सरा मेरी लारसन[१] (स्वीडेनी: [ˈsɑ̂ːra ˈlɑ̌ːʂɔn] ( ); जन्म १६ डिसेम्बर १९९७) एक स्विडेनी गायिक तथा गीतकार हुन्।[२] दश वर्षको उमेरमा लारसनले स्विडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्विडेनी संस्करण तलाङ जित्दै उक्त उपाधि हात पारेकी थिइन्।[३] त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो गिती सङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त गिती सङ्ग्रह स्विडेन र डेनमार्क र नर्वेका आधिकारिक तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो।[४] सन् २०१३ फेब्रुअरीमा उक्त गिती सङ्ग्रहले युनिभर्सल स्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त गिती सङ्ग्रहलाई स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[५]

सरा लारसन
Zara Larsson
१७ सेप्टेम्बर २०१९ मा, प्रस्तुति दिँदै लारसन
जन्मसरा मेरी लारसन[१]
(1997-12-16) १६ डिसेम्बर १९९७ (उमेर २६)
सोल्ना, स्विडेन
पेशा
  • गायिका
  • गीतकार
कार्यकालसन् २००८–वर्तमान
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रगायन
लेबल
वेबसाइटzaralarssonofficial.com
zaralarsson.se

पहिलो गिती सङ्ग्रह सार्वजनिक भएको चार वर्ष पछि लारसनले १७ मार्च २०१७ मा "सो गुड" नामक अर्को गिती सङ्ग्रह विश्वव्यापी रूपमा सार्वजनिक गराएकी थिइन् जुन संयुक्त अधिराज्यको आधिकारिक साङ्गीतिक तालिका कम्पनीमा शीर्ष ७ मा आउन सफल भएको थियो।[६] यस गिती सङ्ग्रहमा आठ एकल गीतहरू समावेश गरिएको छ जसमा "लस्ट लाइफ", नेभर फरगेट यु", एन्ट माई फल्ट", आइ उड लाइक", "सो गुड", डन्ट लेट मि बि योर्स" र "सिम्फोनी" गीत उनले क्लिन बान्डिटसँग साझेदारी गर्दै सार्वजनिक गरेकी थिइन्। उनको यस गिती सङ्ग्रहमा रहेका लगभग सबै गीतहरू संयुक अधिराज्यको आधिकारिक तालिका कम्पनीमा शीर्ष १५ भित्र परेका छन्।[७] "नेभर फरगेट यु" बोलको गीत अमेरिकी बिलबोर्ड हट १०० चार्टको १३अौँ स्थानमा आउन सफल भएको थियो र त्यस्तैगरि "सिम्फोनी" संयुक्त अधिराज्यको तालिकाका केही हप्ताका लागि शीर्ष स्थानमा रहेको थियो जुन लरसनको शीर्ष स्थानमा आउने पहिलो गीत थियो।

बाल्यकाल सम्पादन गर्नुहोस्

लारसन स्विडेनको स्टकहोम स्थित कार्लोन्सकी विश्वविद्यालय अस्पतालमा जन्मिएकी थिइन्।[८][९] एक अन्तरबार्ता उनले बताइनकी उनी जन्मिएको बेलामा न्युकल कोर्डबाट अक्सिजनका अभावले भएका कारण उनीलाई मरेको शिशु भनिएको थियो।[१०] लारसनको एक बहिन छन् जो पनि एक गायिका हुन् र एक सङ्गीत समूहको हन्ना र एन्ड्राकी सदस्य हुन्।[११]

सन् २०१५ को एक अन्तरबार्तामा लारसनले बताइनकी उनलाई एडल्फ फेड्रिम सङ्गीत विद्यालयमा गायिकाको रूपमा आउन आह्वानमा गरिएकी थियो तर त्यहाँ भजनमण्डलीसँग गीत गाउन पर्ने भएकाले उनले उक्त प्रस्तावलाई अस्वीकार गरेकी थिइन्।[१२][१३]

साङ्गीतिक कार्यजीवन सम्पादन गर्नुहोस्

सन् २००८-२०११: सुरुवात सम्पादन गर्नुहोस्

 
सन् २००८ मा लारसन

लारसनले १० वर्षको उमेरमै, सन् २००८ को तलाङ (गट ट्यालेन्टको स्विडेनी संस्करण) को विजेता बन्दै ५ लाख क्रोना हात पारेकी थिइन्।[१४] माइ हर्ट विल गो अन (अनुवादित शीर्षक:मेरो हृदय निरन्तर जानेछ), नामक सेलिन डियोनको गीतलाई उनले फाइनलमा गाएकी थिइन्[१५][१६] जुन पछि उक्त वर्ष लारसनको पहिलो एकल प्रस्तुतिको रूपमा प्रकाशित भएको थियो। गीत आधिकारिक स्विडेनी एकल सङ्गीत तालिका, "स्भारियातपलिस्तान"मा शीर्ष स्थानमा ६ हप्तासम्म रहेको थियो र एक हप्ताको लागि सातौँ स्थानमा सम्मिलित थियो।[१७]

