योर्क विश्वविद्यालय (आधिकारिक नाम: युनिभरसिटी अफ योर्क)[१] बेलायतको योर्क सहरमा स्थित एउटा कलेजिएट अनुसन्धान विश्वविद्यालय हो। योर्क विश्वविद्यालयलाई एबर वा योर्कको रूपमा समेत चिनिने गरिन्छ। सन् १९६३ मा स्थापना भएको यो विश्वविद्यालयले तीसभन्दा बढी विभाग र केन्द्रहरूको विस्तार गर्न सफल भएको छ, जसमा धेरैजसो विषयहरू सामेल गरिएको छ।

योर्क विश्वविद्यालय
स्थापनासन् १९६३
कुलपतिसर म्याल्कोम ग्रान्ट
उप-कुलपतिचार्ली जेफरी
स्थान,
वेबसाइटhttps://www.york.ac.uk/

योर्क सहरको दक्षिण-पूर्वमा अवस्थित यो विश्वविद्यालयको परिसर लगभग ५०० एकड (२०० हेक्टर)मा फैलिएको छ।[२] मूल परिसरभित्र क्याम्पस वेस्ट, योर्क विज्ञान उद्यान र राष्ट्रिय विज्ञान अध्ययन केन्द्र रह्नुका साथै यसको परिसर वरपरको हरियाली र तालहरू प्रमुख आकर्षण हुन्।[३] सन् २००७ मे महिनामा विश्वविद्यालयलाई आफ्नो मुख्य परिसरलाई विस्तार गर्ने अनुमति दिइएको थियो, जुन नजिकैको हेस्लिङ्टन गाउँको पूर्वमा अवस्थित कृषि योग्य भूमिमा थियो। विश्वविद्यालयको दोस्रो परिसरलाई सन् २००९ मा खुला गरिएको थियो जसलाई क्याम्पस इस्ट भनिन्छ। वर्तमान समयमा यस विश्वविद्यालयको हाताभित्र तीन कलेज र तीन विभागसँगै सम्मेलन स्थल, एउटा खेलकुद मैदान र एउटा व्यवसायिक स्थल रहेको छ। यो विश्वविद्यालयले किङ्स म्यानरलाई योर्क सिटी सेन्टर भाडामा दिने गरेको छ। यो विश्वविद्यालयले आर्थिक वर्ष सन् २०१६/१७ मा £३३१.४ मिलियनको कुल आय भएको थियो, जसमध्ये £६६.० मिलियन अनुसन्धान अनुदान र अनुबन्धबाट प्राप्त भएको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Using the logo – Our name", Communications, The University of York, ७ मार्च २०११, अन्तिम पहुँच १३ नोभेम्बर २०११ 
  2. "How to reach the university", University of York, अन्तिम पहुँच २७ फेब्रुअरी २००८ 
  3. "Explore our Campus", University of York, अप्रिल २०१७, अन्तिम पहुँच १३ अगस्ट २०१७ 
  4. "Annual Report and Financial Statements", University of York, अन्तिम पहुँच ५ डिसेम्बर २०१७