रानी रत्न राज्यलक्ष्मी देवी शाह

रत्न राज्य लक्ष्मी देवी शाह (जन्म १९८५ भदौ ०४ गते) २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन्। उनी राजा महेन्द्र वीर विक्रम शाह (१९२०–१९७२) को दोश्रो पत्नी थिइन्। काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।

रानी रत्न
रानी रत्न १९६७ मा
बडा महारानी
शासनकाल२०११-२०२८
राज्याभिषेकवि.सं २०१३ बैशाख २०
पूर्वाधिकारीकान्ति राज्य लक्ष्मी
ईश्वरी राज्यलक्ष्मी देवी शाह
उत्तराधिकारीऐश्वर्य राज्य लक्ष्मी
जन्म१९८५ भदौ ०४
हरि भवन
जीवनसाथीमहेन्द्र वीर विक्रम शाह
नाम
रत्न राज्य लक्ष्मी देवी शाह
घरानाराणा वंश (जन्मे सँगै)
शाह वंश (बिवाहा सँगै )
बाबुहरि शमशेर जंगबहादुर राणा
आमामेघ कुमारी राज्य लक्ष्मी देवी
धर्महिन्दु
नेदरल्याण्ड्समा २५ अप्रिल १९६७ राजकुमार Bernhardसंग रानी रत्न

जीवन सम्पादन गर्नुहोस्

रत्नको दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो तर १८ भदौ ००७ मा इन्द्रको[१]मृत्यु भयो। दुई वर्ष पछि, रत्नले महेन्द्रसँग विवाह गरे । [२] विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्।[३] महेन्द्रको पहिले नै इन्द्रबाट , तीन छोरा र तीन छोरी पैदा भएका थिए। महेन्द्रका बुबा राजा त्रिभुवन २०११ मा मृत्यु भएपछि युवराज महेन्द्र राजा र उनी रानी भए।

२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बङ्गला राजा महेन्द्रको मृत्यु भयो । उनका जेठा छोरा, युवराज बिरेन्द्र राजा भए [४] र रत्न मुमामहरानी भए। रत्न अर्थ "गहना" हुन्छ .[५]

२०५८ जेठ १९ को रात जब दरवार हत्याकाण्ड भयो - मुमा बडामहारानी देवरानी राजकुमारी हेलेन शाह सँग  बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए। दुई महिलाले गोलीबारी सुने तर यसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, अधिराजकुमार पारस आए र युवराज दिपेन्द्रले राजा बिरेन्द्र सहित सबैलाई गोलि प्रहार गरेको कुरा बताए। [६]

संविधान सभा निर्वाचन २०६४  पछी नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । [७] राजपरिवारको सबै सदस्यहरु  नारायणहिटी दरवार, छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई  महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो ।[८]

 
राजा महेन्द्र र रानी रत्न राज्य लक्ष्मी देवी शाह आफ्नो राज्यभिषेक मा 2 मे 1956.

प्रशस्ति सम्पादन गर्नुहोस्

स्वस्तिश्रि ओजस्विराजन्य महा गौरवमय तेजस्वी त्रिभुवन प्रजातन्त्र श्रीपद मह उज्ज्वल किर्तिमय नेपाल श्रीषद श्री श्री श्री श्री श्रीमन्महारजधिराज पट्ट राज्ञी बडा महारानी रत्न राज्य लक्ष्मी शाह सदा सौभाग्यवती नाम् । [९]

उपाधी सम्पादन गर्नुहोस्

  • १९८५-२००८: रत्न राज्य लक्ष्मी देवी
  • २००८-२०११: श्री ५ युवराज्ञी
  • २०११-२०२८: श्री ५ बडामहारानी
  • २०२८-२०५८: श्री ५ मुमा बडामहारानी
  • १९-२३ जेठ २०५८:
  • २३ जेठ २०५८-२०६५: श्री ५ मुमा बडामहारानी
  • २०६५– वर्तमान: श्री ५ मुमा बडामहारानी (titular)

सम्मान सम्पादन गर्नुहोस्

राष्ट्रिय सम्मान सम्पादन गर्नुहोस्

  • नेपाल प्रताप भास्कर (वि.सं २०२३ पौष १०).
  • ओजस्वी राज्य [१०]
  • त्रिभुवन प्रजातन्त्र श्रीपद, पहिलो श्रेणी (वि.सं २०१३ बैशाख २० )
  • नेपाल श्रीपद, पहिलो श्रेणी (वि.सं २०१९ पौष १ )
  • ॐ राम पट्ट पहिलो श्रेणी [११]
  • अति सुविख्यात सेवालंकार
  • राजा महेन्द्र राज्याभिषेक पदक
  • राजा बिरेन्द्र राज्याभिषेक पदक
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत जयन्ति पदक
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक

नामंकित स्मारक तथा भवन सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. हरिशमशेरको त्यो पूर्वघोषणा वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०३ मिति
  2. Royal Ark
  3. Jane Wilson-Howarth (२०१२), A Glimpse of Eternal Snows: a journey of love and loss in the Himalayas, Bradt Travel Guides, UK, पृ: 390, आइएसबिएन 978-1-84162-435-8, एसएसआइएन B009S7FHU4 
  4. Swift, Dusty (२०११-०५-१०), Illusions of Enlightenment: A Story about a Peace Corps Volunteer in Nepal and His Discovery of the Buddhist Teachings (अङ्ग्रेजीमा), iUniverse, आइएसबिएन 9781450290654 
  5. Baby girl names वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२७ मिति
  6. Himalaya
  7. "South Asia | Vote to abolish Nepal's monarchy", BBC News, २८ डिसेम्बर २००७, अन्तिम पहुँच १४ जनवरी २०१३ 
  8. Indian Express
  9. नेपाल राजपत्र पौष २० गते २०२३ साल
  10. Omsa.org
  11. Getty Images वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-०९ मिति