डिसेम्बर २००९ र जनवरी २०१० बीच, सराले याग स्का बिल ख्वाएना (स्वीडेनी: ska bli stjärna) (अनुवादित शीर्षक: म एक तारा बन्नेछु) नामक एक गायन कार्यक्रमको शृखलामा भाग लिएकी थिइन् जहाँ उनी र अन्य स्विडेनी युवा प्रतिभाहरूले अन्तर्राष्ट्रिय ख्याति र सफलताको कठिन मार्गमा सहयोग प्राप्त गरेका थिए। उनलाई लाइला बागेले प्रबन्ध गरेकी थिइन् र उनीहरू लस एन्जलस पुगेका थिए जहाँ उनीहरूको डिज्नी सहित युनिभर्सल सङ्गीत, सोनी र वर्नर साङ्गीत समूहसँग वार्ता गरेका थिए तथापि, उनले कुनै कम्पनीहरूसँग सम्झौता प्राप्त गर्न असमर्थ रहेकी थिइन्।[१८]

सन् २०१३-२०१४ थप सफलता सम्पादन गर्नुहोस्

 
सन् २०१३ मा लारसन गीत गाउँदै

लारसनले सन् २०१२ मा अमेरिकी रेकर्ड लेबल टेन म्युजिक रेकर्ड ग्रुपसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[१९][२०] लारसनको एक गीत २१ जनवरी २०१३ मा युट्युब मार्फत सार्वजनिक भएको थियो।[२१][२२] उनको पहिलो गिती सङ्ग्रहमा २१ जनवरी २०१३ मा सार्वजनिक भएको थियो जसमा ५ गीतहरू समावेश गरिएको थियो जसमा "अनकभर" नामक गीत गिती सङ्ग्रहको नेतृत्व एकलको रूपमा सार्वजनिक भएको थियो।[२३] यस गीतले डिजिलिस्टा र स्भारियातप-लिस्तान तालिकामा शीर्ष स्थानमा आउन सफल भएको थियो भने नर्वे र डेनमार्कको आधिकारिक तालिकामा पनि शीर्ष स्थानमा आएक‍ो थियो। २५ फेब्रुअरी २०१३ मा यस गीतलाई युनिभर्सल म्युजिक स्विडेनद्वारा प्लेटिनम प्रमाणपत्र प्रदान गरिएको थियो। [२४]

२७ मार्च २०१३ मा लारसनको अर्को गीत "सिइज नट मि" सार्वजनिक गरिएको थियो।[२५] ३ अप्रिल २०१३ मा लारसनले अमेरिकी रेकर्ड लेबल एपिक रेकर्डससँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी कुरा आफ्नो ब्लग मार्फत सार्वजनिक गरेकी थिइन्।[२६] ११ डिसेम्बर २०१३ मा लारसनले नोबेल शान्ति पुरस्कारमा आयोजना गरिएको एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएकी थिइन्।[२७][२८] १ अक्टोबर २०१४ मा लारसनले उनको पहिलो एल्बम सार्वजनिक गरिकी थिइन् जसमा "अनकभर", "ब्याड ब्वाइज" र "सिज नट मि" गीतहरू समावेश गरिएको थियोे।[२९] उनको पहिलो गिती सङ्ग्रह "१"ले स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनी मार्फत प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[३०]

सन् २०१५-२०१७ सो गुड र अन्तर्राष्ट्रिय सफलताहरू सम्पादन गर्नुहोस्

 
सन् २०१५ मा लारसन प्रस्तुत दिँदै

५ जुन २०१५ मा लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि "लस्ट लाइफ" नामक गीत सार्वजनिक गरेकी थिइन्। उक्त गीतले स्विडेनको आधिकारिक चार्टमा शीर्ष स्थानमा आउँदै लारसनको गीतहरू मध्ये शीर्ष स्थानमा आउने दोस्रो गीत बन्दै ४× प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। यस गीत अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, आयरल्यान्ड, नर्वे, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र संयुक्त अधिराज्यका साङ्गितीक तालिकाहरूमा शीर्ष ५ सम्म पुगेको थियो।[३१][३२][३३]

२२ जुलाई २०१५ मा लारसनले एक बेलायती गायिकसँग साझेदारी गर्दै "नेभर फरगेट यु" नामक गीत सार्वजनिक गरेकी थिइन्।[३४] यस गीत स्विडेनमा शीर्ष १ मा, अस्ट्रेलियामा शीर्ष ३ मा र संयुक्त अधिराज्यमा शीर्ष ५ मा आउन सफल भएको थियो। यस गीतले स्वीडनको आधिकारिक साङ्गितीक तालिका कम्पनीद्वरा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[३५][३६][३७]

