यज्ञबहादुर थापा

नेपाली राजनीतिज्ञ

यज्ञबहादुर थापा नेपाली सेनाका कप्तान एवम् पञ्चायतकालका सहिद हुन् । उनी ओखलढुंगा जिल्लाका रैथाने बगाले थापा हुन्।

उनी पुष १, वि.सं. २०३१ मा भएको टिम्बुरबोटे काण्डमा मारिने १३ स्वतन्त्र सेनानीमध्येका कमाण्डर थिए।[१] त्यसबखत कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भू.पू. सैनिकहरू लगायत ठूलो संख्यामा भारतको फारबिसगञ्ज, बथान बीरपुर र बनारसमा तलिम दिई लडाकूहरू तयार गरिएको थियो। तालीम प्राप्त लडाकुहरूको डरुड्ढाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दैअघि बढ्दै ओखलढुंगा पुग्यो। त्यसपछि सीमावर्ती सोलु जिल्लाको तिङ्गला जंगल बासस्थान बनाई क्रान्ति गरेका यी समूहलाई सरकारी पक्षले धरपकड गरी श्याम गुरुङ, पदम प्रकाश, राम-लक्ष्मण उपाध्याय आदि थुप्रै मारिए ।

उनलाई मार्च २, २०१६ मा घटनाको ४१ वर्ष पश्चात सहिद घोषणा गरियो ।[२]

स्रोत सम्पादन गर्नुहोस्