याहु! न्युज (अनुवाद: याहु! समाचार) याहु!द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहुको इन्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो। वेबसाइटलाई सन् १९९६ को अगस्टमा याहुका सफ्टवेयर इन्जिनियरिङ ब्राड क्लोजीले सृजना गरेको थियो। यसका लेखहरू मूल रूपमा एसोसिएटेड प्रेस, रेउटर्स, फक्स न्युज, अल जजिरा, एबिसी न्यूज, युएसए टुडे, सिएनएन र बिबिसी समाचार जस्ता समाचार सेवाहरूबाट आएका हुन्।

याहु! न्युज
साइटको प्रकार
समाचार
मालिकभरिजोन मिडिया
(भरिजोन सञ्चार)
सर्जकयाहु!
युआरएलआधिकारिक वेबसाइट
व्यवसायिकहो
दर्तावैकल्पिक

सन् २००१ मा, याहु! न्युजले वेबमा पहिलो 'सर्वाधिक विद्युतीय-इमेल गरिएको' पृष्ठको प्रक्षेपण गरेको थियो। अनलाइन समाचार स्रोतहरूले समाचार उपभोगमा पार्ने प्रभावको बारेमा मानिसहरूको बुझ्ने क्षमतालाई विस्तार गर्दै यसले एक नवप्रवर्तन विचारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको थियो।[२] याहुले १९ डिसेम्बर २००६ सम्म समाचार लेखहरू माथि टिप्पणीहरू गर्न अनुमति दिएको थियो र पछि यसले उक्त सुविधा हटाएको थियो। टिप्पणीहरू २ मार्च २०१० मा पुन: सक्षम पारिएको थियो।[३] टिप्पणीहरू १० डिसेम्बर २०११ र १५ डिसेम्बर २०११ को बीचमा, प्राविधिक समस्याका कारण अस्थायी रूपमा असक्षम पारिएका थिए।

सन् २०११ सम्म, याहु!ले मुख्य सञ्चार माध्यम सङ्गठन बन्ने योजनाको अंशको रूपमा मूल सामग्रीहरू समावेश गर्नका लागि आफ्नो विचारलाई विस्तार गरेको थियो।

वाल्टर सापिरो र भर्जिनिया हेफर्नन लगायतका दिग्गज पत्रकारहरूलाई उक्त कामका लागि नियुक्त गरिएको थियो [४]जबकि वेबसाइटले फेब्रुअरी २०१२ मा पहिलो पटक ह्वाइट हाउस प्रेसमा संवाददाता खटाएको थियो।[४][५] अमेजनको स्वामित्वमा रहेको बजारशास्त्र आँकडा सङ्कलन कम्पनी (अलेक्सा) याहु! यस बिन्दुमा विश्वको शीर्ष समाचार साइटहरू मध्ये एक भएको दावी गरेको थियो।[६] यसमा टुइटरको सामग्री पनि थप्ने योजनाहरू बनाइएको थियो।[७] नोभेम्बर २०१३ मा, याहुले पूर्व टुडे सो र सिबीएस इभिनिङ न्यूजमा कार्यरत केटी क्युरिकलाई याहु! समाचारको विश्वव्यापी संवाददाताको रूपमा नियुक्त गरेको थियो।[८] उनले सन् २०१७ मा याहु! समाचार छोडेकी थिइन्।

मोबाइल अनुप्रयोग सम्पादन गर्नुहोस्

याहु!ले आइओएसएण्ड्रोइडका लागि विभिन्न श्रेणीहरूबाट सबैभन्दा पढिएका समाचारका लेखहरू सङ्कलन गर्ने अनुप्रयोगको विकसित गरेको थियो। अनुप्रयोगल सन् २०१४ को एप्पल बनावट पुरस्कारको विजेताहरू मध्ये एक थियो। [९]

वरियता सम्पादन गर्नुहोस्

जनवरी २०१९ सम्म, याहु! न्युज अलेक्साका अनुसार, फक्स न्युजभन्दा अगाडि र सिएनएनभन्दा पछाडि, विश्वव्यापी समाचार साइटहरूको बीच छैठौँ स्थानमा रहेको छ।[१०]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "याहु! निगम - कम्पनीको समयरेखा", वेब्याक मेसिन, २००८-०७-१३, मूलबाट २००८-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०७-१९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-१३ मिति
  2. पामेला, लिकाल्जी ओ कोनेल (२९ जनवरी २००१)। "New Economy; Yahoo Charts the Spread of the News by E-Mail, and What It Finds Out Is Itself Becoming News."न्यू योर्क टाइम्स 
  3. टारटेकअफ, जोसेफ (३ मार्च २०१०)। "Yahoo News Brings News Commenting Back"PaidContent 
  4. ४.० ४.१ ष्टेबलफोर्ड, ड्ल्यान (२०१२-०२-०१), "Yahoo News hires Olivier Knox as its first White House correspondent", याहु! समाचार, अन्तिम पहुँच २०१२-०२-०३ 
  5. बायर्स, ड्ल्यान (२ फेब्रुअरी २०१२), "Yahoo steals NY Times' Virginia Heffernan", पोलिटिको, अन्तिम पहुँच २०१२-०२-०३ 
  6. "श्रेणीका अनुसार शीर्ष वेबसाइटहरू: समाचार", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१३-०७-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-२७ मिति
  7. Rapaport, Lisa (२०१३-०५-१६), "Yahoo CEO Mayer Says Streaming News Will Display Tweets", ब्लुमबर्ग, अन्तिम पहुँच २०१३-०७-०३ 
  8. गोल्ड, हडास, "Yahoo News makes Couric move official", पोलिटिको, अन्तिम पहुँच २५ नोभेम्बर २०१३ 
  9. रोज, माइक (३ जुन २०१४), "Threes, Monument Valley and more pick up Apple Design Awards", गामासुत्र, अन्तिम पहुँच ३ जुन २०१४ 
  10. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-२७ मिति अलेक्सा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्