१९७० फिफा विश्वकप पुरुषहरूको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता थियो र फिफा विश्वकपको नौऔं संस्करण थियो जुन , ३१ मे देखि २१ जून सम्म मेक्सिकोमा आयोजिना भएको थियो । यो पहिलो विश्वकप प्रतियोगिता थियो जुन युरोप र दक्षिण अमेरिकामा नभएर उत्तरी अमेरिकामा आयोजित गरिएको थियो । सबै ६ वटा महाद्वीपहरूबाट ७६ राष्ट्रहरू प्रतिनिधित्व गर्ने टोलीहरूले प्रतियोगितामा प्रवेश गरेका थिए र यसको छनोट खेल मे १९६८ मा सुरु भएको थियो ।पुर्ब बिजेता इङ्ल्याण्ड र आयोजक मेक्सिकोसँग गरी १४ टोलीहरू यस प्रक्रियाबाट छनोट भएका थिए । एल साल्भादोर, इजरायलमोरक्कोले अन्तिम चरणमा पहिलो पटक उपस्थित जनाएका थिए ।

१९७० फिफा विश्वकप
Copa Mundial de Fútbol México 70
प्रतियोगिता विवरण
आयोजक देश मेक्सिको
मिती३१ मे – २१ जून १९७० (२२ दिन)
जम्मा टिम सङ्ख्या१६ (५ संघहरूबाट)
मैदान५ (५ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ब्राजिल (३औँ उपाधि)
उप विजेता इटाली
तेस्रो स्थान पश्चिम जर्मनी
चौथो स्थान उरुग्वे
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल95 (2.97 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१,६०४,०६५ (५०,१२७ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तापश्चिम जर्मनी Gerd Müller (१० गोल)
उत्कृष्ट खेलाडीब्राजिल पेले[१]
उत्कृष्ट युवा खेलाडीपेरू Teófilo Cubillas

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्