सन् २०१६ फेब्रुअरीमा टिनी टाम्पाले लारसनसँग साझेदारी गर्दै "गर्लस् लाइक" नामक गीत सार्वजनिक गरेको थयो।[३८] डेभिड गेट्टाले लारसनसँग मिल्दै युइएफए युरो २०१६ को आधिकारिक गीत "दिस वान्स फर यु" नामक गीत सार्वजनिक गरेका थिए।[३९]

 
सन् २०१६ मा लारसन

१ सेप्टेम्बर २०१६ मा लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि तेस्रो एकलका रूपमा "एन्ट माई फल्ट" नामक गीत सार्वजनिक गरेकी थिइन्।[४०] २२ अक्टोबर २०१६ मा टाइम्सले उनलाई ३० सबैभन्दा प्रभावशाली युवाको सूचीमा सूचीकृत गरेको थियो। ११ नोभेम्बर २०१६ मा उनले दोस्रो एल्बमका लागि चौँथो एकलका रूपमा "आई उड लाइक" नामक गीत सार्वजनिक गरेकी थिइन्।[४१][४२] यस गीतले संयुक्त अधिराज्यमा शीर्ष २ र स्विडेनमा शीर्ष ४ मा पर्न सफल भएको थियो।[४३][४४]

सन् २०१७ जनवरीमा लारसनले अमेरिकी र्‍यापर टाइ डला साइनसँग साझेदारीको गर्दै "सो गुड" बोलको गीत सार्वजनिक गरेकी थिइन्।[४५][४६] उक्त गीत उनको आउँदै दोस्रो एल्बमको पाँचौ एकल गीतको रूपमा रहेको थियो भने उनको दोस्रो एल्बमक‍ो नाम पनि सो गुडनै थियो जुन १७ मार्च २०१७ मा सार्वजनिक भएको थियो।[४७] यस एल्बममा लारसनले बिज किडसँग "सनडाउन" र क्लिन बान्डिटसँग "सिम्फोनी" नामक गीतहरू सार्वजनिक गरेकी थिइन्।[४८] सो गुड एल्बम स्विडेनको आधिकारिक गिती सङ्ग्रह तालिकामा शीर्ष १ मा र अस्ट्रेलिया, डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, न्युजिल्यान्ड र नर्वेमा शीर्ष दश भित्र पर्न सफल भएको थियो। [४९][५०]

१२ मार्च २०१७ मा लारसनले "डन्ट लेट मि बि योर्‍स" बोलको गीतको आधिकारिक भिडियो सार्वजनिक गरेकी थिइन् जुन सो गुड एल्बमको छैटौँ एकल गीत थियो।[५१] त्यस पछि "वन्लि यु" नाम गीत एल्बमको सातौँ एकल गीतको रूपमा ११ अगस्ट २०१७ मा सार्वजनिक भएको थियो।[५२]

सन् २०१७–हाल: पोस्टर गर्ल सम्पादन गर्नुहोस्

सन् २०१७ सेप्टेम्बरमा लारसनले उनको आउँदो तेस्रो गिती सङ्ग्रहका लागि काम गर्न सुरु गरेको घोषणा गरेकी थिइन्।[५३] उनले एक अन्तरबार्तामा दुई गीतहरू एमएनइकेसँग लेखेको जानकारी गराएकी थिइन्। ११ डिसेम्बर २०१७ मा लारसनले नोबेल पुरस्कारको एक साङ्गीतिक कार्यक्रममा अमेरिकी गायक जोन लेजेन्डसँग प्रस्तुति दिएकी थिइन्। जनवरी २०१८ मा लारसनलाई फोब्सले मनोरञ्जनकर्मीको श्रेणीमा सूचीकृत गरेको थियो।[५४]

 
सन् २०१८ मा लारसन

सेप्टेम्बर २०१८ मा, लारसनले आफ्नो तेस्रो साङ्गीतिक सङ्गालो " रूइन माई लाइफ"बाट गीत जारी गर्ने घोषणा गरेकी थिइन्। उनले १८ अक्टोबर २०१८ मा, गीत र भिडियो जारी गरेकी थिइन्। गीत विश्वव्यापी रूपमा सफलतापूर्वक, अमेरिका र बेलायतमा स्वर्ण प्रमाणित भएको थियो, जबकि यो नेदरल्यान्डमा शीर्ष स्थानमा पुगेको थियो। सन् २०१९ मा, लारसनले उनको आगामी गिती सङ्ग्रह "डन्टर वोरी बाउट मी", "वाउ" र "अल द टाइम" लाई अनुसरण गर्ने एकल गीतहरू जारी गरेकी थिइन्।

