लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामकुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका हुन्छन ।कतिपए प्रजातिका लामखुट्टेहरू त आफैमा विषालु पनि हुन्छन ।

लामखुट्टे
सामयिक शृङ्खला: 226–0 Ma Jurassic – Recent
Female Culiseta longiareolata
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
उपगण:
उपगण:
अधिकुल:
कुल:
Culicidae

Meigen, 1818 [१]
Subfamilies
विविधता
41 genera

लामखुट्टे भगाउने सजिलो घरेलू तरिका सम्पादन गर्नुहोस्

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईँलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

  • हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि लामखुट्टे भगाउन सकिन्छ ।
  • पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ ।
  • हाम्रो बगैंचामा प्रायजसो सयपत्री फूल फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौसी तथा बैठक कोठामा पनि सयपत्री फूललाई सजावटका लागि राखेका हुन्छन् । सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।
  • कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिएपछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउन सकिन्छ ।
  • सर्स्यूँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
  • नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।
  • कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।
  • लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउन समेत सकिन्छ ।
  • मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलाएको लालटिनलाई बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।[२]

लामखुट्टे भगाउन धूप बाल्नुहुन्छ ? सम्पादन गर्नुहोस्

लामखुट्टे भगाउनको लागि मानिसहरूले अनेक उपाय लगाउने गर्छन् । हुन पनि हो लामखुट्टेको टोकाइबाट कयौं सुरुवा रोगहरु लाग्ने गर्छन् । सोही रोगहरूबाट बच्न लामखुट्टे भगाउन मानिसहरूले अनेक उपायहरु लगाउने गर्छन् । अझै कतिपयहरु धूप बालेर लामखुट्टे भगाउने गर्छन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ । लामखुट्टे भगाउने धूपमा भएको रेपेलेन्टले मानिसको स्वास्थ्यमा हानि गर्छ । दैनिक सात घन्टाभन्दा लामो समय यस्तो धूपमा बस्दा श्वासप्रश्वासका माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । त्यसैले लामखुट्टेबाट बच्ने सबैभन्दा गतिलो उपाय हो झुलमा सुत्ने । साथै सस्र्यूं या नीमको तेल बाल्ने, कोठामा कपुर जलाउने, लेमन ग्रासको पात जलाएर पनि लामखुट्टे भगाउन सकिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Harbach, Ralph (नोभेम्बर २, २००८), "Family Culicidae Meigen, 1818", Mosquito Taxonomic Inventory 
  2. https://www.hamrodoctornews.com/detail/5228

बाह्य कडीहरू सम्पादन गर्नुहोस्