श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी रहेका थिए । श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे ।उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो ।

श्यामदास वैष्णव

जन्म प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

श्यामदास वैष्णवको जन्म वि.स. १९८१, श्रावणमा ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौमा भएको थियो ।

शिक्षा - नेपाली मध्यम,

विधा - कविता/नाथक, अन्य

उनको पहिलो रचना - "शारदा" मा "सूर्य" शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी समेत रहेका थिए ।

देवकोटाले नेपाली भाषानुवाद परिषद्मा जागिर पाएपछि उनले श्यामदास वैष्णवलाई आफ्नो कारिन्दा बनाएर त्यहीँ लगे । त्यहाँ उनले वैष्णवलाई पण्डितको दर्जा दिलाए । त्यस बेला देवकोटा मासिक सत्तरी रुपियाँ तलब खान्थे र वैष्णव पन्ध्र रुपियाँ खान्थे ।

मुख्य कृति सम्पादन गर्नुहोस्

  1. रातको आँसु-गीति कविता
  2. पतकर-कविता सङ्ग्रह
  3. अन्तरध्वनि-कविता सङ्ग्रह
  4. उपहार-कविता सङ्ग्रह
  5. केही लघु नाटक
  6. केही गीति नाटक
  7. नयाँ लहर - साझा प्रकाशन

सम्पादित, अनूदित र फुटकर कृति सम्पादन गर्नुहोस्

विभिन्न पत्रपत्रिकाहरूमा कविता, गीत, लेख, निबन्ध आदि प्रकाशित

पुरस्कार मान-सम्मान पदक सम्पादन गर्नुहोस्

  1. वि.स. २०४५ मा "महेन्द्र प्रज्ञा पुरस्कार"
  2. गोरखा दक्षिण बाहु
  3. कवितामा विश्व निकेतनबाट स्वर्ण पदक प्राप्त
  4. समय-समयमा नगद पुरस्कार प्राप्त
  5. हरिहर शास्त्री सावित्रि देवी साहित्यिक पुरस्कार प्राप्त