विजय कुमार पाण्डे नेपालका पत्रकार तथा लेखक हुन्। टेलिभिजनबाट पत्रकारिता सुरू गरेका उनले छापा माध्यममा पनि काम गरेका छन्। टेलिभिजन क्षेत्रमा उनले सन् १९८७ मा नेपाल टेलिभिजनमा 'अध्यारो उज्यालो' भन्ने कार्यक्रमबाट शुरुवात गरेका हुन्। उनको निकै लोकप्रिय कार्यक्रम भने 'दिशानिर्देश' हो। विजयकुमार पाण्डेले 'नेपाल' (साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएरपनि काम गरेका थिए। उनी कान्तिपुर दैनिकका स्तम्भ लेखक हुन्। उनले लेखेको संस्मरणात्मक कृति 'खुसी' ले वि.सं. २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।[१]

विजय कुमार पाण्डे
जन्मवैतडि
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाल
शिक्षासाइराकुस विश्वविद्यालय
पेशापत्रकार
लेखक
टेलिभिजन प्रस्तोता
पुरस्कारमदन पुरस्कार
वेबसाइटhttp://vijaypanday.com

जीवनी सम्पादन गर्नुहोस्

विजयकुमार पाण्डेको जन्म बैतडी जिल्लामा भएको हो।

टेलिभिजनमा प्रशारित कार्यक्रम सम्पादन गर्नुहोस्

  • अध्यारो उज्यालो
  • दिशानिर्देश
  • शनिबार विजय कुमारसित
  • मेरो जिन्दगी मेरो विश्वास
  • १२ घटना जसले इतिहास बनाए
  • ठूला भ्रम सत्य साधारण
  • फ्रन्टलाईन
  • चुरो कुरो

कृतिहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्