विसं २०७१ को हिमआँधी प्रकोप

विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यसले विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। अप्रत्यासित रूपमा आइपरेको हुनाले यसले अन्नपूर्ण हिमाल र आसपासका क्षेत्रहरूमा यति ठूलो क्षति निम्त्याएको हो। यो हिमआँधीलाई नेपालको पदयात्रा क्षेत्रकै सबभन्दा प्रलयकारी घटनाको रूपमा लिइएको छ।

विसं २०७१ को हिमआँधी प्रकोप
को भाग
अन्नपूर्ण हिमाल
मिति१४ अक्टोबर २०१४ (2014-10-14)
स्थानमनाङमुस्ताङ जिल्ला, नेपाल
कारणहुदहुद चक्रवात
मृत्यु४३ जना[१]
घाइते१७५
बेपत्ता५०
थोराङ ला

घटनाहरू सम्पादन गर्नुहोस्

विसं २०७१ को असोज २८ गते तदनुसार सन् २०१४ अक्टोबर १४ मा नेपालको मनाङ र मुस्ताङ जिल्लाका हिमाली क्षेत्रमा रहेका अन्नपूर्ण तथा धौलागिरी हिमाल र आसपासका क्षेत्रमा आएको हिमआँधीसँगै विभिन्न स्थानमा हिमपहिराहरूको श्रृखला देखापर्यो।[२] एक विशेषज्ञका अनुसार यो आँधी भारतमा आएको हुदहुद आँधीका कारण उत्पन्न भएको र यसले १२ घण्टाभित्र लगभग १.२ मिटर (५ फिट ११ इन्च) हिमपात गराएको थियो।[३] उक्त हिमआँधीको समयमा न्युजिल्यान्डका ७८ सहित विभिन्न देशका पदयात्रीहरू त्यस क्षेत्रमा थिए।[४] यस घटनामा अन्तर्राष्ट्रिय सहयोगको आह्वान पहिलो पटक इजरायली दुतावासले गर्यो। हिमआँधी प्रभावित क्षेत्रमा फसेका एक इजरायली पर्यटकले उक्त स्थानबाट फर्कन सफल एक स्थानीय गाइडको हातमा पठाएको हस्तलिखित चिठी पाएपछि दुतावासले उक्त पहल गरेको हो।[५][६] हिमआँधी आएको भोलिपल्ट अर्थात असोज २९ गते नेपाल, स्लोभाकियाजर्मनीका गरी एक्काइस जनाको उद्दार गरियो।[६] लगातार चार दिनसम्म गरिएको उद्दारमा थोराङ ला[२], मुस्ताङको टुकुचे[७] तथा आसपासका क्षेत्रबाट करिब ४०० जनालाई सुरक्षित स्थानमा पुर्याइयो।[६]

यो हिमआँधीका कारण कम्तिमा पनि ४३ को ज्यान गयो।[८][९][१०][११] मृतक मध्ये २१ जना अन्नपूर्ण क्षेत्रमा पदयात्राको लागि गएका पदयात्री[१२] र दुई स्लोभाकी पर्वतारोही थिए[६] भने बाँँकी स्थानीय नेपाली गाइड तथा चौंरी गोठालाहरू थिए।[१३] करिब ५० जना बेपत्ता भएको अनुमान गरिएको यस घटनामा १७५ जना हिउँले खाने समस्याले सख्त घाइते भए।[१३][१४]

विकसित घटनाक्रम सम्पादन गर्नुहोस्

स्थानीय प्रशासनले स्थानीय वासिन्दा तथा पर्यटकहरूलाई बिग्रँदो मौसमको खबरदारी नगरेको भन्दै व्यापक आलोचना गरियो।[१४] यद्यपीकेही अधिकारीहरू यस घटनामा परी मृत्यु तथा घाइते हुनेहरू पदयात्राको अनुभव नभएका तथा आवस्यक उपकरणहरू नबोकी हिडेकाहरू भएको विश्वास गर्छन्।[१२][१५] नेपालका प्रधानमन्त्री सुशील कोइरालाले प्रत्येक सेकेन्ड विश्वभरको मौसमी विवरण पाउन सकिने समयमा यस्तो घटना हुनु अत्यन्त दुखदायी भएको बताए। उनले अबका दिनमा खराब मौसमको बारेमा खबरदारी गर्ने प्रक्रियामा सुधार ल्याइने बताए।[१५] नेपालको पर्यटन मन्त्रालयले यस घटनाले आफूलाई पाठ सिकाएको बताउँदै थप संकटकालिन आश्रयस्थल निर्माण, मौसमबारे अध्ययन तथा पूर्वानुमान तथा सञ्चारमा सुधार गर्नु आवस्यक भएको जानकारी दियो।[१२] भविश्यमा यस्ता घटना हुनबाट बच्न पदयात्रीको दर्ता, विभिन्न स्थानमा परीक्षण नाका, जिपिएस खोज प्रणालीसहितको संयन्त्र तथा तालिम प्राप्त स्थानीय पथप्रदर्शकको अनिवार्य प्रयोग आदि प्रक्रियाहरू प्रस्ताव गरिएको छ।[१५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Death toll in Nepal's worst trekking disaster reaches 43", www.reuters.com, Reuters, अन्तिम पहुँच २२ अक्टोबर २०१४ 
  2. २.० २.१ "Nepal Annapurna: Search ends for surviving trekkers", BBC News, १९ अक्टोबर २०१४, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  3. "Nepal Annapurna: Trekking disaster toll reaches 39", BBC News, १८ अक्टोबर २०१४, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  4. "Kiwis trek to safety after deadly Nepal avalanches", The New Zealand Herald 
  5. "The note of desperation that helped saved Nepal trekkers", १८ अक्टोबर २०१४। 
  6. ६.० ६.१ ६.२ ६.३ "Death toll passes 39 as freak snowstorms hit Annapurna region", British Mountaineering Council, १६ अक्टोबर २०१४, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  7. "7 rescued from Tukuche base camp"  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१४ मिति
  8. "Death toll in Nepal's worst trekking disaster reaches 43", www.reuters.com, Reuters, अन्तिम पहुँच २२ अक्टोबर २०१४ 
  9. Sharma, Bhadra; Najar, Nida (१५ अक्टोबर २०१४), "Blizzard and Avalanche Kill at Least 20 Trekkers in Himalayas", The New York Times, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  10. Sharma, Gopal (१५ अक्टोबर २०१४), "Freak Nepal blizzards kill at least 20, including hikers, guides", Reuters, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  11. Kannampilly, Ammu (१५ अक्टोबर २०१४), "Himalayan blizzard, avalanche kill 17 trekkers in Nepal", Yahoo! News, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  12. १२.० १२.१ १२.२ "Nepal tightens up mountain rules in wake of Himalayan hiking disaster", The Guardian, २१ अक्टोबर २०१४, अन्तिम पहुँच २१ अक्टोबर २०१४ 
  13. १३.० १३.१ "Nepal trekking disaster: Britons still 'missing' after severe snow storm", The Telegraph, १९ अक्टोबर २०१४। 
  14. १४.० १४.१ "Nepal blizzard: survivor tells of friends’ deaths on Annapurna circuit", The Guardian, १६ अक्टोबर २०१४। 
  15. १५.० १५.१ १५.२ "Nepal blames ‘cheap tourists’ for falling victim to snowstorm in Himalayas", The Guardian, १७ अक्टोबर २०१४, अन्तिम पहुँच १९ अक्टोबर २०१४