मोहमेदान स्पोर्टिङ क्लब लिमिटेड

मोहमेदान स्पोर्टिङ क्लब लिमिटेड (बङ्गाली: মোহামেডান স্পোর্টিং ক্লাব (ঢাকা)) बङ्गलादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो।[१] फुटबल खेलको लागि यस क्लबको कीर्तिमानी उपस्थिति ४४,००० रहेको थियो। यस क्लबले बङ्गलादेशको फुटबलको शीर्ष लिगको दोस्रो संस्करण जित्न सफल भएको थियो।[२]

मोहमेदान स्पोर्टिङ क्लब
पुरा नाममोहमेदान स्पोर्टिङ क्लब लिमिटेड
छोटो नामएमएससी
स्थापना१९३३; ९१ वर्ष अघि (१९३३)
मैदानबङ्गबन्धु राष्ट्रिय रङ्गशाला
ढाका, बङ्गलादेश
मैदान क्षमता३६,०००
अध्यक्षआमेरुल इसलाम
प्रशिक्षकइङ्ल्यान्ड सिन लेन
लिगबङ्गलादेश फुटबल प्रिमियर लिग
२०१७–१८१२ मा पाँचौँ
घरेलु रङ
वाह्य रङ

उपलब्धिहरू सम्पादन गर्नुहोस्

फुटबल सम्पादन गर्नुहोस्

मोहमेदान स्पोर्टिङ क्लबले सन् १९५७ देखि सन् १९९९ सम्म फुटबल लिग च्याम्पियनसिपको उपाधि १५ पटक उचालेको छ भने सोही वर्षको अन्तरालमा यो क्लब १२ पटक उपविजेता पनि बनेको छ। यो क्लबले ढाका महानगर फुटबल लिगको उपाधि १ पटक (सन् १९९३ मा) र स्वतन्त्रता कप फुटबल प्रतियोगिताको उपाधि ५ पटक (सन् १९५७ देखि सन् १९६६ सम्म) जित्न सफल भएको थियो। यस क्लबले फेडेरेसन फुटबल कपको उपाधि ५ पटक जितेको छ। सन् १९८२ मा पश्चिम बङ्गालको दुर्गापुरमा सम्पन्न आशीष-जब्बार शिल्ड प्रतिस्पर्धामा यो क्लब विजेता बन्न सफल भएको थियो। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ढाकामा आयोजित आगा खान गोल्ड कपमा (अनौपचारिक एसिया च्याम्पियनसिप कप), यो क्लबले कीर्तिमान बनाउँदै सन् १९५७, १९६४ र १९६८ को विजेता र १९६६, १९६७ र १९७६ को उपविजेता बनेको थियो।

अन्य उपलब्धिहरू सम्पादन गर्नुहोस्

मोहामेदान स्पोर्टिङ क्लबले सन् १९६७ देखि सन् १९६९ सम्म लगातार तीन वर्ष भलिबल प्रतियोगिता जित्न सफल भएको थियो। यस क्लबका लागि खेल्ने कामरुन्नर डानाले सन् १९८१ मा स्पुतनिको ट्रिपल क्राउन उपाधि जित्न सफल भएकका थिए भने उनले सन् १९८२, १९८३, १९८४ र सन् १९८५ को बिमान ब्याडमिन्टन जित्न सफल भएका थिए। मोहामेदान स्पोर्ट्स क्लब सन् १९९२, सन् १९८३ र सन् १९८५ को राष्ट्रिय ब्याडमिन्टन विजेता बन्न सफल भएको थियो। सन् १९९३ देखि सन् १९९६ मा लगातार तीन वर्ष मोहामेदान स्पोर्ट्स क्लब राष्ट्रिय हक्की प्रतियोगिताको विजेता बन्न सफल भएको थियो भने सन् १९९७ मा प्रिमियर विभागको उपाधि विजेता पनि बनेको थियो। मोहामेदान स्पोर्टिङ क्लबले हाल सम्म ४ पटक ढाका प्रिमियर विभाग क्रिकेट उपाधि जित्न सफल भएको छ जुन ढाका आबाहनी लिमिटेड पछिको सबैभन्दा अधिक पटक उपाधि विजय हो भने यस क्लबले दमाल समर क्रिकेट लिगको उपाधि ३ पटक हात पारेको छ।

प्रशिक्षकहरू सम्पादन गर्नुहोस्

४ अप्रिल २०१९ को अनुसार

स्थान नाम
प्रमुख प्रशिक्षक   सिन लेन
सहायक प्रशिक्षक   शाहदुल इसलाम जावेल
सहायक प्रशिक्षक   इङ्ल्यान्ड जेम्स म्याकअलोन

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Bangladesh: Mohammedan SC Clinch CityCell Super Cup - Goal.com", www.goal.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  2. "Bangladesh - List of Champions", rsssf.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्