शिवहरि ज्ञवालीको जन्म विक्रम सम्वत २०४४ साल भाद्र ५ गते पश्चिम नेपालको पाल्पा जिल्ला अन्तर्गत तत्कालीन भुवनपोखरी गाविस वाड नं. नौ खान्टुंग हालको रैनादेवी छहरा गाउँपालिका ३ मा भएको हो । पिता गोविन्द मणि ज्ञवालीको र माता राधादेवी ज्ञवालीको कान्छो सन्तानका रूपमा उनको जन्म भएको थियो । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पाल्पा जिल्लाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको सिमानामा समुद्र सतहदेखि १,३७२ मिटरको उचाइमा भुवनपोखरी गाविस पर्दछ । भुवनपोखरी नामाकरण हुनु अघि यो ठाउँ गोखुंगाका नामले परिचित थियो । ज्ञवाली मानवअधिकार तथा दलित अधिकारको क्षेत्रमा विगत एक दशकदेखि क्रियाशील छन् । उनका दलित मानवअधिकार जलवायु परिवर्तन, मिडिया, मानवअधिकार र आप्रवासनसम्बन्धी एकदर्जनबढी श्रोत पुस्तिका, तालिम निर्देशिका जर्नल लेख तथा अन्य लेखहरु प्रकाशित छन् ।


=सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

कसरी गर्ने धर्मनिरपेक्षता कार्यान्वयन?

विभेदविरुद्ध वैकल्पिक राजनीति

नाममा के छैन ?

प्रेम बर्जित देशमा...

अपमान स्विकार्नुपर्थ्यो ?

जातव्यवस्थाको गणतान्त्रिक निरन्तरता

दलनको बर्बर शृंखला

जात व्यवस्थाको जाँतो

आफ्नै नामको बोझ

जातीय आतंकवाद विरुद्ध ! }}