सङ्घीयता एउटा राजनीतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई सङ्घ भन्ने गरिन्छ।

  सङ्घीय राष्ट्रहरू

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा नेपाल सहित हाल ३० वटा सङ्घीय स्वरूपको मुलुकहरु छन्।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

हेर्नुहोस् सम्पादन गर्नुहोस्