युसुफ रजा गिलानी

(यूसुफ रजा गिलानीबाट अनुप्रेषित)

युसूफ रजा गिलानी (उर्दु: یوسف رضا گیلانی) (जन्म:९ जुलाई १९५२) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले २ मार्च २००८ देखि पाकिस्तानको १८औँ प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। २५ अप्रिल २०१२ मा, उनलाई पाकिस्तानको सर्वोच्च अदालतले बहिष्कार तथा अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो।[२] उनी हाल पाकिस्तान पिपुल्स पार्टीको केन्द्रीय कार्यकारी समितिको उपाध्यक्षको रूपमा कार्यरत छन्।

युसुफ रजा गिलानी
یوسف رضا گیلانی
पाकिस्तानका १८औँ प्रधानमन्त्री
कार्यकाल
२५ मार्च २००८ – १९ जुन २०१२
राष्ट्रपतिपरवेज मुशर्रफ
मोहम्मद मियाँ सुम्रो
आसिफ अली जरदारी
सहायकचौधरी परवेज इलाही
पूर्वाधिकारीमोहम्मद मियाँ सुम्रो
उतराधिकारीरजा परवेज अशराफ
पाकिस्तानका १५औँ राष्ट्रिय सभाका सभामुख
कार्यकाल
१७ अक्टोबर १९९३ – १६ फेब्रुअरी १०९७
सहायकसैयद जफर अली शाह
पूर्वाधिकारीगोहर अयुब खान
उतराधिकारीइलाही बख्श सुम्रो
व्यक्तिगत विवरण
जन्म
सैयद युफुफ रजा गिलानी

(1952-06-09) ९ जुन १९५२ (उमेर ७१)
मुल्तान, पञ्जाब, पाकिस्तान
राष्ट्रियता पाकिस्तानी
राजनीतिक दलपाकिस्तान पिपुल्स पार्टी
जीवन साथीफौजीया गिलानी[१]
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानफोर्मान इसाई कलेज
सरकारी कलेज विश्वविद्यालय, लाहोर
पञ्जाब विश्वविद्यालय

सन् १९९८ को आम चुनाव पछि उनले पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको सरकारमा पर्यटनमन्त्रीमा नियुक्ति प्राप्त गरेका थिए भने त्यसबेला देखि उनी मुल्तानको लागि संसदका वरिष्ठ सदस्य थिए। सन् १९९३ को आम चुनावमा उनको पार्टीले बहुलता हासिल गरेपछि, गिलानीलाई प्रधानमन्त्री बेनजिर भुट्टोले राष्ट्रियसभाका १५औँ अध्यक्ष बनाएकी थिइन् भने उनी १६ फेब्रुअरी १९९७ सम्म उक्त पदमा रहेका थिए। ११ फेब्रुअरी २००१ मा, गिलानीलाई भ्रष्टाचारको आरोपमा राष्ट्रपति परवेज मुशर्रफको नेतृत्वमा रहेको सैन्य अदालतले अदिला कारागारमा कैद गरेको थियो भने उनलाई ७ अक्टोबर २००६ मा रिहा गरिएको थियो।

सन् २००८ को आम चुनावको सुरुवातमा, उनको पार्टीले चार दलको गठबन्धन कायम गरेको थियो र उनलाई प्रधानमन्त्रीको पदको लागि मनोनीत गरिएको थियो। लगातार ५ वटा सङ्घीय बजेट सफलतापूर्वक प्रस्तुत गरेका उनी पाकिस्तानका हालसम्मकै एकमात्रका प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीको रूपमा, गिलानीले सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन, समस्याग्रस्त र युद्धग्रस्त आदिवासी क्षेत्रको पुनःस्थापनाको घोषणा, सङ्घीय बजेटको कटौती र शिक्षा प्रणाली सुधार गर्ने आफ्नो महत्वाकांक्षी योजनाहरूको घोषणा गरेका थिए। यो घोषणा गरेपछि उनले नयाँ कृषि, जग्गा र आर्थिक नीतिको घोषणा गरेका थिए जसले श्रम र विद्यार्थी सङ्गहरू माथिको प्रतिबन्ध अन्त्य गरेको थियो। देशको उर्जा सङ्कटसँग जुझ्न उनले नयाँ उर्जा र आणविक नीति कार्यान्वयन गराएका थिए। तथापि, उनका नीतिहरूले अर्थपूर्ण आर्थिक सुधारहरू बिना नै मुद्रास्फीतिमा उच्च वृद्धि र आर्थिक प्रदर्शनमा तीव्र गिरावटको सामना गरेको थियो।

प्रधानमन्त्रीको रूपमा अमेरिकाको एक स्थिर सहयोगी, गिलानीलाई फोर्ब्सले विश्वको ३८औँ शक्तिशाली व्यक्तिको रूपमा सूचीकृत गरेको थियो। धेरै वर्षसम्म पाकिस्तानको सर्वोच्च अदालतले बेनजिर र आसिफ अली जरदारीको बिरूद्ध भ्रष्टाचारको मुद्दा पुनःस्थापना गर्ने निर्णयको सामना गर्नुपरेको थियो भने उनको विरोध पश्चात् उनलाई २६ अप्रिल २०१२ मा सर्वोच्च अदालतले पाकिस्तानको संविधानको धारा ६११ को उपधारा १ उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरेको थियो।[३] राष्ट्रपति आसिफ अली जरदारी विरुद्ध भ्रष्टाचारको मुद्दा पुन: खोल्न अस्वीकार गरेका कारण सर्वोच्च अदालतले उक्त फैसला सुनाएको थियो।[४] १९ जुन २०१२ मा उनलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीको पदभारबाट अयोग्य ठहर गर्दै उनलाई प्रधानमन्त्रीबाट हटाएको थियो।[२][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sports Desk (२३ जनवरी २०१२), "Fauzia Gilani witnesses cricket match", The Nation, 23 January 2012, मूलबाट २० सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१२ 
  2. २.० २.१ "प्रधानमन्त्रीमा गिलानी अयोग्य"सौर्य अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  3. "पाकिस्तानी प्रम अपहेलनाको दोषी"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  4. "البرلمان الباكستاني يقر رجاء برويز أشرف"। روسيا اليوم। २२ जनवरी २०१२। 
  5. "पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध पक्राउ आदेश जारी"अर्घाखाँची खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्