जनवरी २०१९ मा, उनी इटालेली र्‍यापर , गायक र गीतकार फेदेसद्वारा " होल्डिङ आउट फर यू" गीतमा प्रस्तुत भएकी थिइन्। ८ नोभेम्बर २०१९ मा, लारसनको अर्को एकल, इन्भिजिबल (अनुवादित शीर्षक:अदृश्य) सन् २०१९ को चलचित्र क्लाउसबाट लिइएको थियो जुन नेटफ्लिक्समा सार्वजनिक भएको पहिलो मूल व्यङ्गचित्रात्मक चलचित्र, सोही दिनमा जारी गरिएको थियो।[५५]

मार्च २०२० मा, लारसनलाई काइगोको गीत, "लाइक इट इज"मा अमेरिकी र्‍यापर टिगासँगै चित्रित गरिएको थियो। गीतले मध्यस्थताका साथ राम्रो प्रदर्शन गरेको थियो भने गीत स्विडेन, न्युजिल्यान्ड, र नर्वेमा शीर्ष पाँच स्थानमा पुग्न सफल भएको थियो।[५६]

मे २०२० मा उनले ट्विटर मार्फत घोषणा सार्वजनिक गर्दै आफ्नो गिती सङ्ग्रहको आवरण चयन गर्न लागेको बताएकी थिइन्। उनले ट्वीट गर्दै दुई गीतका लागि भिडियोहरू छायाङ्कनको क्रममा रहेको र अर्को नयाँ गिती सङ्ग्रहहरू आउने बताएकी थिइन्।

जुन २०२० मा, लारसनले इन्स्टाग्राम मार्फत गीत " लभ मी ल्यान्ड" को घोषणा गरेकी थिइन्। उनले गीत र साङ्गीतिक भिडियो १० जुलाई २०२० मा जारी गरेकी थिइन्। सोही दिन उनको अन्तर्वार्ता स्भारिया रेडियोमा प्रकाशित गरिएको थियो। नयाँ गिती सङ्ग्रह ग्रीष्मकालीन २०२० को ग्रीष्म पछि सार्वजनिक गरिने उनले बताएकी थिइन्। [५७] यद्यपि, लारसनले एक अन्तर्वार्तामा, गिती सङ्ग्रहक नाम "पोस्टर गर्ल" रहने बताएकी थिइन् र उनको गीत "वाउ" सोही गिती सङ्ग्रहमा समावेश हुने पनि उनले बताएकी थिइन्[५८] जहाँ यसको घोषण २६ अगस्त २०२० मा भएको थियो।[५९]

सेप्टेम्बर २०२० मा, लारसनले अमेरिकी गायिका सब्रिना कार्पेन्टरको साथ यसको समायोजित संस्करण जारी गरेकी थिइन्।[६०]

व्यक्तिगत जीवन र अन्य कार्यहरू सम्पादन गर्नुहोस्

लारसनसँग संयुक्त रूपमा काम गरेका अन्य कलाकार र उद्योगकर्मीहरूले उनको प्रशंसा गरेका छन् जबकि उनी बियोन्से[६१] जस्ता कलाकारहरूको उच्च प्रशंसक हुन्।[६२] उनले डाक्टर लुक र क्रिस ब्राउन जस्ता कलाकारहरूको विपक्षमा आफ्नो दृष्टिकोण कायम गरेको बताएकी थिइन्। [६३]

जनवरी २०१५ मा, लारसनले आफ्नो खुट्टामा कन्डम बेरेको तस्वीर इन्स्टाग्राममा उर्ध्वभरण गरेकी थिइन् जसको अर्थ पुरुषहरूको लिङ्ग कन्डमको लागि धेरै ठूलो हुन्छ भन्ने थियो भने उक्त तस्वीरले स्विडेनसंयुक्त राज्य अमेरिकामा धेरै सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेको थियो।[६४] उनले हाल ड्युरेक्स र एड्स सङ्गठन (रेड)बाट यौन स्वास्थ्य जागरूकता बढाउन र दक्षिण अफ्रिकामा एड्सको उपचारका लागि पैसा जुटाउने नयाँ अभियानलाई अगाडि बढाइरहेकी छिन।[६५]

असंयमको बारेमा सार्वजनिक बुझाई बढाउनको लागि, उनले सात वर्षसम्म डायपर प्रयोग गरेको कुरा खुलासा गरेकी थिइन्।[६६] सन् २०१५ मा, लारसनले स्भारिया रेडियोमा प्रसारण गर्नको लागि एक ग्रीष्मकालिन भाषणको योजना बनाएकी थिइन् जहाँ उनी प्रस्तुति दिने ५८ हस्तिहरूको मध्ये एक हुन्।[६७] ४८ मिनेटको भाषण स्विडेनको पि१ च्यानलमा २५ जुलाई २०१५ मा प्रत्यक्ष रूपमा प्रत्यक्ष प्रसारण गरिएको थियो। १७ वर्षको उमेर उनी भाषण दिने सबैभन्दा कान्छी वक्ता बनेकी थिइन् [१८] भने यस भन्दा अगाडि २० वर्षकी रोब्लिन र जिना दिरावीले भाषण दिएका थिए।[६८] भाषणमा उनले आफ्नो जीवन, उनको सङ्गीत, उनको नारीवादी विचार, उनी प्रति अन्यले राख्ने दृष्टिकोण र प्रतिक्रिया र यी सबैको बारेमा उनको भावनाहरू प्रस्तुत गरेकी थिइन्। [१८] सन् २०१७ देखि २०१९ को बीच, उनी बेलायती मोडल ब्रायन एच ह्विटटेकरसँग सम्बन्धमा रहेकी थिइन्।[६९][७०] १८ मे २०१७ मा, लारसनले होएम (स्वीडेनी: H&M)को सङ्ग्रह जारी गरेकी थिइन् जसमा विभिन्न विभिन्न कपडा तथा उपकरणहरू समावेश थिए। क्लिन बान्डिटको साथ उनले आफ्नो प्रसिद्ध गीत "सिम्फोनी" को भिडियो खिच्ने निर्णय गर्ने निर्णय गरेकी थिइन्। [७१]

