लाजिम्पाट काठमाडौँको एक आवासिय क्षेत्र हो । दुईसय वर्षअघिको 'पाँडेथली' आज लाजिम्पाटको नामले सुप्रसिद्ध छ। थापाहरू बस्ने क्षेत्रलाई 'थापाथली' भने झैं त्यस इलाकामा केही पाँडेहरू बसोबास गर्ने हुनाले त्यसलाई पाँडेथली या पाँडेगाउँ भनिन्थ्यो ।[१] यो नारायणहिटी राजदरबारको नजिक छ र विभिन्न होटल, दुतावासको अवस्थितिले परिचित छ । लाजिम्पाट दरबार यही रहेको छ जुन अहिले होटल शंकरमा परिणत भएको छ ।  

लाजिम्पाट
लाजिमपट
राजपत्तन
नगर
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा९,४८१
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
लाजिम्पाट दरबार, अहिले होटल शङ्कर हो

लाजिम्पाटको एक सिमा ठमेलसँग जोडिएको छ भने अर्को तिर प्रधानमन्त्रि, प्रधानन्यायधिश र सभामुखको आवास रहेको बालुवाटार क्षेत्र छ ।

नामाकारण सम्पादन गर्नुहोस्

सत्यमोहन जोशीको राय सम्पादन गर्नुहोस्

संस्कृतको ‘राजपत्तन’ (राजधानी) अपभ्रंश भएर लाजिम्पाट भएको हो ।

डा. प्रेम सिंह बस्न्यातको राय सम्पादन गर्नुहोस्

लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो। ‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो। किरातकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो ।

डा. महेशराज पन्तको राय सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्