संयुक्त अधिराज्यको झण्डा

संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक हो, जसलाई सङ्घ झण्डा पनि भनिन्छ।[१]

ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्य
नामसङ्घ झण्डा, युनियन ज्याक, ब्रिटिस झण्डा, संयुक्त अधिराज्य झण्डा
प्रयोगराष्ट्रिय झण्डा সাধারণ পার্শ্বজাতীয় পতাকা
अनुपात३:५
अधिग्रहण१ जनवरी १८०१; २२३ वर्ष पहिले (१८०१-०१-01)
डिजाइनरातो र सेतोको सेतो जालीदार परिवर्तित गरिएको साल्टायरसहित नीलो भागमा सेतो जालीदार सममित रातो क्रस।
द ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्यको भिन्न झण्डा
अनुपात१:२
द ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्यको भिन्न झण्डा
प्रयोगनागरिक झण्डा বেসামরিক নিশান
अनुपात१:२
डिजाइनक्यान्टोनमा सङ्घको झण्डा भएको रातो क्षेत्र।
द ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्यको भिन्न झण्डा
प्रयोगराज्य झण्डा রাজ্য নিশান
अनुपात१:२
डिजाइनक्यान्टोनमा सङ्घको झण्डा भएको निलो क्षेत्र।
द ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्यको भिन्न झण्डा
प्रयोगनौसेना झण्डा রণ নিশান
अनुपात१:२
डिजाइनक्यान्टोनमा सङ्घको झण्डासहितको सेतो क्षेत्रमा सममित रातो क्रस।
द ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको
संयुक्त अधिराज्यको भिन्न झण्डा
प्रयोगवायु सेना प्रतीक
अनुपात१:२
डिजाइनक्यान्टोनमा सङ्घको झण्डा र मध्य भागमा शाही वायु सेनाको नीलो क्षेत्र।

युनियन ज्याकको आवरण र सजावट सन् १८०१ को सङ्घ ऐनद्वारा भएको हो जसले ग्रेट ब्रिटेनआयरल्यान्डको संयुक्त अधिराज्य सिर्जना गर्न ग्रेट ब्रिटेन र आयरल्यान्डको राज्य (पहिले व्यक्तिगत सङ्घमा) लाई एकताबद्ध गरेको थियो। झण्डामा सेन्ट जर्जको रातो क्रस (इङ्गल्याण्डको संरक्षक सन्त (जसले वेल्सलाई पनि प्रतिनिधित्व गर्दछ)) समावेश गर्दछ, किनारामा गरिएको सेतो रङ्ग सेन्ट प्याट्रिक (आयरल्याण्डको संरक्षक सन्त) को खर्रामा राखिएको छ भने त्यसकै छेउछाउ गरिएको सेतो रङ्ग सेन्ट एन्ड्रयु (स्कटल्याण्डको संरक्षक सन्त) राखिएको छ। वेल्सको संरक्षक सेन्ट डेभिडले सङ्घ झण्डामा वेल्सलाई प्रतिनिधित्व गर्दैन किनभने वेल्स इङ्ल्यान्ड राजशाहीको भाग नभएकै समयमा यसको आवरण तय गरिएको थियो।

जमिनमा झण्डाको अनुपात र ब्रिटिस सेनाले प्रयोग गरेको युद्ध झण्डाको अनुपात ३:५ छ।[२] समुद्रमा झण्डाको उचाइ देखि लम्बाइ अनुपात १:२ हो।[३]

ग्रेट ब्रिटेनको झण्डा स्कटल्यान्ड र इङ्ल्यान्डको राजा जेम्स छैठौँ र प्रथमको घोषणाद्वारा सन् १६०६ मा स्थापित भएको थियो। संयुक्त अधिराज्यको नयाँ झण्डा आधिकारिक रूपमा सन् १८०१ को काउन्सिलको आदेशद्वारा सिर्जना गरिएको थियो। कुनै आधिकारिक मानकीकृत रङहरू निर्दिष्ट गरिएको थिएन, यद्यपि झण्डा संस्थानले रातो र शाही नीलो रङहरूलाई क्रमशः 'प्यानटन १८६ सी' र 'प्यानटन २८० सी'को रूपमा परिभाषित गर्दछ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Flag Institute: "It is often stated that the Union Flag should only be described as the Union Jack when flown in the bows of a warship, but this is a relatively recent idea. From early in its life the Admiralty itself frequently referred to the flag as the Union Jack, whatever its use, and in 1902 an Admiralty Circular announced that Their Lordships had decided that either name could be used officially. Such use was given Parliamentary approval in 1908 when it was stated that 'the Union Jack should be regarded as the National flag'."
  2. The Flag Institute It says "The proportions of the flag are 30 units wide by 50 units long", or in other words; the flag proportions are 3:5.
  3. United Kingdom, flag of the, for flag ratio see flag caption
  4. "Union Flag: Specification", The Flag Institute (en-GBमा), अन्तिम पहुँच २०२१-०८-०७