अक्टोबर २०१९ मा, लारसनले सामाजिक सञ्जालहरूमा डेमी लोभाटोको इजरायल समर्थक अडानको बिरूद्धमा बोलेकी थिइन्।[७२][७३] लोभाटोले इन्स्टाग्राममा सामग्री सार्वजनिक गर्दै उक्त विषयमन उनको केही राय नभएको इजरायल-प्यालेस्टाइन द्वन्द्वमा कुनैपनि देशको पक्ष नलिने बताएकी थिइन्। लारसनले यसको उत्तरमा ट्विटरमा, उनलाई कुनै मतलब नभएको र दमनकारी पक्षमा रहेको आरोप लगाएकी थिइन्। पछि उनले यो टिप्पणी लोभाटोका लागि मात्र नभएको जनाएकी थिइन्।[७४]

विवादहरू सम्पादन गर्नुहोस्

दावीहरू सम्पादन गर्नुहोस्

लारसन अमेरिकी गायिका बियोन्सेको आत्म घोषित प्रशंसक हुन्। सामाजिक सञ्जालहरूमा खुला रूपमा अभिव्यक्ति दिँदै उनले आफ्नो अभिभावकहरूको अन्तर्वार्तामा आफ्नो खुला विचार व्यक्त गरेकी थिइन्। उनको भनाइ अनुसार "सामाजिक मुद्दा र संसारमा के भइरहेको छ भन्ने बारेमा मेरा आमाबाबु दुबै एकदमै शिक्षित हुनुहुन्छ र उहाँहरूले मलाई धेरै सहयोग गर्नु भएको छ"। लारसनले उनका नारीवादी मतहरूको लागि "धेरै घृणा पाएको" बताएकी थिइन्, जसलाई "पुरुष प्रति घृणा" जागृत भएको पनि भनिन्छ। पुरुषहरूलाई घृणा गर्ने टिप्पणीले वास्तवमा उनीहरूलाई चोट नपुर्‍याउने भएकाले, यी सबै कुराहरूमा आफूले केहीपनि मतलब नगर्ने उनले बताएकी थिइन्।

ह्वावेसँग सम्झौता सम्पादन गर्नुहोस्

मार्च २०१९ मा, लारसनले चिनियाँ प्रविधि कम्पनी ह्वावेको साथ वाणिज्यिक सहकार्य गर्न सुरु गरेको बताइएको थियो। ह्वावेसँग लारसनले गरेको सहयोगले चीन तथा अन्य मानव अधिकारका विज्ञहरूले उनको आलोचना गरेका थिए, जसले ह्वावेको तानाशाही चिनियाँ सरकारसँगको घनिष्ठ सम्बन्ध र मानव अधिकारको बारेमा अन्य कुराहरू उल्लेख गरेका थिए। अगस्त २०२० मा, लारसनले ह्वावेसँगको उनको सम्झौता समाप्तको घोषण गर्दै, चीन "राम्रो देश नभएको" र उनी यसका नीतिहरूसँग अडिग नभएको बताएकी थिइन्।

यसको जवाफमा, ह्वाावेले अनुमोदन सम्झौता समय सीमित रहेको र सन् २०१९ मा नै समाप्त भइसकेको जनाएको थियो। सम्बन्धी उनको धारणा सार्वजनिक भएपछि लारसनका सबै सार्वजनिक गीतहरू एप्पल सङ्गीत चीनबाट हटाइएको थियो।

