सूर्यवंश

प्रमुख क्षत्रिय राजवंश

सूर्यवंश एक पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । पौराणिक सूर्य (देवता)बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । इक्ष्वाकु कुल सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध रघुवंश सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको रामायण, व्यास ऋषिको महाभारत र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।

एक सूर्यवंशी झन्डा
थाइ कलाकृतिमा चित्रित रामायणको युद्ध, रामायण रघुकुलको बयान गर्दैछ जुन सूर्यवंशबाट उत्पत्ति भएको मानिन्छ

भारतका केही राजपुतहरू र नेपालको केही क्षेत्रीहरू आफू सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।

पौराणिक शासकहरू सम्पादन गर्नुहोस्

 
सूर्यवंशी राजा भागीरथ तपस्या गर्दै

सूर्य (देवता)ले विश्वकर्माकी छोरी संज्ञाको कोखबाट वैवश्वता मनु पैदा गरेका थिए । वैवश्वता मनुको ९ छोराहरूमध्ये इक्ष्वाकु एक हुन् ।[१] प्रसिद्ध सूर्यवंशी शासकहरू

  • मनु वा वैवश्वता मनु; हिन्दु पौराणिक कथा अनुसार पृथ्वीको पहिलो मानिस
  • इक्ष्वाकु; पहिलो परिचित सूर्यवंशी राजा, जसले गर्दा सूर्यवंशको अर्को नाम ईक्ष्वाकु कुल/वंश पनि भएको हो ।
  • राजा हरिशचन्द्र
  • भागीरथ, सगर राजाका वंशज जो मेहनतका लागि प्रसिद्ध छन्
  • दीलिप,
  • रघु, जसबाट रघुवंश/रघुकुलको उत्पत्ति भएको मानिन्छ
  • अज,
  • दशरथ, अयोध्याका प्रसिद्ध रघुवंशी राजा
  • राम, रामायणका केन्द्रिय चरित्र, प्रसिद्ध रघुवंशी राजा
  • लव र कुश,
  • शुद्धोधन, कपिलवस्तुका ऐतिहासिक शाक्य राजा
  • प्रसेनजित,
  • सुमित्रा; अयोध्याका अन्तिम सूर्यवंशी राजा, जसलाई ऐतिहासिक नन्द वंशका राजाले विस्थापित गरेका थिए ।

ऐतिहासिक र आधुनिक वंशज सम्पादन गर्नुहोस्

भारतमा सम्पादन गर्नुहोस्

भारतका राजपुत वंशजस्तै चितौडको सिसोदिया राजवंश, राठौर, कच्वाहा, पुन्दिर, मिन्हास, आदिहरू सूर्यवंशी मानिन्छन् । प्रसिद्ध सिसोदिया वंशका राजपुतहरू रघुवंशी राजा रामका छोरा लवको सन्तान भएको मान्दछन् ।[२]

नेपालमा सम्पादन गर्नुहोस्

नेपालको राजवंश लिच्छवि वंश सूर्यवंशी भएको दाबी गर्दथे । नेपालको राणा वंश पनि सिसोदिया राजवंशको शाखा भएको दाबी गर्नाले आफुलाई सूर्यवंशी ठान्दछन् । त्यस्तै काठमाडौंका शासक मल्ल वंश, क्षेत्री जातिका खबतरी बस्नेत, बगाले थापा,लामिछाने थापा, आदि विभिन्न कुलहरू पनि सूर्यवंशी भएको दाबी गर्छन् ।

स्रोतहरू सम्पादन गर्नुहोस्