शक्ति गौचन

नेपाली क्रिकेट खेलाडी

शक्ति गौचन (Shakti Prasad Gauchan) (पूरा नाम:- शक्ति प्रसाद गौचन) (जन्म २२ अप्रिल १९८४) एक नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण पुर्व क्रिकेट खेलाडी हुन् । शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन् ।[१] उनले नेपाली राष्ट्रिय टिमका लागि ओमान विरूद्व सन् २००२ जुलाईमा डेब्यु गरेका थिए ।[२] जुलाई २०१८ मा शक्तिले नेदरल्यान्ड विरूद्वको खेल पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए । उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।

शक्ति गौचन
व्यक्तिगत जानकारी
नामशक्ति प्रसाद गौचन
जन्म (1984-04-22) २२ अप्रिल १९८४ (उमेर ३९)
रूपन्देही, नेपाल
उचाई६ फिट १ इन्च (१.८५ मी)
ब्याटिङदायाँ हाते
बलिङलेफ्ट-आर्म स्पिन
भूमिकाबलर
वेबसाइटफेसबुकमा शक्ति गौचन
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
Only ODI (cap )१ अगस्ट २०१८ v नेदरल्यान्ड
टि२०आई पदार्पण (क्याप )१६ मार्च २०१४ v हङकङ
अन्तिम टि२०आई१७ जुलाई २०१५ v पपुवा न्यू गिनी
टि२०आई पोशाक४४
घरेलु टोली जानकारी
वर्षटिम
२०११-२०१५एपिएफ (राष्ट्रिय लिग)
२०१४जगदम्बा ज्यान्टस् (एनपीएल)
२०१५न्यु होरिजन (एसपीए कप)
२०१८पोखरा राइनोज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टी-२०I फास्ट क्लास लिस्ट ए टि-२०
म्याच २३ ३१
कुल रन १३ १५७ १५४ ३१
ब्याटिङ औसत ४.३३ ३४.२० १७.११ ६.२०
१००/५० ०/० ०/१ ०/० ०/०
सर्वोच्च स्कोर ६* ६९* ३७* १०
कुल बल १८० २५२ ९८५ ६५४
विकेट १८ ३२
बलिङ औसत २१.१२ २१.४० ३५.१६ १८.९०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ ३/९ २/१८ २/१६ ४/२०
क्याच/स्टम्प ०/– ५/– ४/– ६/–
स्रोत: ESPNcricinfo, 1१ अगस्ट २०१८

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटाली राष्ट्रिय क्रिकेट टिम विरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिज अन्तर्गत यो उपलब्धि हात पारेका थिए । उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए ।[३]

शक्तिले २०१८ एभरेष्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेट सन्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।

खेल जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्