गायन शैली सम्पादन गर्नुहोस्

सरा लारसनले मुख्यतया पप[७५][७६][७७] र आर र बी[७८][७९] किसिमको गीत गायने गर्छिन्। उनको कहिलेकाँही इलेक्ट्रोपप,[८०] हाउस[८१] र डान्स सङ्गीत पनि गाउने गरेकी छिन्।[८२][८३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Your query : Creator's Name begins with LARSSON ZARA on any territories (Domestic works)", ISWC, अन्तिम पहुँच अक्टोबर ७, २०१९ 
  2. "Zara Larsson: Jag ska vara miljardär innan jag är 25 - DN.SE"। २५ मे २०१५। सङ्ग्रह मिति १३ मार्च २०१७ 
  3. Jag hade blöjor वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-३० मिति, Metro, 7 maj 2015।
  4. "Swedish chart – zara larsson uncover", स्विडेनी साङ्गीतिक तालिका, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  5. "​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी" (नेपालीमा), पहिलो पोस्ट, अन्तिम पहुँच २३ अक्टोबर २०२० 
  6. "Zara Larsson" (स्विडेनीमा), TV4, २७ de novembro de २००९, अन्तिम पहुँच १६ de maio de २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१५ मिति
  7. Holmberg, Joakim (७ de julho de २०१३), "Robin Stjernberg och Zara Larsson heta artister på Sommarkrysset", Aftonkuriren (स्विडेनीमा), मूलबाट ३१ de março de २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० de julho de २०१३ 
  8. "Zara Larsson – artonåringen som nobbade Justin Bieber"डेगन्स नाइहिटर। १ अप्रिल २०१६। सङ्ग्रह मिति २३ डिसेम्बर २०१७ 
  9. "सरा लारसन: När hatvågen kom ville jag lämna Sverige"। सङ्ग्रह मिति २३ डिसेम्बर २०१७ 
  10. क्यार्ली, ब्रिनेन (२६ मे २०१६)। "Zara Larsson's Sister Starts a Band, Hanna & Andrea, With Very Good Debut Single"Spin। सङ्ग्रह मिति २७ मे २०१६ 
  11. स्मिथ, डेभिड (१८ मार्च २०१६)। "Zara Larsson: I want people to look at me all the time"स्ट्याण्डर्ड। सङ्ग्रह मिति ८ अप्रिल २०१९ 
  12. "सरा लारसन: Jag ska vara miljardär innan jag är 2"डेगन्स नाइहिटर (स्विडेनी भाषा)। १५ मे २०१५। सङ्ग्रह मिति ११ जुन २०१६ 
  13. "Zara Larsson: Jag ska vara miljardär innan jag är 25"डेगन्स नाइहिटर। १५ मे २०१५। सङ्ग्रह मिति ८ अप्रिल २०१९ 
  14. "Make Way For Zara Larsson, Sweden's Latest Weapons-Grade Pop Export"Stereogum। १६ जुन २०१६। सङ्ग्रह मिति १९ जनवरी २०१७ 
  15. "Zara Larsson" (स्विडेनी भाषा)। TV4। २७ नोभेम्बर २००९। सङ्ग्रह मिति १६ मे २०१० 
  16. Bergqvist, Mattias (१ डिसेम्बर २००९)। "Zara Larsson, 11: "Vill bli en legend""Expressen (स्विडेनी भाषा)। सङ्ग्रह मिति १६ मे २०१० 
  17. "ZARA - MY HEART WILL GO ON (låt)" (स्विडेनी भाषा)। Sverigetopplistan। सङ्ग्रह मिति २०१९-१२-२५ 
  18. १८.० १८.१ १८.२ "Sommar & Vinter i P1 – Zara Larsson" (स्विडेनी भाषा)। Sveriges Radio। २५ जुलाई २०१५। सङ्ग्रह मिति ५ अप्रिल २०१९ 
  19. "Zara Larsson predstaviť"एक्सप्रेसिन (स्लोभाकी भाषा)। सङ्ग्रह मिति १९ जनवरी २०१७ 
  20. "Zara larsson album"। स्वीडिस चार्ट/। 
  21. "Zara larsson"। नर्वेजियन चार्ट। 
  22. "Zara larsson's album"danishcharts.com। हङ्ग मिडन। सङ्ग्रह मिति २४ जनवरी २०१५ 
  23. "Zara larsson" (स्विडेनी भाषा)। युनिभर्सल सङ्गीत स्विडेन। २५ फेब्रुअरी २०१३। सङ्ग्रह मिति २६ फेब्रुअरी २०१३ 
  24. होल्मबर्ग, जोकिम (७ जुलाई २०१३)। "Robin Stjernberg och Zara Larsson heta artister på Sommarkrysset"Aftonkuriren (स्वीडिस भाषा)। सङ्ग्रह मिति ३० जुलाई २०१३ 
  25. "Zara larsson – She is not me"। २७ मार्च २०१३। सङ्ग्रह मिति २७ मार्च २०१३युट्युब-को माध्यमबाट। 
  26. "Zara larsson – She is not me" (स्विडेनी भाषा)। युनिभर्सल सङ्गीत समूह। २५ जुन २०१३। सङ्ग्रह मिति २७ जुन २०१३ 
