लोचावा (तिब्बती: ལོ་ཙཱ་བ།, वयली: lo tsA ba) भनेको तिब्बती अनुवादकहरूको शीर्षकमा प्रयोग गर्ने तिब्बती शब्द हो जसको अर्थ अनुवादक भन्ने बुझिन्छ। भारतीय विद्वान वा पण्डितहरू सँग मिलेर बौद्ध ग्रन्थहरूलाई संस्कृत, चिनियाँ र अन्य एसियाली भाषाहरूबाट तिब्बती भाषामा अनुवादको काम गर्ने प्रख्यात अनुवादक लोचावा पगोर वैरोचन, लोचावा ज्ञानसुत्र,[१] लोचावा युड्रञिङपो,[२] लोचावा रिन्छेन जाङ्पो, मारपा लोचावा इत्यादि तिब्बती ऐतिहासिक विद्वान् लोचावा अथवा अनुवादकको उदहारण हुन्। तिब्बतीमा लोचावा भन्ने शब्द "द्विभाषी" र "लोक चक्षु"[३] लाई लाग्ने संस्कृतको "लोच्छाव" शब्दबाट अपभ्रंश भएर बनेको मानिन्छ। यो शब्द तिब्बती बौद्ध पदहरूलाई अनुवाद गर्ने आधुनिक समयका अनुवादकहरूको शीर्षकमा पनि प्रयोग गरिएको छ।

लोचावा युड्रञिङपो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rhaldi, Sherab (undated). 'Ye-Shes-sDe; Tibetan Scholar and Saint'. Tibetan & Himalayan Digital Library. Source: [१][dead link] (accessed: Wednesday April 1, 2009)
  2. Mindrolling International (2010). "The History of Mindrolling: Part III". Source: [२] वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-१३ मिति (accessed: Thursday April 15, 2010)
  3. संस्कृत-तिब्बती शब्दकोश (सम्बोद कदञिस् शनज्यार सेर्ग्यी ठ्रेङ्जेस्) पृष्ठ नं ७६८ | सन् १९९६ जुन ६ मा कंसु मिरिग छापाखाना द्वारा प्रकाशित

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्