१९८२ फिफा विश्वकप फिफा विश्वकपको १२औँ संस्करण थियो, जुन पुरुषहरूको वरिष्ठ राष्ट्रिय टोलीहरूको लागि प्रत्येक चार वर्षमा हुने फुटबल प्रतियोगिता थियो। प्रतियोगिता स्पेनमा १३ जुन देखि ११ जुलाई १९८२ को बीचमा खेलिएको थियो। राजधानी म्याड्रिडको सान्तियागो बर्नाबेउ रङ्गशालामा भएको फाइनलमा पश्चिम जर्मनीलाई ३–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको थियो। सन् १९३८ पछि इटालीको यो तेस्रो विश्वकप उपाधि हो। साविक विजेता अर्जेन्टिना दोस्रो चरण (समूहमा तेस्रो र अन्तिम स्थानमा रहँदै) बाट बाहिरिएको थियो । अल्जेरिया, क्यामेरून, होन्डुरस, कुवेतन्युजिल्यान्ड पहिलो पटक प्रतियोगितामा सहभागी भएका थिए।

१९८२ फिफा विश्वकप
Copa Mundial de Fútbol
España '82
  (स्पेनी)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रस्पेन
मिति१३ जुन – ११ जुलाई
टोलीहरू२४(६ सङ्घहरूबाट)
स्थान(हरू)१७ (१४ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इटाली (३औँ उपाधि)
उप-विजेता पश्चिम जर्मनी
तेस्रो स्थान पोल्यान्ड
चौथो स्थान फ्रान्स
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५२
गोल सङ्ख्या१४६ (२.८१ प्रति खेल)
उपस्थिति२,१०९,७२३ (४०,५७२ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इटाली पाओलो रोस्सी (६ गोल)
उत्कृष्ट खेलाडी(हरू)इटाली पाओलो रोस्सी[१]
उत्कृष्ट युवा खेलाडीफ्रान्स मानुएल आमोरोस[१]
उत्कृष्ट खेल पुरस्कार ब्राजिल[१]

यो विश्वकपमा पहिलो पटक पेनाल्टी सुटआउट भएको थियो।[२][३] यो तेस्रो र अन्तिम विश्वकप थियो जसमा समूह चरणका दुई चरणहरू समावेश गरिएको थियो। चारै सेमिफाइनल टोली (१९३४ र १९६६ पछि) युरोपेली भएको यो तेस्रो पटक थियो। समूह ग को पहिलो चरणमा, हङ्गेरीले एल साल्भादोरलाई १०-१ ले पराजित गरेको थियो जुन कीर्तिमानी गोल अन्तरसँग समान थियोे। यस भन्दा अगाडि हङ्गेरीले सन् १९५४ मा दक्षिण कोरियालाई ९-० ले र युगोस्लाभियाले सन् १९७४ मा जायरलाई ९-० ले पराजित गरेका थिए।

सफल, आकर्षक र मनोरञ्जक खेलहरूले भरिएको भए तापनि यो प्रतियोगिता पनि हिंस्रक फाउल, केही खराब अम्पायरिङ र केही भीडभाड पूर्ण उपस्थिति भरिएको थियो। सेभियेमा भएको सेमिफाइनल खेलमा पश्चिम जर्मनीका गोलकिपर ह्याराल्ड सुमाकरले फ्रान्सेली खेलाडी प्याट्रिक ब्याटिस्टनलाई फाउल गरेका थिए भने अर्को घटना इटालेली खेलाडी क्लाउडियो जेनेटाइलले अर्जेन्टिनाका खेलाडी डिएगो म्याराडोनालाई खेलै भरि फाउल खेलेका थिए र मार्किङ समेत गरेका थिए। फिफाले मेक्सिकोमा हुने अर्को प्रतियोगिताको लागि मैदान यस प्रकारको क्रूरतालाई केही हदसम्म रोक्न नियमहरू परिवर्तन गरेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "1982 FIFA World Cup Spain – Awards", FIFA.com, Fédération Internationale de Football Association, मूलबाट ३ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१९ 
  2. Lewis, Tim (११ जुलाई २०१४), "1982: Why Brazil V Italy Was One Of Football's Greatest Ever Matches", Esquire, मूलबाट २७ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०१५ मिति
  3. Ger, McCarthy (१० जुलाई २०११), "Memory Lane – West Germany v France at World Cup 82", Backpage Football, अन्तिम पहुँच १७ जुन २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्