वानीरा गिरि

नेपाली कवि
(वानिरा गिरीबाट अनुप्रेषित)

वानिरा गिरि (जन्म सन् १९४६, अप्रिल ११ विक्रम सम्वत्: २००३ बैशाख २२ गते)[१][२] नेपाली साहित्यकार हुन्।[३] उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि हुन्।[४][५][६][७]

वानिरा गिरि
वानिरा गिरि
जन्म(१९४६-०४-११)अप्रिल ११, १९४६
खर्साङ, दार्जिलिङ
मृत्यु२३ मे २०२१(2021-05-23) (उमेर ७५)
काठमाडौँ
राष्ट्रियतानेपाली
शिक्षाविद्यावारिधि (नेपाली साहित्य)
पेशाशिक्षण, लेखन
चिनारीको कारणकविता, उपन्यास
उल्लेखनीय कार्य
कारागार, एउटा जिउँदो जङ्गबहादुर, मेरो आविष्कार
गृहनगरकाठमाडौँ
जीवनसाथीशङ्कर गिरी
सन्तानअपूर्ण गिरि, अपराजिता गिरि
मातापिताइन्द्रराज गिरि, जानकीदेवी
पुरस्काररत्नश्री स्वर्ण पदक
गोरखा दक्षिण बाहु चौथा
लोकप्रिया देवी पुरस्कार-२०४८
साझा पुरस्कार - २०५६
महाकवि देवकोटा पुरस्कार - २०७३

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

वानिराको जन्म भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङमा भएको थियो। उनको पिताको नाम इन्द्रराज गिरि र माताको नाम जानकीदेवी हो। आफ्नो परिवारको ६ जना सन्तानहरू मध्ये उनी सबैभन्दा कान्छी थिइन्। उनको वालयकालको नाम सत्यदेवी थियो। सात वर्को कलिलो उमेरमै उनकी आमाको देहान्त भएको थियो। उनले पिताको इक्षा अनुरूप विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह पढेकी हुन्।[३]

 
मिति ९ मङ्सिर, २०६४ मा राष्ट्रिय नाचघर जमल काठमाडौँमा साझा प्रकाशनले आयोजना गरेको वृहत् पुस्तक प्रदर्शनीमा कवि दिनेश अधिकारीका साथमा वानिरा गिरि

शिक्षा तथा कार्य जीवन सम्पादन गर्नुहोस्

चार वर्षर्कै उमेरदेखि नेपाली वर्णमाला पढ्न थालेकी वानिरा गिरीले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरेकी हुन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भई सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन्। स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा काठमाडौँ आएकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तर र त्यसपछि विद्यावारिधी पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि गोपाल प्रसाद रिमालको काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।[३][६]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

काठमाडौँ आएपछि उनको परिचय शङ्कर गिरिसँग भयो र अन्तत: वि.सं. २०२३ सालमा गिरिसँग उनी वैवाहिक जीवनमा बाँधिन पुगिन्। यिनीहरूको एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन्।[३]

मृत्यु सम्पादन गर्नुहोस्

वरिष्ठ साहित्यकार तथा लेखक डा वानिरा गिरिको निधन ७५ वर्षको उमेरमा वि.सं.२०७८ साल जेष्ठ ९ गते आइतबार राति १० बजे नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भएको हो। झण्डै ३ वर्षदेखि अल्जाइमर्स रोगबाट ग्रसित वानीरालाई मृत्युको ३ साताअघि कोरोना पोजिटिभ देखिएको थियो।[७][८][९]

लेखन एवम मुख्य कृतिहरू सम्पादन गर्नुहोस्

कविता सङ्ग्रह सम्पादन गर्नुहोस्

  • एउटा जिउँदो जङ्गबहादुर
  • जीवन: थामहरू - २०३४
  • शब्दातीत शान्तनु - २०५६
  • काठमाडौँं काठमाडौँं

