रेडियो स्टुडियो ५४ नेटवर्क

रेडियो स्टुडियो ५४ नेटवर्क, वा स्टुडियो ५४ नेटवर्क लोक्रि, क्यालाब्रिया मा अवस्थित एक इटालियन निजि रेडियो स्टेशन हो । स्टुडियो ५४ नेटवर्कले दक्षिणी इटालीका पाँच क्षेत्रहरूका नौ प्रान्तहरू (मेस्सिना,रेजिओ क्यालाब्रिया, भिबो भ्यालेन्सिया, क्याटान्जारो, कोसेन्जा, क्रोटोन, लेसे, पोटेन्जासालेन्रो)बाट कार्यक्रमहरू प्रसारण गर्छ । साथै यसले इन्टरनेट स्ट्रिमिङ्गको माध्यमबाट विश्व भरी प्रसारण गर्छ ।

रेडियो स्टुडियो ५४ नेटवर्क
अनुमति प्राप्तलोक्रि, क्यालाब्रिया
प्रशारणFM frequencies in Italy (Calabria, Sicily and Apulia) and internet streaming worldwide
नारा"il bello della musica è che quando ti colpisce non senti dolore" (बब मार्ली)
आवृत्तिFM 101.8, 102.9, 106.4MHz a Reggio Calabria Jonica
102, 105.7, 106.3 MHz Reggio Calabria Tirreno, Vibo Valentia, Lamezia Terme
106.5 Crotone, Cosenza Tirreno
95.8, 96.2 MHz Cosenza, Rende, Savuto
Crotone 106.5 MHz
95.8 MHZ Sibaritide, Rossano, Corigliano
93.5 MHz Castrovillari
106.5 MHz Messina
106.3 Mhz Lecce
पहिलो प्रसारण६ जुन १९८५ (1985-06-06)
प्रशारण हुने भाषाइटालियन
शेयर700 000
निर्देशाङ्क३८°१४′००″N १६°१६′००″E / ३८.२३३३३३°N १६.२६६६६७°E / 38.233333; 16.266667निर्देशाङ्कहरू: ३८°१४′००″N १६°१६′००″E / ३८.२३३३३३°N १६.२६६६६७°E / 38.233333; 16.266667
स्वामित्वफ्रान्सेस्को मासरा
वेब प्रसारणStudio 54 Network
वेबसाइटwww.studio54network.it

इतिहास सम्पादन गर्नुहोस्

स्टुडियो ५४ नेटवर्कको स्थापना ६ जुन १९८५ मा फ्रान्सेस्को मासरा र पिट्रो प्यारेट्टाले एन्जो गाटो, मेमो मिनिटी तथा पियट्रो मस्मेसीसँग मिलेर रेडियो डिजे स्टुडियो क्लब ५४ नाम राखी लोक्रिमा स्थापना गरेका थिए । स्टुडियो ५४ नेटवर्कको कार्यालय लोक्रिमा भिया डन भिट्टोरियो १४८ मा अवस्थित छ । यसको नारा इटालेली: Il bello della musica è che quando ti colpisce non senti dolore, गायक बब मार्लीको चर्चित भनाई "संगितको एउटा राम्रो पक्ष भनेको, जब यसले तिमीलाई छुन्छ तिमीलाई कुनै दुख हुदैन (अङ्ग्रेजी: One good thing about music, when it hits you, you feel no pain.)" को इटालियन अनुवाद हो ।

१९९८ मा यसको नाम परिवर्तन गरेर "स्टुडियो ५४ नेटवर्क" राखियो ।

कार्यक्रमहरू सम्पादन गर्नुहोस्

  • ५४ समाचार, information in real time, ०७:०० देखी २१:०० सम्म, प्रत्येक घण्टा
  • Soundtracks - il cinema alla radio, ०८:४०, १५:१० र २३:०० मा
  • Promodisco, १२:४०, १७:४० र १९:४० मा
  • History Time with Luciano Procopio, १३:३०, २३:३० र ०५:१० मा
  • Area ५४ - All days, १४:३० र २१:३० मा
  • Pezzi da ९०, २२:०० मा
  • Rock Italia, ०८:४०, ०९:४५, २१:२० र २३:४५ मा
  • Italia in Prima Pagina, information and in-depth analysis, ०६:०० देखी १०:०० सम्म
  • Rock Collection, १४:०० र २१:०० मा
  • ५४ Disco Hit, ०७:३०, १३:००, १८:०० र २२:०० मा
  • Rock a Mezzanotte, मध्यरात पछि
  • Action Parade, ०९:४५ र २२:२० मा
  • The Ultimate Ipod Collection, १०:२० र ०२:२० मा
  • Edizione Limitata, २०:४० र ०३:४० मा
  • Concerto Impossibile, ०३:२० र २०:४०
  • Emozioni, २३:३० देखी
  • Dejà vu, १२:३० देखी
  • Celebrity, १०:१० र २१:३० मा
  • Storie, १४:०० र १८:४० मा

कर्मचारीहरू सम्पादन गर्नुहोस्

  • संचालक: फ्रान्सेस्को मासरा
  • ध्वनी प्राविधिकहरू: Giuseppe Romeo, Mimmo De Marco, Piero Fiumanò, Vincenzo Macrì
  • प्रश्तोताहरू: रोसेला लफेस, एलेक्स अल्बानो, एन्जो डिसिएरा, पाउलो सिया, डेमेट्रियो मल्गेरी, मारिका टोर्सिभिया, फ्रान्को सिलियानो, मारा रेसिसी, लुइजी डी डेको
  • संगित संयोजकहरू: Francesco D'Augello, Daniela Panetta [१]

स्टुडियो ५४ प्रत्यक्ष प्रसारण सम्पादन गर्नुहोस्

स्टुडियो ५४ नेटवर्कले २००बाट प्रत्यक्ष प्रसारण सुरु गर्यो । यसको प्रत्यक्ष प्रसारणको यात्रामा विशेष अथितीको उपस्थितिमा विभिन्न सांगीतिक कार्यक्रम, नृत्य, खेल तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिन्छ ।

स्टुडियो ५४ एन्जल्स सम्पादन गर्नुहोस्

 
स्टुडियो ५४ एन्जल्स

५४ एन्जल्स यस स्टेसनकाको बाहिरी कार्यक्रमहरूमा सहयोग गर्नको लागि प्रयोग गरिने तथा जीपमा यात्रा गर्ने "फ्रन्ट गर्ल" हुन । यिनीहरू परिवर्तित भईरहने गर्छन । २०१० देखी यिनीहरू गैर-स्टुडियो ५४ कार्यक्रममा पनि मनोरन्जनकर्ताको रूपमा देखा पर्न लागे ।

स्टुडियो ५४ स्टारगेट सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Bumbaca, Domenica (26 April 2012). "A Locri (RC) 1° maggio all'insegna della musica". Ntà Calabria.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्