विकिपिडिया:पृष्ठ स्थानान्तरण

विकिपिडियामा कुनै पृष्ठको शीर्षक त्रुटिपूर्ण, भ्रामक वा गलत भएमा वा परिवर्तन गर्नुपर्ने देखिएमा सो पृष्ठलाई सही नाममा पृष्ठ स्थानान्तरण वा पृष्ठ सार्न सकिन्छ। मूल शीर्षकलाई परिवर्तन नगरीकन पनि एउटा पृष्ठलाई कुनै अर्को नामस्थानमा सार्न सकिन्छ। उदाहरणको लागि कुनै प्रयोगकर्ता नामस्थानको मस्यौदा पृष्ठलाई लेख नामस्थानमा सार्न सकिन्छ। नेपाली विकिपिडियामा पृष्ठ सार्नको लागि प्रयोगकर्ता स्वनिर्धारित प्रयोगकर्ता समूहमा हुनुपर्छ तर यदि तपाईँ विकिपिडियामा नयाँ प्रयोगकर्ता हुनुहुन्छ वा स्वनिर्धारित समूहको प्रयोगकर्ता हुनुहुन्न वा स्वनिर्धारित प्रयोगकर्ता भएता पनि पृष्ठ सार्न कुनै प्राविधिक समस्या छ वा पृष्ठ सार्नाले विवाद हुने सम्भावना देख्नुहुन्छ भने पृष्ठ सार्नको लागि अनुरोध गर्न सक्नुहुन्छ। समुदायको आम सहमति भएमा पृष्ठलाई प्रबन्धक वा विशेष अधिकार भएका प्रयोगकर्ताहरूले सार्नेछन्।

फाइल (तस्वीर र मिडिया) सामग्रीहरू प्रबन्धक र फाइल सार्ने प्रयोगकर्ताहरूले मात्रै सार्न सक्छन्। अन्य प्रयोगकर्ताहरूले प्रबन्धकलाई यस्ता सामग्री सार्न अनुरोध गर्न सक्नेछन्।

विकिपिडियाको श्रेणी सार्नु अगावै विशेष ध्यान दिनुपर्छ किनभने श्रेणीले विभिन्न पृष्ठलाई जोडेको हुन्छ र श्रेणी स्थानान्तरण गर्दा सो श्रेणीमा रहेका पृष्ठहरू नयाँ श्रेणीमा स्वत: नजाने भएकोले यसको लागि छलफल गरेर उचित समाधान निकालेर मात्र सार्नुपर्छ।

कुनै पनि पृष्ठको सामग्रीलाई अर्को पृष्ठमा नकल गरी सारेर पृष्ठ सार्ने वा पुन:नामकरण गर्ने नगर्नुहोस्, यसो गर्नाले लेख निर्माणको इतिहास खण्डित हुन्छ। यसको सट्टा कृपया तल दिइएका निर्देशहरूको पालना गर्नुहोस्।

लेख सार्ने कारणहरू सम्पादन गर्नुहोस्

कुनै पृष्ठलाई स्थानान्तरण गर्नको लागि विभिन्न कारणहरू हुन सक्छन्:

  • शीर्षकले विकिपिडियाको लेख शीर्षक नीतिको पालना गरेको छैन्।
  • शीर्षकको हिज्जे त्रुटिपूर्ण छ। (उदाहरण-   सफल भएन संचालन-   सञ्चालन)
  • शीर्षक व्याकरणात्मक रूपमा गलत लेखिएको छ। (जस्तै-   सफल भएन नेपालको प्रधानमन्त्रीहरूको सूची -   नेपालका प्रधानमन्त्रीहरूको सूची)
  • लेखको नाम आधिकारिक रूपले परिवर्तन भइसकेको छ र सामन्यतया सो नाम प्रयोगमा आइसकेको छ।
  • मस्यौदा नामस्थानमा बनाइएको पृष्ठलाई मुख्य नामस्थानमा लैजानुपर्ने भएमा।
  • विदेशी भाषाका शीर्षक, हिज्जे र व्याकरणात्मक दुवै प्रकारले सही लेखिएको लेखलाई स्थानान्तरण गर्नुभन्दा पहिले लेखको वार्ता पृष्ठमा छलफल गरिनुपर्छ।
  • पहिल्यै अवस्थित शीर्षक वा उस्तै नाम भएका अन्य शीर्षकहरू बीच हुन सक्ने अलमल हटाउनको लागि कुनै विशेष परिवर्तन गर्नु पर्ने भएमा।
  • विवरणात्मक शीर्षक भएको लेखको सामग्रीमा थपघट गरिँदा लेखको उद्देश्य वा सामग्री अनुरूप शीर्षक नभएमा।