उपन्यास सम्पादन गर्नुहोस्

  • कारागार - २०३५[१०]
  • निर्बन्ध - २०४४

आत्मकथा सम्पादन गर्नुहोस्

  • मेरो आविष्कार - २०४१

यात्रा संस्मरण सम्पादन गर्नुहोस्

  • रोकिनेले आकार दिन सक्दैन

निबन्ध सम्पादन गर्नुहोस्

  • पर्वतको अर्को नाम पार्वती
  • जङ्गल जङ्गल

पुरस्कार/मान-सम्मान/पदक सम्पादन गर्नुहोस्

  • रत्नश्री स्वर्ण पदक
  • गोरखा दक्षिणबाहु चौथा
  • लोकप्रिया देवी पुरस्कार-२०४८
  • साझा पुरस्कार - २०५६
  • नेपाली साहित्यका विश्व नारी रत्न - [११][१२][१३]
  • महाकवि देवकोटा पुरस्कार - २०७३[१४][१५][१६][१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Banira Giri - Nepali poet: The South Asian Literary Recordings Project (Library of Congress New Delhi Office)", Loc.gov, जनवरी ११, २०१६, अन्तिम पहुँच २०१८-०४-१५ 
  2. "वानिरा गिरी : नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, Saturday, फेब्रुअरी २, २००८, अन्तिम पहुँच २०१८-०४-१५ 
  3. ३.० ३.१ ३.२ ३.३ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानिरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरुङ – पद्मावती सिंह – उषा ठाकुर–", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-१५ 
  4. "Banira Giri: Nepal", Poetry International Web, अन्तिम पहुँच २०१८-०४८-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१५ मिति
  5. "जसले पहिलो बनेर इतिहास रचे ! नेपालका ४४ महिलाको सूची", arthadainik.com, मङ्गलबार, असार २८, २०७३ साल, अन्तिम पहुँच २०१८-०४-१५ 
  6. ६.० ६.१ "Banira Giri (b. 1946)", Himalayan Voices, १९९१, अन्तिम पहुँच २०१८-०४-१५ 
  7. ७.० ७.१ "रहिनन् वरिष्ठ साहित्यकार वानिरा गिरी", sajhapost.com, साझापोष्ट, जेष्ठ १०, २०७८, अन्तिम पहुँच २०२१-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-२४ मिति
  8. "अग्रज लेखिका डा. बानिरा गिरिको निधन", deshsanchar.com, देशसञ्चार, जेष्ठ १०, २०७८, अन्तिम पहुँच २०२१-०४-२४ 
  9. "'कारागार'बाट निस्किइन् वानीरा", ekagaj.com, ईकागज, जेष्ठ १०, २०७८, अन्तिम पहुँच २०२१-०४-२४ 
  10. "कारागार", madanpuraskar.org, अन्तिम पहुँच २०१८-०४-१५ 
  11. "" डा गिरीलाई रु पाँच लाख पुरस्कार : विश्व नारी साहित्य सम्मेलन जेठमा हुने"", khabar.jp, अप्रिल ८, २०१४, अन्तिम पहुँच २०१८-०४-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१७ मिति
  12. ""पाँच लाखको पुरस्कार वानिरा गिरीलाई "", nagariknews.com, नागरिक, मङ्गलबार २५ चैत, २०७०, अन्तिम पहुँच २०१८-०४-१५ [dead link]
  13. "विश्व नारी साहित्य सम्मेलन जेठमा, वानिरा गिरीलाई पाँच लाखको पुरस्कार", news.sahityasansar.com, अन्तिम पहुँच २०१८-०४-१६ 
  14. "देवकोटा पुरस्कारका लागि पाँच स्रष्टा छनोट", nigarani.com, निगरानी, २०१६-१२-१४, अन्तिम पहुँच २०१८-०४-१५ [dead link]
  15. "एक लाख रूपैयाँको देवकोटा पुरस्कार पाउने पाँच स्रष्टा छानिए", nepalkhabar.com, नेपालखबर, २९ मङ्सिर २०७३, बुधबार, अन्तिम पहुँच २०१८-०४-१५ [dead link]
  16. "प्रेस विज्ञप्ति - महाकवि देवकोटा पुरस्कार - वि.सं. २०७३", tourism.gov.np, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, २०७३।८।२७, अन्तिम पहुँच २०१८-०४-१५ 
  17. "यी हुन् यस वर्षको महाकवि देवकोटा पुरस्कार पाउनेहरू", onlinekhabar.com, २०७३ मङ्सिर २९ गते, अन्तिम पहुँच २०१८-०४-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्