सघौनी' भन्दछन् |सघाउ -सहायता), सघाउने काम, सहयोग, मद्दत, गुहार। सघाउनी- सघाएको काम। सघावट-सघाउ हो।

यो प्रथा वास्तवमा आर्थिक सङ्कलन हो। दाजुभाइ, छरछिमेकमा आर्थिक रूपमा एकले अर्कोलाई सघाउने काम हो। सङ्गठित समाजमा यो प्रचलन व्याप्त छ। नयाँ बस्ती नभई परापूर्वकालदेखि बस्दैआएको समाजमा यो चलन छ। आफन्त र सीमित सेवा क्षेत्रका इष्टमित्रलाई बोलाएर एक-अर्कामा आर्थिक सहयोग गर्ने-गराउने गरिन्छ।