सिपोरा गुरुङ

मिस् नेपाल २०१३

सिपोरा गुरुङ नेपालकी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन।[१] नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा विक्रम सम्वत २०६७ सालको पपुलर प्लेयर अफ दी इयर उपाधि विजेता हुन् भने उनी चलचित्र द घलेक-द साइन अफ लभ की नायिकासमेत हुन्। उनले भुइँमान्छे फिल्ममा रमेश बुढाथोकी र साहिल प्रजापतीसँग स्क्रिन सेयर गरिन्। उनी मिस नेपाल प्रतियोगिता - २०१३मा भाग लिएकी थिइन्। उनी मिस नेपालमा शीर्ष ५ भित्र पर्नुका साथै मोस्ट ट्यालेन्टको उपाधि पनि जितिन्।[२]

सिपोरा गुरूङ
सन् २०१३ मा सिपोरा
जन्मवि.स. २०५० साल पुस १४ 
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशाखेलकुद,अभिनय
कार्यकालवि.स.२०६३-
चिनारीको कारणनेपाली महिला भलिबल तथा एथलेटिक्स खेलाडी
मिस नेपाल प्रतियोगिता - २०१३को सहभागी

जीवनी सम्पादन गर्नुहोस्

सिपोराको जन्म २०५० साल पुस १४ गते दुधपोखरी, लमजुङमा भएको हो । उनकी आमा सेती घिसीङ गुरुङ हुन् भने बाबु मोतिलाल गुरुङ हुन् । उनीहरू अहिले राष्ट्रबैङ्क चोक, पोखरा नगरपालिका१७मा बस्दै आएका छन् । सिपोरा गुरूङ फिस्टेल उच्च मावि, पोखराकी विधार्थी हुन् ।

खेलमा उत्कृष्टता सम्पादन गर्नुहोस्

उनी भलिबलएथलेटिक्सकी खेलाडी हुन्।
खेलबाट उपलब्धि भलिबलतर्फ उनका उपलब्धिहरूः
१) दशौँ साग श्रीलङ्का कोलम्बोमा युवा खेलाडी - काँस्य पदक २०६३
२) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता बाग्लुङ, दोश्रो, बेष्ट प्लेयर
३) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता बेनी, प्रथम, बेष्ट प्लेयर
४) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता लेकसाइड, प्रथम, बेष्ट स्पाइकर
५) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता काठमाण्डौं २०६४ दोश्रो
६) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता डिमुवा, दोश्रो, बेष्ट स्पाइकर
७) आठौँ विद्यालय स्तरीय राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता काठमाडौँ, २०६४ प्रथम, बेष्ट प्लेयर
८) चौधौँ राष्टिय महिला भलिबल प्रतियोगिता हेटौँडा, २०६४, प्रथम, उदयमान खेलाडी
९) दोश्रो नेपाल आदर्श कप छात्रा भलिबल प्रतियोगिता भण्डारढिक, दोश्रो, वेष्ट प्लेयर
१०) तेश्रो नेपाल आदर्श कप छात्रा भलिबल प्रतियोगिता भण्डारढिक, दोश्रो
११) चौंश्रो नेपाल आदर्श कप छात्रा भलिबल प्रतियोगिता भण्डारढिक, प्रथम, वेष्ट प्लेयर
१२) एघारौँ नव आदर्श कप महिला भलिबल प्रतियोगिता लामाचौर, दोश्रो
१३) बाह्रौँ नव आदर्श कप महिला भलिबल प्रतियोगिता लामाचौर, प्रथम, वेष्ट प्लेयर
१४) राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता काठमाडौँ २०६५, तेश्रो, वेष्ट स्पाइकर र सर्भर
१५) पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौँ, महिला भलिबल, प्रथम
१६) पल्सर पपुलर प्लेयर अफ दी इयर २०६७मा मनोनयनमा पर्न सफल
एथलेटिक्सतर्फ उनका उपलब्धिहरूः
१) २० औँ विरेन्द्र शिल्ड विद्यालय स्तरीय प्रतियोगिता, पोखरा, प्रथम, वेष्ट एथलेट्स (लंगजम्प, २०० मिटर, ४०० मिटर १०० गुणा ४ रिले, ४०० गुणा ४ रिले दौड)
२) प्याब्सन स्पोट् मिट २०६४, प्रथम (लंगजम्प, २०० मिटर, ४०० मिटर १०० गुणा ४ रिले, ४०० गुणा ४ रिले दौड)
३) कास्की जिल्ला विद्यालयस्तरीय प्रतियोगिता २०६४ (लंगजम्प, २०० मिटर, ४०० मिटर १०० गुणा ४ रिले, ४०० गुणा ४ रिले दौड) वेष्ट प्लेयर, वेष्ट एथलेट्स
४) प्रथम राष्ट्रपति अन्तर-विद्यालय च्याम्पियनसीय २०६५, वेष्ट एथलेट्स छात्रा, ३ स्वर्ण, १ रजत पदक

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्