२०१८-१९ युइएफए च्याम्पियन्स लिग

२०१८–१९ युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घले आयोजना गर्ने युरोपको प्रमियर क्लब फुटबल प्रतियोगिताको ६४अौँ संस्करण थियो, र यस प्रतियोगिताको नाम युइएफए च्याम्पियन्स लिगमा परिवर्तन गरेपछिको २७अौँ संस्करण थियो।

२०१८–१९ युइएफए च्याम्पियन्स लिग
प्रतियोगिता विवरण
मितिप्रवेश:
२६ जून – २९ अगष्ट २०१८
मुख्य प्रतियोगिता:
१८ सेप्टेम्बर २०१८ – १ जून २०१९
टोलीहरूमुख्य प्रतियोगिता: ३२
जम्मा: ७९(५४ सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताइङ्ल्यान्ड लिभरपुल[१] (६औँ उपाधि)
उप-विजेताइङ्ल्यान्ड टोटनह्याम हट्सपर
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३६६ (२.९३ प्रति खेल)
उपस्थिति६,१६३,०४४ (४९,३०४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्जेन्टिना लियोनेल मेस्सी (१२ गोल)

प्रतियोगिताको फाइनल खेल स्पेनको राजधानी म्याड्रिडमा अवस्थित वाण्डा मेट्रोपोलिटानोमा लिभरपुलटोटनह्याम बीच आयोजना गरिएको थियो। यो फाइनलमा दुबै अङ्ग्रेजी क्लब पुगेको दोस्रो पटक हो। यस अघि सन २००८ मा दुबै अङ्ग्रेजी क्लब चेल्सीम्यानचेष्टर युनाइटेड फाइनलमा पुगेका थिए जसको खेल मस्कोमा आयोजना गरिएको थियो।[२] लिभरपुलले टोटनह्यालाई २-० गोल अन्तरले पराजित गर्दै २०१८-१९ युइएफए युरोपा लिगको विजेता चेल्सीसँगको खेल २०१९ युइएफए सुपर कपमा पक्का गरेको छ र विजेता क्लब लिभरपुल २०१९ मा कतारमा आयोजना हुने फिफा क्लब विश्वकपको लागि पनि छनोट भएको छ। क्लब २०१९-२० युइएफए च्याम्पियन्स लिगको समूह चरणमा पनि स्वचलित रूपमा छनोट भैसकेको छ।[३]

प्रतियोगितामा पहिलो पटक, भिडियो एसिष्टेण्ट रेफ्री (भिएआर) प्रणाली १६ को चरणबाटै प्रयोगमा ल्याइएको थियो। [४]

अघिल्लो विजेता रियल म्याड्रिडले अघिल्ला ३ वटा उपाधिहरू लगातार हात पारेको थियो तर यस पटक भने क्लब १६ को चरणबाटै एज्याक्ससँग पराजित भएसँगै बाहिरिएको थियो।[५][६]

तथ्याङ्क सम्पादन गर्नुहोस्

प्रवेश चरण र प्ले-अफ चरण समावेश छैन।

सर्वाधिक गोलकर्ता सम्पादन गर्नुहोस्

पद खेलाडी टोली गोल खेलिएको समय
1   लियोनेल मेस्सी   एफसी बार्सिलोना १२ ८३७
  रोबर्ट लेवान्डोस्की   बायर्न म्युनिख ७१४
  सर्जियो अग्वेरो   म्यानचेस्टर सिटी ५१०
  क्रिस्टियानो रोनाल्डो   युभेण्टस ७४९
  मौसा मारेगा   एफसी पोर्तो ८४०
  दुसन टाडिच   एज्याक्स १०८०
7   एनद्रेज क्रामारिच   १८९९ होफिनहाइम ४८१
  पौलो डाइबाला   युभेण्टस् ५१८
  नेयमार   पेरिस सेन्ट-जर्मेन ५३२
  एडिन जेको   रोमा ५७०
  लुकास मौरा   टोटनह्याम हट्स्पर ७२५
  ह्यारी केन   टोटनह्याम हट्स्पर ७७८
  राहिम स्टर्लिङ   म्यानचेष्टर सिटी ८७१
  मोहम्मद सलाह   लिभरपुल १०५८

