सेलकम (इजरायल)

इजरायली दूरसञ्चार कम्पनी

सेलकम (यहूदी: סלקום) एक इजरायली दूरसञ्चार कम्पनी हो । सन् १९८६ मा स्थापित यस कम्पनीको व्यवसायको प्राय ताररहित सेवामा केन्द्रित रहेको छ । यसको वर्तमान प्रमुख कार्यकारी अधिकृत निर स्टर्न हुन जो १ जनवरी २०१२ मा पदमा नियुक्त भएका थिए ।[२] जून २०१६ को अनुसार, सेलकमका २.८१२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् ।[३] कम्पनीको मुख्य कार्यलय इजरायलको एक प्रमुख व्यापारीक केन्द्र नेतान्यमा रहेको छ । कम्पनीमा ४१.७७% डिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसनको स्वामित्वमा रहेको छ भने बाँकी ५८.२३% सार्वजनिक स्वामित्वमा रहेको छ ।

सेलकम इजरायल लिमिटेड
סלקום ישראל בע"מ
व्यवसाय प्रकार
सार्बजनिक
व्यावसायिक रूपढाँचा:TLV
एनवाइएसइCEL
आइएसआइएनIL0011015349 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित१९९४; ३० वर्ष अघि (१९९४)
स्थापनाकर्ताडोभ ताडमोर
केन्द्रीय कार्यालय३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°E / 32.29028; 34.86278निर्देशाङ्कहरू: ३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°E / 32.29028; 34.86278, ,
इजरायल
सेवा क्षेत्र
इजरायल
मुख्य व्यक्ति
निर स्टर्न (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूजिएसएम, जिपिआरएस, युएमटिएस, एचएसडिपिए, एलटिइ
राजश्व
  • ह्रास१,०२९ मिलियन (२०१६)[१]
  • ₪१,०४० मिलियन (२०१५)
परिचालन आय
  • वृद्धि₪१४० मिलियन (२०१६)
  • ₪८० मिलियन (२०१५)
  • वृद्धि₪४४ मिलियन (२०१६)
  • ₪१२ मिलियन (२०१५)
मालिकडिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसन (४१.७७%), सार्वजनिक (५८.२३%)
कर्मचारी सङ्ख्या
३,६००
वेबसाइटwww.cellcom.co.il

इतिहास सम्पादन गर्नुहोस्

सेलकम इजरायली बजारमा प्रवेश गर्दा देशमा ताररहित सेवाहरूमा एक क्रान्ति भएको थियोे । सेलकमको प्रक्षेपणले इजरायलीमा सेलुलर सेवाहरूमा एकाधिकार पाएसम्म, पेलेफोन (इजरायल पहिलो टेलिकम कम्पनी) को तुलनामा यसले आधा दरहरूमा आफ्नो सेवाहरू प्रदान गरेको थियोे । यसको आकर्षक दरले कम्पनीको सेवामा लागि ठूलो माग भयो र केहि वर्ष भित्र यो दश लाख भन्दा बढी प्रयोगकर्ताहरू लाई आक्रषित गरेको थियो ।[४]

२०१२ को अन्त्यमा, यसका लगभग ३.४ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए र इजरायलमा सबैभन्दा ठूलो मोबाइल प्रदायक बनेको थियोे ।

नेटवर्क सम्पादन गर्नुहोस्

सेलकममले सुरुवाती चरण ८५० मेगाहर्ज ब्यानडमा एक टिडिएमए सञ्जाल सञ्चालन गरेको थियोे तर १८०० मोगाहर्ज आवृत्तिहरूको लागि ठेक्का पाएपछि यसले जिएसएस सेवा पनि सञ्चालन गरेको थियोे । यसले जीएसएम सेवाहरू सुरू गर्न थाल्यो र अन्तत ८५० मेगाहर्ज टिडिएमए आवृत्तिहरू प्रतिस्थापन गरेको थियोे ।

३ जी वायरलेस सेवा प्रवेश भएसँगै, सेलकमले इजरायलमा पहिलो मोबाइल भिडीयो कलको प्रदर्शन गरेको थियोे । २००६ को सुरुवात देखिनै, सेलकमले ३ जी युएमटिएस-२१०० नेटवर्कको देशभरी सञ्चालन गरेको थियोे र जसले २००७ को अन्त सम्ममा ८७% जनसङ्ख्यामा सुबिधा पुर्‍याएको थियोे । सेलकम एचएसपीडीए नेटवर्कको सुरुवात गर्ने इजरायलमा पहिलो दूरसञ्चार सेवा प्रदायक थियोे ।

२०११ मा, सेलकमले ८५० मेगाहर्ज ब्यान्डमा युएमटिएस सेवाहरू तैनात गरेको थियोे । इजरायल सञ्चार मन्त्रालयले ३१ डिसेम्बर २०११ को टिडीएमए -८५० नेटवर्कलाई बन्द गर्न अनुमोदन गरेको थियोे । अगस्ट २०१४ मा सेलकमले १८०० मेगाहर्ज ब्यान्ड एलटिइ नेटवर्क सञ्चालन गरेको थियोे ।

आलोचना सम्पादन गर्नुहोस्

२००९ मा सेलकमले इजरायली रक्षा बलका सिपाहीहरूले इजरायली वेस्ट बैङ्कको सिमामा फुटबल खेलेको विज्ञापनको अभियान चलाएको थियो । अरब-इजरायली सदस्य अहमद तिबिले यस विज्ञापनलाई प्रसारण नगर्न चेतावनी दिएको थियोे ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सेलकम इजरायलले दोस्रो क्वार्टर २०१६ को नतिजा घोषणा गरेको छ", सेलकम डटकम डट आइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०८ मिति
  2. "सेलकम इजरायल लिमिटेड - निर स्टर्न प्रोफाईल", बिजनेस विक। 
  3. "सेलकम इजरायल दोस्रो क्वाटरको नतिजा २०१६", सेलकम डटको डट आइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०८ मिति
  4. लिमिटेड, सेलकम इजरायल, "सेलकम इजरायल पहिले क्वाटर नतिजा २०१५", पिआरन्युजवायर डटकम, २०१६-०८-२०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०८-०४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्