मोदनाथ प्रश्रित (जन्म वि. सं. १९९९) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाfgले) सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।

मोदनाथ प्रश्रित
मोदनाथ पौडेल
जन्ममोदनाथ पौडेल
वि.सं १९९९ असार ६ गते
(1942-06-20) २० जुन १९४२ (उमेर ८१)
हर्राबोट, खिदिम, अर्घाखाँची
राष्ट्रियतानेपालनेपाली
शिक्षास्नातकोत्तर (नेपाली), साहित्याचार्य एवं आयुर्वेदाचार्य
पेशासाहित्यिक लेखन, आयुर्वेदिक डाक्टर
चिनारीको कारणकविता, साहित्य, नेपाली भाषा, संस्कृति, राजनीति,
उल्लेखनीय कार्य
मानव (महाकाव्य), देवासुर सङ्ग्राम (महाकाव्य), आमाका आँशु (कविता सङ्ग्रह), गोलघरको सन्देश (खण्डकाव्य)
गृहनगरअर्घाखाँची
मातापिताघनश्याम पौडेल (बुबा), बालिकादेवी (आमा)
पुरस्कारमदन पुरस्कार २०२३

जीवनी सम्पादन गर्नुहोस्

मोदनाथको जन्म वि. सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। लुम्बिनी अञ्चलको अर्घाखाँची खिदिम हर्राबोटेमा वि. सं. १९९९ सालमा जन्मिएका मोदनाथ प्रश्रित प्रगतिवादी साहित्यकार हुन् । संस्कृतका विद्वान् प्रश्रितले आयुर्वेदमा आचार्य (आयुर्वेदिक डाक्टर) र नेपालीमा स्नातकोत्तर गरेका छन् । उनको थर पौडेल हो भने प्रश्रित चाहिँ उनको उपनाम हो । मानव महाकाव्य लेखेबापत उनलाई वि. सं. २०२३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । राजनीति, पत्रकारिता, साहित्यजस्ता क्षेत्रमा सफलता प्राप्त गरेका प्रश्रितका प्रकाशित पुस्तकहरू यसप्रकार छन्। [१]

कृतिहरू सम्पादन गर्नुहोस्

उनी कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा कलम चलाउँछन्। उनको काव्य सिर्जन वि. सं. २००८ सालबाटै थालिएको तथा वि. सं. २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो। उनका कविता कृतिहरू:
१. आमाका आँसु (वि. सं. २०१९, कविता सङ्ग्रह)
२. बुबा खै? (वि. सं. २०२०, खण्डकाव्य)
३. मानव (वि. सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य)
४. देवासुर सङ्ग्राम (वि. सं. २०३०, महाकाव्य)
५. गोलघरको सन्देश (वि. सं. २०३९, खण्डकाव्य)
६. शहिदको रगत (वि. सं. २०३९, कविता सङ्ग्रह)
७. जब चल्छ हुरी(वि. सं. २०४९, गीत सङ्ग्रह)
८. सङ्कलित रचना भाग (१) (वि. सं. २०५८, कविता एवं गीतहरूको सङ्ग्रह)
प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ छन्।

पुरस्कार सम्पादन गर्नुहोस्

मानव महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्