हमास (अरबी: حماس Ḥamās, an संक्षिप्त حركة المقاومة الاسلامية Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah )  प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हो। योसँग समाज सेवा बिभाग, दवाह र सैन्य बिभाग (इज दिन अल कास्सम ब्रिगेड) रहेको छ। ‍यो गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकायमा रहेको छ । यो अबधिमा हमासले इजरायलसँग धेरै युद्ध लड्यो ।[१] यो सङ्घठनलाई इजरायल, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान र युरोपेली सङ्घले आतंकबादी सङ्गठनको दर्जा दिएको छ। अष्ट्रेलिया, न्युजिल्यान्ड, पाराग्वे र संयुक्त अधिराज्यले यसको सैन्य बिभागलाई मात्र आतंकवादी संगठनको मान्यता दिएको छ। ब्राजिल, इजिप्ट, नर्वे, कतार, सिरिया, रूस, चीन र टर्की र बाँकी दुनियाँ ले यसलाई आतंकवादी संङ्गठनको मान्यता दिएको छैन।[२][३][४][५]

हमास

حركة المقاومة الاسلامية
प्रवक्ताफावजी बर्होयम
प्रमुखइस्माइल हनिया
उप-प्रमुखमौसा अबु मार्जुकMatthew Levitt,
स्थापना१९८७ (1987)
पूर्वकालीनप्यालेस्टिनी मुस्लिम ब्रदरहुड
प्रमुख कार्यालयगाजा पट्टी
विचारधारा
धर्मसुन्नी इस्लाम
अन्तर्राष्ट्रिय सम्बद्धतामुस्लिम ब्रदरहुड
रङहरूहरियो
Legislative Council (2006)
७४ / १३२
राजनीतिक दलको झन्डा
वेबसाइट
hamas.ps/en

हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो। यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण, प्रतिरोधी र प्यालेस्टाइन मुक्ति सङ्गठन (पि.एल.ओ.) विरोधी रहेको थियो। सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  प्यालेस्टाइनको मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।

हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृङ्खला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र, २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।[६] नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ ।

२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।[७] उक्त निर्वाचन पछि , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता सर्तमा वैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछि चौकडीले वैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । [८] २०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्योबाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।

शब्द-व्युपत्ति सम्पादन गर्नुहोस्

हमास  ( अरबी भाषा حركة المقاومة الاسلامية or Harakat al-Muqāwama al-Islāmiyya,) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । [९][१०][११][१२]

अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्", द गार्जियन, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  2. रमानि, सामुएल (२६ जुलाई २०१६), "किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन गर्यो", द डिप्लोम्याट, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  3. "युरोपेली सङ्गठनले हमासलमई आतंकवादी सूचीमा राखेको छ", युराएक्टिभ, २७ मार्च २०१५, अन्तिम पहुँच १५ जुन २०१५ 
  4. "आतंकवादमा देशको प्रतिवेदन", स्टेट डट जिआेभी, अप्रिल २००६। 
  5. फिसर, म्याक्स (२१ नोभेम्बर २०१२), "इजरायल-गाजाको बारेमा तपाईँहरूले सोध्ने ९ प्रश्न", अन्तिम पहुँच जनवरी ६, २०१८ 
  6. "गाजाबाट हमासको रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्", वासिङ्टन फ्रि बोकन, अन्तिम पहुँच जुलाई १७, २०१५ 
  7. "हामास को हुन्?", लन्डन: बिबिसी समाचार, २६ जनवरी २००६। 
  8. "यदि नाकाबन्दी जारी रही रहयो भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ", युएसए टुडे, एसोसिएटेड प्रेस, २९ मार्च २००९, अन्तिम पहुँच ९ अक्टोबर २०१३ 
  9. मार्था क्रेनस, जोन पिम्लोट. आतङ्कवादको अन्तर्राष्ट्रिय विश्वकोश. २०१५ पृष्ठ ४१५
  10. जेनिफर जेफ्रिस. हमास: आतङ्कवाद, प्रशासन, र मध्य पूर्व राजनीतिमा यसको भविष्य. एबिसि-क्लियो. २०१६ पृष्ठ ११९.
  11. "इस्लामिक प्रतिरोध आन्दोलनको सम्झौता(हमास)", मिडल इस्ट वेब, १८ अगस्ट १९९८। 
  12. "صحف إسرائيل: يحيى السنوار لديه "خطة منظمة" لإنهاء العدوان - موقع لوطن الإخباري", Lwatan (अरबीमा), २०२३-१२-२३, अन्तिम पहुँच २०२३-१२-२३