  27. "आईएम सो लक्की" (स्वीडिस भाषा)। ब्लग। ३ अप्रिल २०१३। सङ्ग्रह मिति २७ जुन २०१३ 
  28. साल, जोना (१० मे २०१३)। "सरा लारसन" (स्विडेनी भाषा)। सङ्ग्रह मिति ११ जुन २०१४ 
  29. "Zara Larsson medverkar i prestigefyllda The Nobel Peace Prize Concert 11 december."माईन्युनडिस्क। ७ नोभेम्बर २०१३। सङ्ग्रह मिति १२ डिसेम्बर २०१७ 
  30. "Zara larsson and Cher"पोश २४ (स्विडेनी भाषा)। २७ अगस्ट २०१३। सङ्ग्रह मिति ३ डिसेम्बर २०१६ 
  31. "never forget you"। सङ्ग्रह मिति २० जनवरी २०१७ 
  32. "द आइरिस चार्ट – अल दिअर इज टु नो"। आइआरएमए। ५ जनवरी २०१० मिति मूल बाट सङ्ग्रहित। सङ्ग्रह मिति २० जनवरी २०१७ 
  33. हङ्ग, स्टिफन। "Danish Chart – Zara larsson – Lush Life"ड्यानिस चार्ट। सङ्ग्रह मिति ५ डिसेम्बर २०१६ 
  34. "never forger you- zara larsson", सनफ्याक्ट, अन्तिम पहुँच २० जनवरी २०१७ 
  35. "नेभर फर्गेट यु | पूर्ण चार्ट इतिहास | आधिकारिक चार्ट कम्पनी"। सङ्ग्रह मिति १९ जनवरी २०१७ 
  36. हङ्ग, स्टिफन। "Swedish Chart – Swedish chart portal"स्विडेनी साङ्गीतिक तालिका। सङ्ग्रह मिति १९ जनवरी २०१७ 
  37. "Toplista" (स्वीडिस भाषा)। सर्भेजटपलिष्टा। सङ्ग्रह मिति २३ जनवरी २०१६ 
  38. "Girls like (single)"। आइट्युन्स अस्ट्रेलिया। सङ्ग्रह मिति २६ फेब्रुअरी २०१६ 
  39. "this one's for you david guetta", सङफ्याक्ट, २० जनवरी २०१७। 
  40. "Zara larsson – "i would like" (song)"स्वीडिस चार्ट। सङ्ग्रह मिति १८ मे २०१७ 
  41. "I would like"। आधिकारिक चार्ट कम्पनी। सङ्ग्रह मिति १८ मे २०१७ 
  42. "The 30 Most Influential Teens of 2016"टाइम (पत्रिका)। सङ्ग्रह मिति २५ अक्टोबर २०१६ 
  43. "I would like"डिजिटल स्पाई। ११ नोभेम्बर २०१६। सङ्ग्रह मिति १९ जनवरी २०१७ 
  44. "Zara larsson new song - 'ain't my fault"इडब्ल्यू डटकम/। सङ्ग्रह मिति १ सेप्टेम्बर २०१६ 
  45. "don't let me be yours" (video)"। सङ्ग्रह मिति १८ मे २०१७युट्युब-को माध्यमबाट। 
  46. क्युरिम, जोनाथन (१३ अगस्ट २०१७)। "Zara Larsson Has Released "Only You + Remixes" EP"सेलेबमिक्स। सङ्ग्रह मिति १५ अप्रिल २०१८ 
  47. "top 40/maintream future releases – mainstream hit song"अल एक्सेस म्यूजिक ग्रुप। १७ जनवरी २०१७। सङ्ग्रह मिति २० जनवरी २०१७ 
  48. "So good by Zara larsson"। आइट्युन्स स्टोर। सङ्ग्रह मिति १८ मार्च २०१७ 
  49. "clean bandit and zara larsson"। आधिकारिक साङ्गीतिक तालिका। सङ्ग्रह मिति १८ मे २०१७ 
  50. "so good"। आधिकारिक साङ्गीतिक तालिका। सङ्ग्रह मिति १८ मे २०१७ 
  51. "zara larsson – "don't let me be yours " (official music video)"। सङ्ग्रह मिति १८ मे २०१७युट्युब-को माध्यमबाट। 
  52. क्युरिन, जोाथन (१३ अगस्ट २०१७)। "Zara Larsson Has Released "Only You + Remixes" EP"सेलबमिक्स। सङ्ग्रह मिति १५ अप्रिल २०१८ 
  53. "Zara Larsson"vg (स्विडेनी भाषा)। सङ्ग्रह मिति १२ डिसेम्बर २०१७ 
  54. "Zara larsson"Forbes। सङ्ग्रह मिति २६ जनवरी २०१८ 
  55. "Fedez duetta con Zara"बिलबोर्ड। ११ जनवरी २०१९। 
  56. "New Zara Larsson single "Invisible" featured in Netflix original animated feature Klaus"। Epic Records। २३ अक्टोबर २०१९। सङ्ग्रह मिति १६ नोभेम्बर २०१९ 
  57. "Zara Larssons bästa hits on Spotify"। स्पोटिफाई। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  58. "Zara Larsson Chats "Wow" Comeback and New Album", Borderless Melodies, ३१ अगस्ट २०२०, अन्तिम पहुँच ३ सेप्टेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २०२० मिति
  59. @zaralarsson (२६ अगस्ट २०२०), "...since y'all love WOW so much.. bringing it back for a sec" (ट्विट), अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०ट्विटरद्वारा। 
