सुभद्रा कुमारी चौहान

भारतीय कवयित्री

सुभद्रा कुमारी चौहान (१६ अगष्ट १९०४-१५ फेब्रुअरी १९४८)[१][२] हिन्दी भाषाको सुप्रसिद्ध कवयित्री र लेखिका हुन्। उनका दुई कविता संग्रहहरू र तीन कथा संग्रहहरू प्रकाशित भए तर उनको प्रसिद्धि झाँसी की रानी कविताको कारणले भएको हो। उनी राष्ट्रीय चेतनाको एक सजग कवयित्री रहेकी थिइन्। उनीले स्वाधीनता संग्राममा अनेक चोटी जेल यातनाहरू सहेपछि आफ्नु अनुभूतिहरूलाई समेटेर कथामा पनि व्यक्त गरिन्।

सुभद्रा कुमारी चौहान
जन्म(१९०४-०८-१६)१६ अगस्ट १९०४
निहालपुर इलाहाबाद भारत
मृत्यु१५ फेब्रुअरी १९४८(1948-02-15) (उमेर ४३)
पेशाकवयित्री
राष्ट्रियताभारतीय
विषयकविताकथा

जीवन परिचय सम्पादन गर्नुहोस्

उनको जन्म नागपञ्चमीको दिन इलाहाबादको छेउको निहालपुर नाम गरेको गाउँमा रामनाथसिंहको जमीन्दार परिवारमा भएको थियो। बाल्यकालबाट नै उनी कविताहरूको रचनामा लागेकी थिइन्। उनका रचनाहरू राष्ट्रीयताको भावनाले परिपूर्ण छन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.oxforddnb.com/templates/article.jsp?articleid=97283
  2. http://www.bharatdarshan.co.nz/author-profile/47/subhadrakumari-chauhan.html
  3. मिश्र अनुरोध, रामेश्वरनाथ (जुलाई २००४), राष्ट्रभाषा भारती, कोलकाता: निर्मल प्रकाशन, पृ: २०।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)