सेसेल्स

अफ्रिकाको पूर्वमा रहेको टापु देश

सेसेल्स, (फ्रान्सेली: République des Seychelles; (क्रियोल: La Repiblik Sesel), [seʃɛl] सोमाली सागरको पूर्वी किनारामा हिन्द महासागरको एक द्वीप देश हो। यसमा ११५ वटा टापुहरू छन्। यसको राजधानी र सबैभन्दा ठूलो सहर भिक्टोरिया मुख्यभूमि अफ्रिकाबाट १,५०० किलोमिटर (९३२ माइल) पूर्वमा रहेको छ। नजिकैको टापुका अन्य देश तथा इलाकाहरूमा कोमोरोस, माडागास्कर, मौरिसस र दक्षिणमा फ्रान्सेली विदेशी क्षेत्रहरू मायोत र रेयुनियोँ पर्छन्; र पूर्वमा माल्दिभ्स र चागोस द्वीपसमूह (संयुक्त अधिराज्यद्वारा बेलायती हिन्द महासागर क्षेत्रको रूपमा प्रशासित) पर्दछ। यो सबैभन्दा कम जनसङ्ख्या भएको सार्वभौम सम्पन्न अफ्रिकी देश हो। सन् २०२० सम्म यहाँको जनसङ्ख्या ९८,४६२ रहेको थियो।

गणतन्त्र सेसेल्स
Seychellesको झन्डा
झन्डा
Seychellesको निशान छाप
निशान छाप
आदर्श वाक्य: "Finis Coronat Opus" (रोमन)
"अन्तले कामको मुकुट पहिरिन्छ"
राष्ट्रिय गान: कोस्ते सेसेल्वा
एकजुट होऔँ
 सेसेल्स-अवस्थिति (गाढा निलो) – अफ्रिका-এ (हलुका निलो & गाढा खैरो) – अफ्रिकी सङ्घ-এ (हलुका निलो)
 सेसेल्स-अवस्थिति (गाढा निलो)

– अफ्रिका-এ (हलुका निलो & गाढा खैरो)
– अफ्रिकी सङ्घ-এ (हलुका निलो)

राजधानी
र सबैभन्दा ठुलो सहर
भिक्टोरिया
४°३७′द॰ ५५°२७′पू॰ / ४.६१७°S ५५.४५०°E / -4.617; 55.450
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
  • ९३% सेसेल्सी
  • ३.०% बेलायती
  • १.८% फ्रान्सेली
  • ०.५% चिनियाँ
  • ०.३% भारतीय
  • १.२% अन्य
धर्म
रैथाने(हरू)सेसेल्सी
सरकारएकात्मक राष्ट्रपतीय गणतन्त्र
वाभेल रामकलवान
• उपराष्ट्रपति
अहमद अफिफ
• राष्ट्रिय सभा
रोगर मानसियन
व्यवस्थापिकाराष्ट्रिय सभा
Independence
२९ जुन १९७६
क्षेत्रफल
• जम्मा
४५९ किमी (१७७ वर्ग माइल) (१८१औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२ अनुमानित
९८,४६२ (१८४औँ)
• घनत्व
२१४.५ /किमी2 (५५५.६ /वर्ग माइल) (६७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$२.९१९ अर्ब[२]
• प्रति व्यक्ति
$३०,४८६[२]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$१.५६४ अर्ब[२]
• प्रति व्यक्ति
$१६,३३२[२]
गिनी (सन् २०१३)३६.८[३]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७९६[४]
उच्च · ६७औँ
मुद्रासेसेल्सी रूपैयाँ
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (सेसेल्स प्रमाणिक समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (हेरिदैँन)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२४८
इन्टरनेट डोमेनडटएससी

सोह्रौँ शताब्दीमा युरोपेलीहरूले यस टापु अन्वेषण गर्नु अघि सेसेल्स बसोबास भएको थिएन। अठारौँ शताब्दीको अन्ततिर पूर्ण बेलायती नियन्त्रणमा नपुगुन्जेल यसले फ्रान्सेली र बेलायती हितसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। सन् १९७६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको घोषणा गरेदेखि यो धेरै हदसम्म कृषि समाजबाट बजारमा आधारित विविध अर्थव्यवस्थाको रूपमा विकसित भएको छ। द्रुत गतिमा बढ्दो सेवा, सार्वजनिक क्षेत्र र पर्यटन गतिविधिको विशेषता यहाँ रहेको छ। सन् १९७६ देखि २०१५ सम्म, कुल गाहस्थ उत्पादन लगभग ७००% बढेको थियो भने र क्रय शक्ति समतामा लगभग १६००% ले वृद्धि हासिल भएको थियो। सन् २०१० को दशकको अन्त्य देखि सरकारले विदेशी लगानीलाई प्रोत्साहन दिन कदम चालिरहेको छ।

हाल, सेसेल्स कुनै पनि अफ्रिकी राष्ट्रको प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादनको सबैभन्दा उच्च रहेको छ। यसमा मौरिसस पछि कुनै पनि अफ्रिकी देशको दोस्रो सबैभन्दा उच्च मानव विकास सूचकाङ्क रहेको छ। यो विश्व बैङ्क (अर्को मौरिसस) द्वारा उच्च आय भएको अर्थतन्त्रको रूपमा वर्गीकृत दुई अफ्रिकी देशहरूमध्ये एक हो।

सेसेल्सी संस्कृति र समाज फ्रान्सेली, बेलायती र अफ्रिकी प्रभावहरूको मिश्रण हो। यसमा हालै चिनियाँ र भारतीय तत्वहरू पनि सामेल छन्। यो देश संयुक्त राष्ट्र सङ्घ, अफ्रिकी सङ्घ, दक्षिण अफ्रिकी विकास समुदाय र राष्ट्रमण्डलको सदस्य हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Archived copy", मूलबाट २०१४-०५-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२६ 
  2. २.० २.१ २.२ २.३ "Seychelles", अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१७ 
  3. "GINI index", विश्व बैङ्क, मूलबाट २१ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१८ 
  4. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सरकार

धर्म

साधारण जानकारी