लिटिल मिक्स सन् २०११ को बेलायती संस्करणको वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर"मा बनेको एक युवती साङ्गीतिक समूह हो। पहिलोपटक प्रतियोगिता जित्ने यो पहिलो समूह पनि हो।[१] उनीहरूको जित पश्चात्, समूहले साइमन कावलको रेकर्ड लेबल साइको सङ्गीतसँग हस्ताक्षर गरेका थिए र विजेताको रूपमा डामिएन राइसको "क्याननबल" नामक गीतको वैकल्पिक संस्करण जारी गरेका थिए।[२] समूह तिनीहरूको बलियो आवाज र लयका लागि प्रख्यात छन्। उनीहरूको महिला सशक्तीकरण र एकताका लागि प्रस्तुतिकरणलाई रूचाइएको छ। [३] सफल मानिएको यस युवती साङ्गीतिक समूहमा जेड थ्रिलवाल, पेरी एड्वड्स, लेइघ एनी पिन्नोक र जेसी नेलसन गरी चार जना रहेका छन्।

लिटिल मिक्स
नोभेम्बर २०१७ मा, लिटिल मिक्स उनीहरूको द ग्लोरी डेज भ्रमणको बेलामा स्कटल्यान्डमा प्रस्तुति दिँदै
बायाँ देखि दायाँ सम्म: जेड थ्रिलवाल, जेसी नेलसन, पेरी एड्वड्स र लेइघ एनी पिन्नोक
व्यक्तिगत विवरण
उत्पत्तिलन्डन, इङ्ल्यान्ड
विधा
सक्रिय वर्षसन् २०११–हाल
लेबल
सहयोगीकामिले
वेबसाइटlittle-mix.com
सदस्यहरू
  • जेसी नेलसन
  • लेइघ एनी पिन्नक
  • जेड थ्रिलवाल
  • पेरी एड्वड्स

लिटिल मिक्सले उनीहरूको पहिलो गिती सङ्गालो डिएनएलाई सन् २०१२ मा जारी गरेका थिए जसले १० वटा देशहरूमा सहित बेलायत र अमेरिकामा शीर्ष १० मा पुग्न सफल भएको थियो।[४] समूहले स्पाइस गल्सको पहिलाको किर्तिमानी पनि भङ्ग गरेको थियो। समूहको दोस्रो गिती सङ्गालो सालुट (सन् २०१३), दुबै बेलायत र अमेरिकाको चार्टमा शीर्ष १० मा पर्न सफल दोस्रो गिती सङ्गालो बनेको थियो।[५] उनीहरूको तेस्रो गिती सङ्गालो गेट वियर्ड सन् २०१५ मा जारी गरिएको थियो र यसले बेलायतमा दोहोरो प्लाटिनम प्रमाणपत्र प्राप्त गरेको थियो। उनीहरूको चौथो गिती सङ्गालो ग्लोरी डेज (सन् २०१६) बेलायती चार्टमा शीर्ष स्थानमा पर्न सफल भएको थियो भने यसले सबैभन्दा लामो समयसम्म शीर्ष स्थानमै रहन सफल भएको थियो।[६] उक्त गिती सङ्गालोलाई बेलायती ध्वन्यात्मक उद्योगले तेब्बर प्लाटिनम प्रमाणित गरेको थियो र यो उक्त दशकको सबैभन्दा बढी बिक्री भएको प्रस्तुति थियो जसमा यसले बेलायतीमा मात्रै १० लाख प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।[७] बेलायतमा, समूहका चारवटा गीतहरू शीर्ष स्थानमा परेका छन् जसमा "विङ्स", "ब्ल्याक म्याजिक" र "शट आउट टु माइ एक्स" समावेश छन्।उनीहरूको पाँचौँ गिती सङ्गालो एलएम५ सन् २०१८ मा, जारी गरिएको थियो भने यसले राम्रो समीक्षा प्राप्त गर्नुका साथसाथै स्वर्ण प्रमाणपत्र पनि प्राप्त गरेको थियो।[८] समूहले हाल सम्म ५ करोड भन्दा बढी सामग्रीहरू बिक्री गरिसकेको छ जसले गर्दा यसलाई सर्वाधिक बिक्री गराउन सफल साङ्गीतिक समूहको रूपमा पनि लिइन्छ।[९]

