स्पाइडर-म्यान: इनटु द स्पाइडर-भर्स

स्पाइडर-म्यान: इनटु द स्पाइडर-भर्स (अङ्ग्रेजी: Spider-Man: Into the Spider-Verse) सन् २०१८ को अमेरिकी कम्प्युटर-एनिमेटेड सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको पात्र माइल्स मोरालिसमा आधारित छ। मार्भलको संयोजनमा कोलम्बिया पिक्चर्ससोनी पिक्चर्स एनिमेसनद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित, यो स्पाइडर-म्यान फ्रेन्चाइजीमा पहिलो एनिमेटेड चलचित्र हो।[४][५] चलचित्र बब पर्सिचेट्टी, पिटर र्‍याम्सेरोडने रोथम्यानले निर्देशित गरेका छन्, जबकि पटकथा फिल लर्ड र रोथम्यानले लेखेका छन्। यसमा जेक जोनसन, हेली स्टेनफेल्ड, महेरशला अली, ब्रायन टायरी हेनरी, लिली टमलिन, लुना लरेन भेलेज, जोन मुलेनी, किमिको ग्लेन, निकोलस केज, र लिभ श्रेइबरको आवाजहरूसँगै समिक मूरले माइल्स मोरालेस / स्पाइडर म्यानको रूपमा अभिनय गरेका छन्। "स्पाइडर-भर्स" नामक एक साझा मल्टिभर्समा स्थापित, चलचित्रको कथाले अर्थ-१६१० को माइल्स मोरेल्सको अनुसरण गर्दछ जब उनी नयाँ स्पाइडर म्यान बन्छन् र किङपिनबाट न्युयोर्क सहरलाई बचाउन विभिन्न आयामबाट अन्य स्पाइडर-मानिसहरूसँग मिल्दछन्।

स्पाइडर-म्यान: इनटु द स्पाइडर-भर्स
Spider-Man: Into the Spider-Verse
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशक
पटकथा
  • फिल लर्ड
  • रोडने रोथम्यान
कथाफिल लर्ड
आधारित
निर्माता
मुख्य कलाकार
सम्पादनरोबर्ट फिसर जुनियर
सङ्गीतडेनियल पेम्बर्टन
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स रिलिजिङ
प्रदर्शन मिति
अवधि
११७ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$९० मिलियन[२]
बक्स अफिस$३७५.५ मिलियन[३]

लर्ड र क्रिस्टोफर मिलरद्वारा एनिमेटेड स्पाइडर-म्यान चलचित्रको योजनाहरू सन् २०१४ मा लिक भएको थियो र अप्रिल २०१५ मा घोषणा गरिएको थियो। पर्सिचेट्टी, र्‍याम्से र रोथम्यान आगामी दुई वर्षमा सम्मिलित भएका थिए, अप्रिल २०१७ मा मूर र श्रेइबर कलाकारहरूको दलमा सम्मिलित भएका थिए। लर्ड र मिलर चलचित्रमा माइल्स मोरालेसको सह-निर्माता सारा पिकेल्लीको कामबाट प्रेरित पारम्परिक हस्तरेखा कमिक पुस्तक प्रविधिहरूको साथ कम्प्युटर एनिमेसनको संयोजन गर्दै एक अद्वितीय शैली चाहन्थे। यस चलचित्रलाई १४० एनिमेटरहरूको आवश्यक थियो, जुन सोनी पिक्चर्स एनिमेसनद्वारा प्रयोग गरिएको सबैभन्दा ठूलो कर्मी दल थिए।[६] चलचित्र स्पाइडर-म्यानका निर्माताहरू, स्टेन लीस्टिभ डिटकोको सम्झनामा समर्पित थियो, जो दुवै सन् २०१८ मा मरेका थिए।

स्पाइडर-म्यान: इनटु द स्पाइडर-भर्स को प्रिमियर १ डिसेम्बर २०१८ मा लस एन्जलसको रिजेन्सी भिलेज थिएटरमा प्रदर्शन भएको थियो, र नाटकीय रूपमा संयुक्त राज्य अमेरिकामा १४ डिसेम्बर २०१८ मा, डल्बी सिनेमा, रियलडी थ्रिडी, आइम्याक्स थ्रिडी, र 4DX स्वरूपहरूमा प्रदर्शन भएको थियो। यस चलचित्रले $९० मिलियनको बजेटको तुलनामा विश्वव्यापी $३७५.५ मिलियन भन्दा बढी कमाई गरेको थियो। यस चलचित्रले यसको एनिमेसन, पात्रहरू, कथा, आवाज अभिनय, हास्य, दृश्यहरू, र साउन्डट्र्याकको प्रशंसा सहित सार्वभौमिक प्रशंसा प्राप्त गरेको थियो। चलचित्रले ९१औँ एकेडेमी पुरस्कार, ४६औँ एनी पुरस्कार, र ७६औँ गोल्डन ग्लोब पुरस्कारमा सर्वश्रेष्ठ एनिमेटेड फिचर सहित धेरै पुरस्कारहरू जितेको थियो। यो र्‍याङ्गो (सन् २०११) पछि सर्वश्रेष्ठ सर्वश्रेष्ठ एनिमेटेड फिचरको लागि एकेडेमी पुरस्कार प्राप्त गर्ने पहिलो गैर-डिज्नी/पिक्सार चलचित्र हो, साथै ह्याप्पी फिट (सन् २००६) पछि त्यो पुरस्कार प्राप्त गर्ने पहिलो गैर-डिस्नी/पिक्सार चलचित्र हो जब डिज्नी वा पिक्सार चलचित्र पनि प्रतिस्पर्धी थियो। एक उत्तरकथा अक्टोबर ७, २०२२,[७] मा प्रदर्शन हुनेछ, र एक स्पिन-अफ चलचित्र पनि विकासमा छ।[८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Debruge, Peter (नोभेम्बर २८, २०१८), "Film Review: "Spider-Man: Into the Spider-Verse"", Variety, मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २८, २०१८ 
  2. McNary, Dave (नोभेम्बर २१, २०१८), "'Spider-Man: Into the Spider-Verse' Tracking for $30 Million Launch", Variety, मूलबाट नोभेम्बर २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २२, २०१८ 
  3. Spider-Man: Into the Spider-Verse at Box Office Mojo. IMDb. Archived from the original on January 26, 2021. Retrieved January 26, 2021.
  4. Nikolai, Nate (डिसेम्बर २, २०१८), "'Spider-Man: Into the Spider-Verse' Team Talks Diversity: 'Modern Heroes for a Modern World'", Variety, मूलबाट डिसेम्बर २, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  5. Perry, Spencer (अप्रिल २२, २०१५), "Sony Announces Animated Spider-Man Film from The LEGO Movie's Phil Lord and Chris Miller!", ComingSoon.net, मूलबाट अगस्ट १८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २७, २०१८ 
  6. Sony – Stories (डिसेम्बर १७, २०१८), Creating the groundbreaking style of Spider-Man: Into the Spider-Verse, अन्तिम पहुँच फेब्रुअरी १८, २०१९ 
  7. Bean, Travis (अप्रिल २४, २०२०), "'Spider-Man 3' And 'Spider-Man: Into The Spider-Verse 2' Get New Release Dates", Forbes, अन्तिम पहुँच अप्रिल २४, २०२० 
  8. Couch, Aaron (नोभेम्बर १, २०१९), "'Spider-Man: Into the Spider-Verse' Sequel Sets Spring 2022 Release Date", The Hollywood Reporter, अन्तिम पहुँच नोभेम्बर १, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्