सुहाना थापा नेपाली चलचित्र जगतमा स्थापित Stylesh Star नायिका हुन। उनलाई नेपाली चलचित्र जगतमा उदाउदो तारा (Rising star) को उपनामले चिनिन्छ। उनी सर्वप्रथम बि.सं. २०७६ सालमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र जगतमा स्थापित भएकि थिइन। त्यसतै क्रमश बि.सं. २०७९ सालमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ए मेरो हजुर ४ ले उनिलाई नेपाली फिल्मी जगतमा उदाउदो तारा ( Rising Star) को उपनाम दिन सक्ने थप तथ्य प्राप्त भएको छ। हालको समयमा उनी नेपाली फिल्मी जगतमा स्थापित नेपाली कथानक चलचित्र भागवत गीताको तयारीमा छिन। यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई र सुहाना थापा आबद्ध हुने प्रबल सम्भावना देखिन्छ।

सुहाना थापा
जन्मसुहाना थापा
(1998-05-08) ८ मे १९९८ (उमेर २५)
नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री
धर्महिन्दु
मातापितासुनिल कुमार थापा
झरना थापा

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौँमा भएको थियो। उनी नेपाली चलचित्र क्षेत्रकी पूर्व चर्चित नायिका झरना थापाकि छोरी हुन्। उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन्। उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन्। उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका रहेको थियो।

चलचित्र जीवन सम्पादन गर्नुहोस्

सुहाना थापाले आफ्नो चलचित्र जीवनको सुरुवात ए मेरो हजुर ३ नामक नेपाली कथानक चलचित्रबाट गरेकि थिइन्। उनले आफ्नो पहिलो चलचित्रमा अनमोल केसीसँग मुख्य भूमिकाका रूपमा अभिनन गरेकी थिइन्[१][२]। उनी चलचित्रमा आर्याको भूमिकामा रहेकी थिइन्[३]। उक्त चलचित्र उनको आफ्नो पारिवारिक नेपाली चलचित्र ब्यानर सुहाना इन्टरटेन्टमेन्ट को निर्माणमा बनेको थियो।

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

  • सुहाना थापाले अभिनय गरेकी चलचित्रहरू:-
चलचित्रहरू वर्ष भूमिका कैफियत
ए मेरो हजुर ३ २०१९ (२०७६) आर्या पहिलो चलचित्र
ए मेरो हजुर ४ २०२० (२०७९)

अवार्डहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सुहाना थापा र अनमोलको ‘ए मेरो हजुर ३’ को फस्टलुक रिलिज" (en-USमा), २०१८-१०-१२, अन्तिम पहुँच २०१८-११-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०५ मिति
  2. "अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ फर्स्टलुक रिलिज", www.filmykhabar.com, अन्तिम पहुँच २०१८-११-०५ 
  3. "Anmol KC Roped In For A MERO HAJUR 3 | To Pair With Jharana Thapa’s Daughter Suhana", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-११-०५ 

बाह्य सुत्र सम्पादन गर्नुहोस्