पुरस्कारको कुरा गर्दा समूहले "शट आउट टु माइ एक्स"का लागि सन् २०१७ को ब्रिट पुरस्कार प्राप्त गरेको थियो र यसले "वुमन लाइक मी"बाट सन् २०१९ को ब्रिट पुरस्कारमा, बेलायती श्रव्य दृश्य पुरस्कार प्राप्त गरेको थियो।[१०] उनीहरूले हालसम्म विभिन्न पुरस्कारहरूका लागि नामकरण प्राप्त गरेका छन् जसमा ३ पटक एकटिभी युरोप सङ्गीत पुरस्कार, २ वटा टिन च्वाइस पुरस्कार, ५ वटा ग्लोबल पुरस्कार, २ वटा ग्लामर पुरस्कार र ९ वटा बेलायती पुरस्कार समावेश छन्।[११] उनीहरूको ग्लोरी डेज र गेट वियर्ड भ्रमण सबै समयको युवती साङ्गीतिक समूहको लागि क्रमशः पाँचौँ र आठौँ सर्वाधिक कमाई गर्ने भ्रमण हो।[१२] अगस्ट २०१८ सम्ममा, समूहले बेलायतमा चार प्लाटिनम प्रमाणित गिती सङ्गालो र सोह्र प्रमाणित एकल गीतहरू हासिल गरेको थियो। लिटिल मिक्स डेब्रेटको सन् २०१७ को सूचीमा बेलायतमा सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा देखा परेका थिए र सन् २०१७ पछि लगातार तीन वर्षसम्म धनी व्यक्तिहरूको सूचीमा पनि सूचीकृत छन्।[१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. आबाद सान्तोस, एलेक्स (२०२०-०४-०१), "Little Mix is the best girl group in the world. It’s time America gave them a listen.", भोक्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१७ 
  2. "Debrett's 500 List: Music"। द टेलिग्राफ। २१ जनवरी २०१७। 
  3. "लिटिल मिक्स"आइटिभी (द एक्स फ्याक्टर संस्करण)। २०११। सङ्ग्रह मिति २१ डिसेम्बर २०११ 
  4. "Simon Cowell Congratulates Little Mix After DNA Beats Spice Girls' Record Stateside", द हफिङ्टन पोस्ट, ५ जुन २०१३। 
  5. "लिटिल मिक्स – चार्ट इतिहास – बिलबोर्ड" 
  6. "प्रमाणित पुरस्कार" (enter "Little Mix" into the "Keywords" box, then select "Search")। बेलायत सङ्गीत उद्योग। सङ्ग्रह मिति १८ जुलाई २०१४ 
  7. "The Official Top 40 Biggest Albums of 2015 revealed" 
  8. "Little Mix's Glory Days is the millennium's longest reigning girl group Number 1", अन्तिम पहुँच ३० मे २०१७ 
  9. कर्नर, लुई (२०१६-०५-१७)। "Little Mix claim biggest UK arena tour of 2016 so far"डिजिटल स्पाई (बेलायती अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०४-१७ 
  10. "Little Mix’s ‘Glory Days’ Named The Biggest Selling Girl Group Album Of The Millennium", इनकुइस्टर, अन्तिम पहुँच २०२०-०४-२३ 
  11. स्ट्रग, फियोना (१५ जुन २०१९)। "'Little Mix: 'How dare they accuse us of trying to be sexual!'"द इन्डिपेन्डेन्ट। सङ्ग्रह मिति २१ जुलाई २०१९ 
  12. "The 10 Highest Grossing Girl Group Concert Tours Of All Time", सेलेबमिक्स (बेलायती अङ्ग्रेजीमा), २०१६-१०-०९, अन्तिम पहुँच २०२०-०४-१७ 
  13. टाइम्स, द सन्डे, "The Young Rich List 2019: Ed Sheeran, Little Mix and Raheem Sterling" (अङ्ग्रेजीमा), आइएसएसएन 0140-0460, अन्तिम पहुँच २०२०-०४-१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्