परिचय
विकिपिडिया लेख-सम्पादन स्वशिक्षा

सम्पादन
कसरी सम्पादन गर्ने

रूपरंग
विकिपिडियाको रूपरंग

सन्दर्भ र स्रोत
सन्दर्भ र स्रोत कसरी थप्ने

वार्तालाप पृष्ठ
विकिपिडियाको वार्तालाप पृष्ठ

ध्यान राख्नुहोस्
विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस।

पंजीकरण
पंजीकरण कसरी गर्ने

जाँदा-जाँदै
अरु कुराहरु

विकिपीडियाको नियम के छ भने "यदि तपाईं कुनै लेखमा जानकारी राख्नुहुन्छ भने त्यसमा आफ्नो स्रोतहरू खुलाउनुहोस्, किनभने असन्दर्भित जानकारीलाई हटाउन सकिन्छ"। सन्दर्भहरूलाई सम्मिलित गर्न तिनलाई लेखाईमा नै सामेल गर्ने अथवा "अनलाइन स्रोत" बनाउनु उपयुक्त हुन्छ। यसबाट कुनै पनि सम्पादक र पाठकले तपाईंद्वारा लेखिएको तथ्यको स्वयं जाँच गर्न सक्दछ। तपाईंले प्रयोग गर्नु भएको स्रोत विश्वसनीय र प्रामाणिक छ भन्ने पक्का गर्नुहोस्। तपाईं स्वयं या कुनै पक्षपाती (या सम्भावित पक्षपाती) संस्था या व्यक्ति द्वारा लेखिएको स्रोत विकिपीडियामा मान्य हुन्छ।

चरण-टिप्पणी

पृष्ठहरूको तल (अर्थात पृष्ठ-चरणमा) नदेखिने टिप्पणीहरूलाई चरण-टिप्पणी भनिन्छ। यस्ता सन्दर्भ तपाईं आफ्नो स्रोतका यता उता "ref"का ट्याग लगाएर सजिलैसित लेख्न सक्नुहुन्छ। जस्तो कि यसरी:

<ref>तपाईंको स्रोत</ref>

यदि तपाईं चरण-टिप्पणी हाल्नुहुँदैछ भने विकिपीडियाका सफ्टवेयरलाई यो बताउनु आवश्यक हुन्छ त्यो लेखका अन्तमा सन्दर्भहरूको सूची बनाउन सकियोस्। यसका लागि, लेखको अन्तमा यी दुइटैमा एक चीज लेख्नुहोस्:

{{reflist}} अथवा <references/>

यसको ठीक माथि ==सन्दर्भ==को शीर्षक हुनुपर्दछ, र यदि यो छैन भने तपाईंले यो पनि लेख्नु पर्नेछ, अथवा यो शीर्षक पनि लेख्नु पर्नेछ र "reflist" या "references" वाला वाक्यांश पनि यो सन्दर्भहरूको सूची "यो पनि हेर्नुहोस्" भएको भागबाट तल र "बाह्य लिङ्कहरू" भएको भाग भन्दा माथि हुनुपर्छ।

जब तपाईं आफ्नो संपादन संग्रह गर्नुहुन्छ "ref" भएका टीका तपाईं स्रोतलाई एक चरण-टिपण्णीमा बदल्नेछ (जो एक सानो संख्या झैं तपाईको लेखाईमा माथि देखिनेछ, बिलकुल यसै गरी[1]) र स्रोतको ठाउँ जो लेखिएको हुनेछ त्यो तल सन्दर्भहरू भएको भागको सूचीमा सम्मिलित हुनेछ।

यदि जो स्रोत तपाईं हाल्नुहुँदैछ त्यो कुनै बाहिरी वेबसाईटका लागि एक लिङ्क छ,भने त्यस वेबसाईटको ठेगाना (URL) एक-एक कोठी ब्रैकेटका बीच त्यसको शीर्षकका साथ हाल्नुहोस्। पढ्नमा यो एक लिङ्क झैं देखिनेछ, जस्तै:

<ref>[http://www.webdunia.com/newslocation.html वेबदुनियामा एक ख़बर]</ref>

हुनत, यो अनिवार्य छैन तर कुनै चरण-टिप्पणीमा URL ठेगाना बाहेक पनि जानकारी दिनु उपयुक्त हुन्छ। यसो गरिएको चरण-टिपण्णी थप जानकारी मूलक हुन्छ।

<ref>खबरका लेखकको नाम, [http://www.webdunia.com/newslocation.html "खबरको शीर्षक"], ''वेबदुनिया'', तिथि</ref>

किनभने वेबसाइटहरूले आफ्नो लिंकहरूमा फेर-बदल गर्न सक्छन, यसका लागि कुनै चरण-टिपण्णीमा बिना शीर्षकका केवल URL ठेगाना नलेख्नु उपयुक्त हुन्छ। यदि पूर्ण जानकरी दिन सकियो भने अन्य संपादक त्यसका नयाँ ठेगाना खोज्नेछन्। यदि केवल URL मात्र छ र त्यो परीवर्तन भए तपाईंको चरण-टिपण्णी बेकार हुनेछ र हटाउनु पर्ने हुन्छ। यो पनि ध्यान राख्नुहोस् कि यो जरूरी छैन कि तपाईंको स्रोत कुनै वेबसाइटकै हुनु पर्छ। यो कुनै छापिएको पुस्तक, पत्रिका, ग्रन्थ या फिल्म पनि हुन सक्दछ। यदि यस्तो छ भने "ref" टीकाहरूका बीच त्यसको बारेमा जानकारी दिनुहोस्, जस्तै:

<ref>ड. सतीश गोयल, ''कैंसर: कारण र निवारण'', पृष्ठ 51-53, डायमण्ड पकेट बुक्स (प्रा.) लि., 2004</ref>

बाह्य लिङ्कहरू

विकिपीडियामा धेरै लेखहरूमा एक "बाह्य लिङ्कहरू" या "बाह्य सूत्र" नामको विभाग पनि हुन्छ। यसमा केहि चुनीएको वेबसाइटहरूका लागि जोड हुनु पर्दछ जहाँ लेखका विषयसित सम्बंधित मनपर्दा र उच्च-कोटिको अधिक जानकारी मिलोस् जो लेखमा पहिला छैन। उदाहरणका लागि:

[http://www.example.com/ औपचारिक वेबसाईट]

जो पढनमा यस्तो देखिनेछ:

औपचारिक वेबसाईट

यहाँ एक लामो सूची हुनहुँदैन र केहि चुनिएका लिङ्कहरू नै भए अति राम्रो। यसमा कुनै पाक्षिक वेबसाईट सित जोडने प्रयत्न नगर्नुहोला। यहाँ कुनै व्यापारिक या निजी फाइदाको वेबसाईटका लागि जोड हाल्नु अति वर्जित छ।

प्रयोगस्थलमा सन्दर्भ बनाउने बेझिझक कोशिश गर्नुहोस