यौनजन्य सङ्क्रमणहरूलाई यौनरोग भनेर पनि चिनिन्छ। साधारणतया योनी, मुख वा गुद्वारमा मैथुन गरेर गरिने यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगहरूलाई यौनजन्य सङ्क्रमण भनिन्छ।

यौनजन्य सङ्क्रमण
विभाग:Infectious diseases Edit this on Wikidata

यौनजन्य सङ्क्रमणका लक्षणहरू सम्पादन गर्नुहोस्

  • यौनाङ्गबाट पानी जस्तो तरल पदार्थ बग्नु– योनि, लिङ्ग वा मलद्वारबाट अस्वाभाविक रूपमा तरल पदार्थ निस्कनु
  • पिसाब गर्दा दुख्नु, पोल्नु
  • यौनाङ्गमा घाउ हुनु– यौनाङ्ग वा मलद्वार वरिपरि चिलाउनु, खटिरा आउनु, सुन्निनु, गाँठागुठी आउनु वा फोका उठ्नु
  • अण्डकोष सुन्निनु र दुख्नु
  • यौन सम्पर्कको वेला भित्रपट्टि दुख्नु वा रगत आउनु
  • तल्लो पेट दुख्नु

यौनजन्य सङ्क्रमणबाट बच्ने उपाय सम्पादन गर्नुहोस्

  • यौनजन्य सङ्क्रमण भएको थाहा भएमा भरसक यौन सम्पर्क नगर्ने, गर्नै परे सही तरिकाले कन्डमको प्रयोग गर्ने ।
  • यदि तपाईँलाई आफूमा यौनजन्य सङ्क्रमण भएको जस्तो लाग्छ भने एक व्यक्तिबाट अरू व्यक्तिमा यौनजन्य सङ्क्रमण नहोस् भन्नका लागि असुरक्षित यौन सम्पर्क नराख्ने ।
  • यौनजन्य सङ्क्रमणको शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवामा गई सल्लाह सहित उपचार गराउने ।
  • उपचार गराउँदा पूर्ण रूपमा उपचार भइ सकेको पक्का गर्ने र उपचारका लागि आफ्नो यौनसाथीलाई पनि संगै लाने अथवा उपचारको लागि जान उत्प्रेरित गर्ने ।