  60. Wass, Mike, "Sabrina Carpenter Joins Zara Larsson For “Wow” Remix", आइडोलेटर, अन्तिम पहुँच सेप्टेम्बर २७, २०२० 
  61. Gonzalez, Erica (२९ नोभेम्बर २०१६)। "Zara Larsson Sings Beyonce"। Harpers Bazaar। सङ्ग्रह मिति ४ डिसेम्बर २०१६ 
  62. Mackay, Emily (२१ सेप्टेम्बर २०१६)। "Zara Larsson – The Full NME Cover Interview"NME। सङ्ग्रह मिति ४ डिसेम्बर २०१६ 
  63. Mackay, Emily (२१ सेप्टेम्बर २०१६)। "Zara Larsson – The Full NME Cover Interview"NME। सङ्ग्रह मिति ४ डिसेम्बर २०१६ 
  64. "Nu pratar hela USA om Zara Larssons kondom på benet"Metro (स्विडेनी भाषा)। ९ जनवरी २०१५। सङ्ग्रह मिति ४ अप्रिल २०१९ 
  65. "Zara Larsson's sex education classes" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-१२-०३ 
  66. ""Zara Larsson, Günther och Bråvalla – Detta har hänt"" (स्विडेनी भाषा)। ३ जुलाई २०१५। सङ्ग्रह मिति १६ डिसेम्बर २०१९ 
  67. "Zara Larsson svara ärligt på frågor om alkohol, feminism och när hon kissat på sig."Metro (स्विडेनी भाषा)। ७ मे २०१५। सङ्ग्रह मिति ८ अप्रिल २०१९ 
  68. Haimi, Rebecca (२०१५-०६-०३)। "Zara Larsson yngst att sommarprata" (स्विडेनी भाषा)। Sveriges Radio। सङ्ग्रह मिति २०१९-१२-२४ 
  69. "H&M offers fashion and quality for the best price | H&M SE"www.hm.com (स्विडेनी भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२० 
  70. "See all pictures on Zara Larsson's collection for H&M: "Feminine, strong and fits everyone""ELLE (स्विडेनी भाषा)। २५ अप्रिल २०१७। सङ्ग्रह मिति ४ जनवरी २०२० 
  71. "See all garments from Zara Larsson's collection with H&M"FRIDA (स्विडेनी भाषा)। २५ अप्रिल २०१७। सङ्ग्रह मिति २४ अक्टोबर २०१७ 
  72. "Zara Larsson On Featuring A Black Gay Couple In Symphony Music Video | Fuse" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-१२-०३ 
  73. Farokhmanesh, Megan (२०१८-०६-०४)। "YouTube is still restricting and demonetizing LGBT videos — and adding anti-LGBT ads to some"द भर्ज (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-१२-०३ 
  74. "Zara Larsson calls out Demi Lovato for not "choosing sides" in her Israel apology"पपबज्। जुलाई ६, २०२०। 
  75. स्याभेज, मार्क (१७ मार्च २०१७)। "सरा लारसन: एक पप कलाकार"बीबीसी (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  76. हगिन्स, माइकल (९ मे २०१७)। "सरा लारसन को हुन्? लारसनका केही तथ्यहरू"द आइरिस सन (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  77. "सरा लारसनको पहिलो साङ्गीतिक कार्यक्रम"एमटिभी (अङ्ग्रेजी भाषा)। २५ अक्टोबर २०१७। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  78. "सरा लारसाको हिप हप सङ्गीतसँगको सम्बन्ध", द सिड्नी मर्निङ (अङ्ग्रेजीमा), २ अगस्ट २०१७, अन्तिम पहुँच ९ मार्च २०१८ 
  79. "सरा लारसन"बिलबोर्ड (अङ्ग्रेजी भाषा)। २८ मे २०१४। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  80. मुङ्गर, जेम्स। "सरा लारसनको जीवनी"अल म्यूजिक (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  81. क्र्याग, माइकल (१९ मार्च २०१७)। "सरा लारिन: सो गुड एल्बम"द गार्डेन्स (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  82. सुलेभ्यान, क्यारोलिन (९ जुन २०१७)। "सरा लारसन"द गार्डेन्स (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ मार्च २०१८ 
  83. "सरा लारसनलाई प्रेरण दिने कलाकार बेयोन्से हुन्"आइओडी (अङ्ग्रेजी भाषा)। २८ डिसेम्बर २०१७। सङ्ग्रह मिति ९ मार्च २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्