सखर वा सक्खर उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ; गुड हो ।

औषधोपचार सम्पादन गर्नुहोस्

  • कम्मर दुख्ने रोगमा

एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

  • कफ र खोकी लागेको रोगमा

१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

  • हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
  • ज्वरो आएमा
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
  • खोकी र दममा
सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।
  • पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।
  • घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।
  • शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
  • मलेरिया ज्वरो आएमा
भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १/१ गोली २/२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।
  • काला ज्वरो आएमा
दतिउनको पात, मरिचलसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
  • औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडि मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।

सन्दर्भ ग्रन्थ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=सखर&oldid=885598" बाट अनुप्रेषित