राजवंशी जाति

पान्थाभात ( पान्ताभाता) सामान्यतया रातीको भातलाई आवश्यक पानी हाली बिहानको समयमा नुन, काॅचो खुर्

राजवंशी झापा र मोरङ्ग जिल्लाको आदिवासी जनजाति हो । नेपाल सरकारले राजवंशी लाई सिमान्तकृतको रुपमा जातिको वर्गिकरण गरेर राखेको छ । राजवंशी जातिको छुट्टै आफ्नो भाषा हुन्छ । राजवंशी भाषालाई ताजपुरिया भाषा भनेर पनि चिनिन्छ । राजवंशी जातिको मुख्य वासस्थान झापा र मोरङ्ग भनिए पनि हाल दाङ, बाके, वर्दिया, तनहुँ तिर पनि प्रशस्त मात्रामा पाउन थालिएको छ । तर त्यहाँतिरको राजवंशीहरुले राजवंशी भाषा बोलेको पाइदैन । हाम्रो मुख्य चाड सिरुवा पर्व,ददिकाधो पर्व, फगुवा पर्व र तिहार हो । वडादशै चाडपर्व राजवंशीले मान्दैन । तर हाल दशैमा सौखिनको रुपमा टीका थाप्ने गरेको पाइन्छ तर दशै राजवंशीको चाड होइन । दशैको समयमा मासु भात खाने, पुजा गर्ने गरिन्छ, इष्टमित्र भेट्ने गरिन्छ तर राजवंशीहरुको अरु पर्व भन्दा वडादशै भन्दा निकै भव्य मानिन्छ र गरिन्छ पनि त्यही भएर वडा दशै राजवंशीको पर्वको रुपमा मान्न सकिँदैन । धेरैको मनमा आउन सक्छ कि राजवंशी र ताजपुरिया एउटै होर ? हजुर, राजवंशी र ताजपुरिया एउटै हुन् । राजवंशी र ताजपुरियामा भाषा, रहनसहन, संस्कृति, देवि देवता सबै कुरामा 99.99% मिल्छ तर पनि राजवंशी र ताजपुरियामा फरक हुन् भन्दा मुटु नै फुट्ला जस्तो हुन्छ । राजवंशी जाति सधै पछाडी पर्नुको मुख्य कारण भनेको ओझा(गुरुगोसेइ) यानिकी राजवंशी जातिको धामीझाक्री हो । हुनत अहिले 21st Century मा धामीझाक्रीमा कसले पो विश्वास गर्छ र ? तर वास्तवमा धामीझाक्रीमा हुने मन्त्रमा शक्ति भने 101% हुने गर्दछ । यहि धामीझाक्रीको कारणले गरिखानेलाई गरिखाने नदिने,मन्त्रबाट अग्निवाण(मान्छेको जिउ आगो जस्तै भतभत पोल्ने) हानेर मान्छे मार्ने, खुट्टा तान्ने प्रवृति र अन्य कारणहरु जस्तै पुर्खौली सम्पतिमा मोज गर्ने, नाचगानमा बढि प्राथमिकता दिने जस्ता प्रवृति ले गर्दा राजवंशीहरु कहिले माथि उस्कन सकेका छैनन् । नेपाल सरकारबाट राजवंशी जातिको लागि जति सुकै सहुलियत, सेवा सुविधा ल्याए पनि यो जाति माथि उस्किन अझै 5-6 पुस्ता को समय लाग्छ । राजवंशी जातिको ईतिहास खोज्ने हो भने ठ्याक्कै यहि नै हो भनेर कहि पाउन सकिदैन । हुनत धेरै वुद्धिजिविहरुले किताब प्रकाशन गरेका छन् तर ती लेखकहरुमा नै एकरुपता पाइदैन । सबै मै हु भन्ने मात्र छन् । अरुले जे सुकै भनेता पनि राजवंशी जातिको वास्तविक चित्रण यहि नै हो

राजवंशी जाति
परम्परागत दधिकादो पर्व मनाउँदै राजवंशी समुदाय
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
धर्महरू
हिन्दू

मुख्य बस्ती सम्पादन गर्नुहोस्

यो जातिको बसोबास झापा जिल्लाको सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, लखनपुर, गौरादह, गुवालडभा, गौरीगञ्ज, घैलाडुव्वा, पाँचगाछी, सिबगन्ज, माहाबार, कोरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दीबारी, बनियानी, शरणामतीमा वढी केन्द्रित भएको देखिन्छ। त्यसैगरी मोरङको विराटनगर , कटहरि गापा, जहदा गापा, बुढिगंगा गापा, धनपालथान गापा आदि नपा, गापामा अत्यधिक संख्यामा विराट राजवंशी बसोवास भएको पाईन्छ।


पूर्वज आगमन सम्पादन गर्नुहोस्

पश्चिम बङ्गाल (कोच विहार ) र आसामको सिमानामा बस्ने कोचहरूकै वंशज हुन् भन्ने नृवंशशास्त्रीहरू भन्दछन्। शारीरिक बनोटले मंगोल आकृतिका भएपनि यिनको भाषा बङ्गालीअसमिया भाषासँग मिल्दोजुल्दो छ। यिनीहरूको भाषालाई धेरै नामले चिनीन्छ, ती हुन राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले पनि चिनीन्छ। पुर्वजको आगमन भन्दा पनि यो क्षेत्र (झापा, मोरङ, सुनसरी) राजवंशीहरुकै राज्य कामतापुर थियो।

जातीय संस्कृति सम्पादन गर्नुहोस्

प्रकृति पूजक यिनीहरू ठाकुर ब्रह्मानीको पूजा गर्दछन् र धामी झांक्री मान्दछन्। राजवंशीहरूले आउँसिया, सिरुवा पर्व, दधिकाद पर्व, होली आदि पर्वहरू मान्दछन्। नव वर्षको वैसाख १ गतेको उपलक्ष्यमा मनाइने सिरुवा पर्व, तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो र पानी खेल्दछन्। विहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन छ। यो प्रचलन अन्य केही जनजातिमा पनि पाइन्छ।

पेशागत रूपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो। यो समुदायमा दामदुम ( केटीका आमा बाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने ) डाङुवा ( पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समद ( पतिको मृत्यु पछि अर्का सँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह ), घन्जिया ( अविवाहित केटा केटी विच विवाह भई केटीको घरमा घरज्वाई बस्ने किसिमको विवाह ) र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन्। यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने गरेका छन्। तर सबै राजवंशीको भेषभुषाा, भाषा र संस्कृती फरक छ। जस्तै विराट राजवंशीहरुको भाषामा झापाको भन्‍दा केही फरक रहेको छ।

किताबहरुको प्रकाशन: सम्पादन गर्नुहोस्

राजबंशी भाषामा बिभिन्न पुस्तक पुस्तिकाहरु पनि पाउने गरिएको छ। राजबंशी भाषाको नेपाली-राजबंशी- अंग्रेजी शब्दकोश, राजबंशी भाषाको बाइबलको नयाँ करार र पुरानो करार अनुवादको क्रममा रहेको छ। राजबंशी भाषाको स्कुलका बिभिन्न किताबहरु र बिभिन्न किसिमका कथाका किताबहरु रहेको छ। त्‍यसैगरी राजबंशी भाषामा नै फिनलेन्ड सरकारबाट आमगाछी, चिल्‍हारा र गौरीगन्जमा ३ ओटा स्कुल चलिरहेको छ। जहाँ ५ क्लास सम्ममा पढाइ हुन्‍छ, त्‍यसपछि ति बालकहरु सरकारी स्कुलमा गएर पढ्छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्