प्राविधिक हटकहरू सम्पादन गर्नुहोस्

प्राविधिक हटकहरूले शीर्षकमा केही विशेष अक्षरहरूको प्रयोग वा छड्के लेखन ढाँचालाई बन्देज लगाउँदछन्। तसर्थ पृष्ठ सार्नु अगाडि यी सीमाहरूको विशेष ध्यान राख्नुपर्दछ।

छलफल बिना पृष्ठ सार्न सकिने आधारहरू सम्पादन गर्नुहोस्

पृष्ठ शीर्षकको हिज्जे त्रुटिपूर्ण भएमा, सामान्य सुधार आवश्यक भएमा, व्याकरणात्मक रूपमा गलत लेखिएको भएमा त्यस्ता पृष्ठहरूलाई बिना कुनै छलफल सही नाममा स्थानान्तरण गर्न सकिनेछ।

पृष्ठ सार्न अनुरोध कसरी गर्ने सम्पादन गर्नुहोस्

यदि तपाईँ कुनै लेख वा अन्य कुनै पृष्ठको नाम परिवर्तन गर्न चाहनुहुन्छ भने {{requested move/dated|'परिवर्तन गर्नुपर्ने लेखको नाम'}}<br/> [[:'वर्तमान लेखको नाम']] → {{no redirect|' परिवर्तन गर्नुपर्ने लेखको नाम'}} – 'कारण' --~~~~}} ढाँचाको उपयोग सो पृष्ठको वार्ता पृष्ठमा गर्न सक्नुहुन्छ। पृष्ठको नाम परिवर्तन गर्नको लागि तपाईँले सटीक र स्पष्ट कारण दिनुपर्नेछ।

पृष्ठको नाम परिवर्तन गर्नको लागि अनुरोध गरिसकेपछि सो माथि समुदायिक छलफल पछि प्रबन्धक वा अन्य अधिकार प्राप्त प्रयोगकर्ताले छलफलको निष्कर्ष अनुसार निर्णय लिई आवश्यक कार्यवाही गर्नेछन्।

पृष्ठ कसरी सार्ने सम्पादन गर्नुहोस्

पृष्ठ स्थानान्तरण गर्नको लागि इतिहास हेर्ने ट्याबको दाहिने पट्टि थप भन्ने ट्याबको मुनि सार्ने विकल्पलाई छान्नुहोस्। त्यसपछि एउटा पृष्ठ खुल्नेछ जहाँ तपाईँलाई पृष्ठको लागि नयाँ नाम हाल्नुपर्नेछ सँगै स्थानान्तरण गर्नुको कारण दिनुपर्नेछ। नयाँ नाम र कारण दिइसकेपछि पृष्ठ सार्नुहोस् मा क्लिक गर्नुहोस्। स्थानान्तरण सम्पन्न भइसकेपछि स्थानान्तरण सम्पन्न गरिएको जानकारी सहितको पृष्ठ खुल्नेछ।

प्रबन्धक तथा पृष्ठ सार्ने प्रयोगकर्ताको लागि निर्देशनहरू सम्पादन गर्नुहोस्

श्रेणी:पृष्ठ सार्ने अनुरोधहरू पृष्ठलाई आफ्नो अवलोकनसूचीमा जोड्नुहोस्। प्राप्त अनुरोधमाथि टिप्पणी राख्नुहोस् र आवश्यक छलफल पछि पृष्ठलाई स्थानान्तरण गरेर छलफललाई बन्द गर्नुहोस्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्