स्रोत:[७]

सर्वाधिक गोलगर्नमा सहयोग सम्पादन गर्नुहोस्

पद खेलाडी टोली सहयोग खेलिएको मिनेट
1   लिरोय साने   म्यानचेष्टर सिटी ३९५
  लुइस स्वारेज   बार्सिलोना ९००
  जोर्डि अल्बा   बार्सिलोना ९९०
  दुसन टाडिच   एज्याक्स १०८०
5   केभिन डि ब्रोइना   म्यानचेष्टर सिटी २४७
  रियाद महारेज   म्यानचेष्टर सिटी ३८८
  कार्लस सोलर   भ्यालेन्सिया ३९०
  एडिन जेको ढाँचा:झण्डा चिन्श रोमा ५०७
  किलिएन एम्बाप्पे   पेरिस सेन्ट-जर्मेन ७०१
  ट्रेण्ट अलेक्जेण्डर-आर्नल्ड   लिभरपुल ९२१

संस्करणका उत्कृष्ट मानिएका खेलाडीहरू सम्पादन गर्नुहोस्

जून २, २०१९ मा, युइएफएको प्राविधिक अध्ययन समूहले निम्न उल्लेखित २० खेलाडीहरूलाई संस्करणका उत्कृष्ट खेलाडी मानेका थिए[८]

स्थान खेलाडी टोली
गोलरक्षक   मार्क-आन्द्रे टेर स्टिजेन   बार्सिलोना
  एलिसन बेकर   लिभरपुल
रक्षापङ्क्ती   ट्रेण्ट अलेक्जेण्डर-आर्नल्ड   लिभरपुल
  Virgil van Dijk   Liverpool
  Andrew Robertson   Liverpool
  Matthijs de Ligt   Ajax
  Jan Vertonghen   Tottenham Hotspur
मध्यपङ्क्ति   Kevin De Bruyne   Manchester City
  Moussa Sissoko   Tottenham Hotspur
  Hakim Ziyech   Ajax
  Frenkie de Jong   Ajax
  Tanguy Ndombele   Lyon
  Georginio Wijnaldum   Liverpool
  David Neres   Ajax
  Raheem Sterling   Manchester City
अग्रपङ्क्ती   Lucas Moura   Tottenham Hotspur
  Dušan Tadić   Ajax
  Lionel Messi   Barcelona
  Cristiano Ronaldo   Juventus
  Sadio Mané   Liverpool

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "लिभरपुललाई च्याम्पियन्स लिग उपाधि", हाम्रो खेलकुद, जेष्ठ १९, २०७६, अन्तिम पहुँच जेष्ठ २०, २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०२ मिति
  2. "२०१९को च्याम्पियन्स लिगको फाइनल म्याड्रिडको स्ट्याडियो मेट्रोपोलिटानोमा हुने भएको छ", युइएफए, २० सेप्टेम्बर २०१७, अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  3. "युइएफए च्याम्पियन्स लिग", युइएफए, २९ मे २०१८। 
  4. "भिएआर प्रणाली १६ को चरणबाटै प्रयोगमा", युइएफए, ३ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ डिसेम्बर २०१८ 
  5. सिएनएन, मटियास ग्रिज, "एज्याक्ससँगको लज्जास्पद हारसँगै रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ", सिएनएन, अन्तिम पहुँच १४ मार्च २०१९ 
  6. "च्याम्पियन्स लिग: विजेता रियल म्याड्रिड एज्याक्ससँग पराजित", डिएनए इण्डिया, ६ मार्च २०१९, अन्तिम पहुँच १४ मार्च २०१९ 
  7. "तथ्याङ्क — खेल विवरण — खेलाडीहरू — गोलहरू", युइएफए डटकम, युरोपेली फुटबल महासङघ, अन्तिम पहुँच १ जून २०१९ 
  8. "युइएफए च्याम्पियन्स लिग प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू", युइएफए डटकम, २ जून २०१९। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्