१९७९ तेल सङ्कट
सन् १९७९ को तेल सङ्कट (अर्थात दोस्रो तेल सङ्कट) इरानी क्रान्ति पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो। विश्वव्यापी तेल उत्पादनमा मात्र करिब ४% गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो। तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरू पुनः देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए।[२]
को भाग | |
मिति | १९७९ | –1980
---|---|
यो नामले पनि चिनिन्छ | दोश्रो तेल सङ्कट |
सन् १९८० मा इरान-इराक युद्ध भएपछि इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकिएको थियो। संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा आर्थिक मन्दी सुरु भएतापनि तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएको भने थिएन।
सन् १९८० पछि [[खाडी युद्ध]को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भएक थियो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो। सन् १९७३ तेल सङ्कटमा झैँ वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखिएको थियो। मेक्सिको, नाइजेरिया, र भेनेजुएला जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गर्दा सोभियत सङ्घ विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको थियो। सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र नर्वेले ठूलो मात्रामा तेललाई सञ्चयगरि राखेको जस्तो देखिएको थियो।
इरान सम्पादन गर्नुहोस्
इरानको इस्लामिक क्रान्तिको समयमा ठुलो जनप्रदर्शन पछी, सन् १९७९ को पूर्वार्धमा इरानी राजा शाह, मोहमद रेजा पहलवी आफ्नो देश छाडेर भागे र आयोत्योल्ला खमेनी तत्काल इरानको नयाँ नेता बने । यो आन्दोलनले इरानको तेल क्षेत्रमा ठुलो झट्का दियो र तेलको उत्पादन र निर्यात शुन्यमा पुग्यो । १९७८ नोबेम्बर इरानको तेल प्रशोधन उद्योगका ३७,००० कामदारले बन्द गरे र तेल उत्पादन प्रति दिन ६०लाख ब्यारेलबाट १५ लाख ब्यारेलमा पिग्यो । [३] विदेशी कामदारहरु देश छाडेर भागे ।[४]
असर सम्पादन गर्नुहोस्
अन्य ओपेक राष्ट्र सम्पादन गर्नुहोस्
तेलको मुल्यमा वृद्धि अन्य ओपेक सदस्य राष्ट्रहरूलाई फाइदा पुग्यो र कीर्तिमानी नाफा बनाए । जब इरानको नयाँ सरकारले जब आफ्नो उतपादन र निर्यात सुचारु गर्यो तेलको मुल्यमा उतारचढाव आयो । साउदी अरब र अन्य ओपेक राष्ट्रले आफ्नो उत्पादन ४ % ले बढाए ।[७]
अमेरिका सम्पादन गर्नुहोस्
तेल सङ्कटले अमेरिकाले दोहोरो असर देखियो । अमेरिकाको कुनै भागमा तेलोको उत्पादन हुन्थ्यो बने कुनै भागमा तेल खपत हुन्थ्यो । रास्ट्रपति रिचार्ड निक्सनले आन्तरिक तेल नियन्त्रणको नीति ल्याए ।
अन्य तेल आयातकर्ता राष्ट्र सम्पादन गर्नुहोस्
१९७० को दशकमा तेल सङ्कट देखा परे पछि , औद्योगिक राष्ट्रले ओपेकको तेलमा निर्भरता कम गर्ने पाइला चाले । विद्युतीय सामग्रीहरु तेलबाट कोइला, प्राकृतिक ग्यास , र परमाणु उर्जातिर सर्यो । [८] ओपेकको बजार हिस्सा १९७९ मा ५० % पुग्यो भने १९८५ मा २९ % मा झर्यो ।[९]
यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ "Monthly Energy Review", U.S. Energy Information Administration, नोभेम्बर २०१५।
- ↑ "1970s: Education", National Association of Convenience Stores।
- ↑ "Another Crisis for the Shah", Time, १९७८-११-१३, अन्तिम पहुँच २००९-१२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२३ मिति
- ↑ "1979: Shah of Iran flees into exile", BBC, १९७९-०१-१६, २९ अक्टोबर २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "OPEC Revenues Fact Sheet", US Energy Information Administration, जनवरी १०, २००६, मूलबाट जनवरी ७, २००८-मा सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "OPEC Revenues Fact Sheet", U.S. Energy Information Administration, जुन १४, २०१६, अन्तिम पहुँच अगस्ट २५, २०१६।
- ↑ "Oil Squeeze", Time, १९७९-०२-०५, ७ मार्च २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २००८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ७ मार्च २००८ मिति - ↑ ।
|title=
रितो (सहायता)|title=
অনুপস্থিত বা খালি (सहायता) - ↑ ।
|title=
रितो (सहायता)|title=
অনুপস্থিত বা খালি (सहायता)