विष्णुप्रसाद पौडेल

नेपाली राजनीतिज्ञ
(विष्णु पौडेलबाट अनुप्रेषित)

विष्णुप्रसाद पौडेल तेस्रो ओली मन्त्रिपरिषदमा २०७८ जेष्ठ २१ देखि उप-प्रधानमन्त्री र २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्री रूपमा काम गरिरहेका सेवा गरिरहेका एक नेपाली राजनीतिज्ञ हुन्। सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टार्पछी पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए।

बिष्णुप्रसाद पौडेल नेपाल कम्यूष्निट पार्टि (एकिकृत मार्कसबादी लेनिनबादी) का उप महासचिव हुन् । उनलाई तत्कालिन नेपाल कम्यूष्निट पार्टि (नेकपा) मा महासचिवको जिम्मेबारी दिईएको थियो । रुपन्देहि को बुटवल स्थयि ठेगाना रहेका उनि हाल ललिपुरको भैसेपाटिमा बस्छन् । १८ बर्षको उमेरमा नै बामपन्थीहरुबाट प्रभावित भएर उनि पूर्णकालिन राजनितिमा लागेका हुन् ।

उनी रुपन्देही २ का वर्तमान सांसद हुन्। प्रतिनिधिसभा निर्वाचन, २०७४ सालको संसदीय चुनावमा उनले २२,००० मतको अन्तरले चुनाव जितेका थिए। २०७० को दोस्रो संविधानसभाको चुनावमा उनले रुपन्देही-२ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका थिए।[१]

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७९ पुस ११ गते उपप्रधानमन्त्री भए ।[२]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

  • महासचिव, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)
  • उप महासचिव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • केन्द्रीय समितिको सचिव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)।
  • स्थायी समितिको सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ।
  • केन्द्रीय समिति, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सदस्य
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सदस्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "bishnu-poudel-wins-baburam-bhattarai", अन्तिम पहुँच २२ नोभेम्बर २०१३ 
  2. "दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२६