सरोजनी नायडु

भारतीय स्वतन्त्र कार्यकर्ता र कवि
(सरोजनी नायडूबाट अनुप्रेषित)

सरोजिनी नायडू (१३ फरवरी १८७९ - २ मार्च १९४९) को जन्म भारत को हैदराबाद नगरमा भएको थियो । उनी एक भारतीय स्वतन्त्र कार्यकर्ता र कवि थिए ।[१] उनको बुवा अघोरनाथ चट्टोपाध्याय एक प्रसिद्ध विद्वान तथा आमा कवि थीए र बङ्ग्लामा लेख्नु हुन्थ्यो । सानै देखी तेज दिमाग भएको हुनाले उनले १२ वर्षकै अल्पायुमा बाह्रौ कक्षाको परीक्षा राम्रो अंकले उत्तीर्ण गरिन् र १३ वर्षको आयुमा लेडी आफ द लेक नामक कविताको रचना गरिन् । उनले १८९५ मा उच्च शिक्षा प्राप्त गर्नको लागि इङ्ल्यान्ड गईन् र पढाईको साथ-साथै कविताहरू पनि लेख्दै रहिन् । गोल्डन थ्रैशोल्ड उनको पहिलो कविता सङ्ग्रह थियो ।

सरोजिनी नायडू
जन्मसरोजिनी चट्टोपाध्याय
(१८७९-०२-१३)फेब्रुअरी १३, १८७९
हैदराबाद, आन्ध्र प्रदेश, भारत
मृत्युमार्च २, १९४९(1949-03-02) (उमेर ७०)
इलाहाबाद, उत्तर प्रदेश, भारत
जीवनसाथीश्री मुत्तयला गोविंदराजुलु नायडु
सन्तानजयसूर्य, पद्मजा, रणधीर र लीलामणि
महात्मा गान्धीसँग सरोजिनी नायडू

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेताहरू: सरोजिनी नायडू", अन्तिम पहुँच २०१९-०२-११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्