साँवा नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लाको एक गाँउ विकास समिति हो। ताप्लेजुङ जिल्लाको क्षेत्र नंबर २ मा अबस्थित साँबा एउटा रमाइलो गाउँ हो। यस गाउँ बिकाश समितीको छिमेकी गाउँहरू पापुङ,नाल्बु,थुकिमा,लिबाङमामांखे हुन।यहाँको जन संख्या सन् २०११ को जनगणना अनुसार २४१० छ। यहाँ लिम्बु, भोटे, गुरूङ, कामी, दमाइ, क्षेत्री, सुनुवार, भुजेल जातीको मानिसहरू बसोबास गर्छन। यहाँको मानिसहरू कृषी ,ब्यापार र वैदेशिक रोजगारीमा निर्भर छन्। यहाँको मुख्य उत्पदन अलैंची ,आलु, जउ ,गहुँ, मकै हो। यहाँका मानिसहरू अलैचीबाट राम्रो आम्दानी गर्दछन्।यस गा. बि. स. मा एक उच्च मा. बि.,एक नि. मा. वि. र पाँच प्राथमिक विद्यालय र एक उप स्वास्थ्य चौकी छन्। यस गा. बि. स. मा सदरमुकामबाट एक दिनमा हिंडेर पुगिन्छ। अहिले सडक पनि बिस्तार गरिंदै छ।

साँवा
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाताप्लेजुङ
जनसङ्ख्या
 (1991)
 • जम्मा२२९५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार


स्रोत सम्पादन गर्नुहोस्