साहिवाल जिल्ला (पञ्जाबीउर्दु: ضِلع ساہِيوال) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो ।[२] सन् २००८ देखि ओकरा जिल्ला र पाकपट्टन जिल्लाल सहवावल विभागमा समावेश गरेको छ । साहिवाल शहर जिल्ला र विभागको राजधानी शहर हो ।

साहिवाल
ضِلع ساہِيوال
जिल्ला
पञ्जाब प्रदेशमा साहिवाल जिल्लाको अवस्थितिको अवस्थिति
पञ्जाब प्रदेशमा साहिवाल जिल्लाको अवस्थिति
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
सदरमुकामसाहिवाल
सरकार
 • उप-आयुक्तसैखत अली खान
क्षेत्रफल
 • जम्मा३,२०१ किमी (१२३६ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२,५१७,५६०
 • घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलहरूसहिवाल
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास सम्पादन गर्नुहोस्

सहिवाल जिल्ला पूर्व ऐतिहासिक युगबाटनै बसोवास गर्दै आइएको थियो । हडप्पा यस जिल्लाको पुरातात्विक क्षेत्रको रूपमा रहेको छ जुन जिल्लाबाट लगभग ३५ किलोमिटर (२२ माइल) को दुरीमा अवस्थित छ जुसलाई २६०० ईसा पूर्व निर्माण गरिएको थियो । क्षेत्र दक्षिण एसियाइ साम्राज्यहरु को एक भागको रूपमा रहेको थियो ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८,४३१,९४ रहेको छ जसमा १६.२७% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । यस तथ्याङ्कका अनुसार पञ्जाबी भाषा यहाँको प्रमुख भाषा हो जसको जनसङ्ख्या कुलको ९८% रहेको छ भने उुर्दु भाषाको जनसङ्ख्या १.४% रहेको छ ।[३][४]

अवस्थिति सम्पादन गर्नुहोस्

साहिवाल जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशको दक्षिण-पुर्वमा पर्छ । यस जिल्ला मुल्तान विभागबाट ३०-४० डिग्री उत्तर अक्षांश र ७३-०६ देशान्तरणमा रहेको छ । यो जिल्ला समुन्द्री सतहबाट ५०० फिट (१५० मिटर) को उचाइमा रहेको छ भने यसले रवी नदिबाट उत्तर-पुर्व र दक्षिण-पश्चिममा समाननतर चतुरभुजको आकार बनाएको छ । यो जिल्ला पुर्व देखि पश्चिम सम्ममा १०० किलोमिटरमा फैलिएको छ भने उत्तर-दक्षिणमा ४५ किलोमिटरमा फैलिएको छ । यस जिल्लामा रहेको कुसक नदिले यो जिल्लालाई पकपट्टन जिल्लाबाट छुट्टयको छ । यस विभागको ओकरा जिल्ला पुर्वमा पर्छ भने यस जिल्लाको दक्षिण सिमानामा पाकपट्टन जिल्ला पर्छ जहाँ सुफी फर्केर शेकर गञ्जको मन्दिर पनि रहेको छ ।

मौसम सम्पादन गर्नुहोस्

साहिवाल जिल्लाको मौसम अत्याधिक तातो हुने खालको जसमा ग्रीष्म ऋतुमा यस जिल्लाको तापक्रम ४५-५० डिग्री सम्म मापन गरिएको छ भने हिउँद ऋतुमा यस जिल्लाको तापक्रम न्युनतम ५ डिग्री देखि अधिकतम १० डिग्री मापन गरिएको छ । यस जिल्ला माटो एकदमै मलिलो छ भने उब्जाउ हुन लाएक छ । यस जिल्लामा अौसत वार्सिक २०० मिलिमिटर पानी पर्ने गरेको पाइन्छ ।

खेलकुद सम्पादन गर्नुहोस्

यस जिल्लामा सबैभन्दा लोकप्रिय खेल क्रिकेट हो भने अन्य जस्तै फुटबल, भलिबल, टेनिस आदि खेलहरू पनि खेलिन्छन् । यस जिल्लामा विभिन्न विश्व प्रख्यात क्रिकेट खेलाडीहरू पनि जन्मिएका छन् ती मध्य मुश्ताक अहमद, मनजुर इलाही, झोर इलाही, र सलिम इलाहि रहेका छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  2. जनसङ्ख्या तालिका वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००६ मिति, शहरी श्रोत केन्द्र
  3. साहिवाल जिल्लाका जनवारहरू
  4. साहिवाल जिल्ला अनुसन्धान केन्द्र वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-२७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्