मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।[१]

मौलाकालिका मन्दिर
मौलाकालिका मन्दिरको पछाडिको दृश्य
प्राथमिक विवरण
स्थान:गैंडाकोट
निर्देशाङ्क२७°४३′३९″N ८४°२४′३२″E / २७.७२७५°N ८४.४०८८°E / 27.7275; 84.4088निर्देशाङ्कहरू: २७°४३′३९″N ८४°२४′३२″E / २७.७२७५°N ८४.४०८८°E / 27.7275; 84.4088
सम्बन्धनहिन्दुत्व
देवताकालिका
जिल्लानवलपरासी
देश नेपाल
वेबसाइटhttp://www.maulakalika.org.np/
अवस्थिति५६१ मी (१,८४१ फिट)

अवस्थिति सम्पादन गर्नुहोस्

यो मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

इतिहास सम्पादन गर्नुहोस्

ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६ औँ शताब्दीमा पाल्पा राजाले देवी कलिकाको नाममा "प्रतीक" को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखियको थियो । यो मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ । मन्दिरलाई स्थानीय स्थानबाट धेरै पटक पुनःस्थापित गरिएको छ । थप आगन्तुकहरू समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरहरूको बलिदान रोक लगाएको छ ।

लोकप्रियता सम्पादन गर्नुहोस्

मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आएका थिए । हाल अवस्थित मन्दिर १९९० को दशकमा मात्र बनेको थियो ।

मौलाकलिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पुजा गर्न आउने गरेका छन् ।

नेपालका पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राजा / राजकुमार र नेपालका वित्त मन्त्री रामशरण महत सहित उच्च श्रेणीका सरकारी अधिकारीहरूले मन्दिर भ्रमण गरेका छन् । भारतका विश्व प्रसिद्ध योग गुरु बाबा राम देबले पनि मन्दिरको २०११ मा भ्रमण गरिसकेका छन् । नेपालका पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी २० अप्रिल २०१६ मा मन्दिरको भ्रमण गर्नुभयो र मन्दिरहरूको आवासीय सुविधाको उद्घाटन गर्नु भएको थियो ।

पैदल यात्रा सम्पादन गर्नुहोस्

गैंडाकोट, नारायणगढ, भरतपुरचितवन नजिकैका नियमित पर्यटकहरु यस स्थानमा चिसो बतास को महसुस, जंगल को विस्तृत मनोरम दृश्यहरु को अवलोकन गर्न यहाँ आउने गर्दछन् । सहासिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरु २००० मिटर लामो सिढि चढेर पर्यटकहरु मन्दिरमा पुगेर पुजा अर्चन गर्दछन् ।

टेलिफोन सुबिधा सम्पादन गर्नुहोस्

नेपाल टेलिकमले मौलाकालिका मन्दिरमा तार रहित ट्रान्सीवर टावर स्थापना गरेको छ । तपाईँ जीएसएम, सीडीएमए फोन कल र ३ जी कनेक्टिविटीको आनन्द लिन सक्नुहुन्छ । रोमिङ सुबिधाको पनि प्रयोग गर्न सकिन्छ ।

पानी र विद्युतको सुबिधा सम्पादन गर्नुहोस्

एक स्वचालित हाइड्रोलिक दबाव लगातार मन्दिरसम्म पानी पम्प गर्दछ । उपकरण उत्तरी ढलानमा ५०० मीटर तल सुचारु गरिएको छ । पानी आपूर्ति निरन्तर रूपमा भैरहेको छ ।

यहाँ पोल आधारित विद्युतीय प्रणाली जडान गरिएको छ ।

यातायात सम्पादन गर्नुहोस्

मौलाकालीका मन्दिरको उकालो मा भएको कारण मुख्य मन्दिरमा पुग्न कुनै पनि यातायातको सुबिधा छैन र मन्दिर पुग्न सबै धर्मावलम्बीहरूले पौदल यात्रा गर्नु पर्ने हुन्छ ।

चित्र दिर्धा सम्पादन गर्नुहोस्

मौलाकालिका मन्दिर पदमार्गमा रहेका ढुङ्गामा कुदिएको कला

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्