मून जे-इन (हंगुल :Hangul문재인; Hanja文在寅हन्जाHangul문재인; Hanja文在寅; कोरियाली उच्चाहरण[mundʑɛin] or [mun] [t͡ɕɛin];  जानम २४ जनवरी १९५३) १९ औँ र हालको रास्ट्रपतिको रूपमा २०१७ देखि सेवा गरिरहेका एक दक्षिण कोरियाली राजनीतिज्ञ हुन् ।[१][२][३] तत्कालीन रास्ट्रपति पार्क गेयुन हेई भ्रष्टाचारको आरोपमा महाअभियोग पछि पदमुक्त भएपछी डेमोक्रेटिक पार्टी ( तत्कालीन "प्रजातन्त्रको लागि नयाँ राजनैतिक गठबन्धन ")को उमेदवारको रूपमा रास्ट्रपतिमा निर्वाचित भएका थिए ।[४]

문재인
文在寅
दक्षिण कोरिया को १२ औ राष्ट्रपति
पद बहाली
10 मे २०१७
प्रधानमन्त्रीह्वांग क्यो-आह
यू इल-हो(Acting)
ली नाक-यॉन (Nominee)
पूर्वाधिकारीह्वांग क्यो-आह (कार्यबाहक)
पार्क गेयुन हेई
डेमोक्रेटिक पार्टी कोरिया को नेता
कार्यकाल
९फेब्रुअरी २०१५ – २७ जनवरी २०१६
पूर्वाधिकारीआह शोल-सू
किम हान-गिल
उतराधिकारीकिम चोंग-इन
दक्षिण कोरिया नेशनल असेंबली सदस्य
कार्यकाल
३० मे २०१२ – २९ मे २०१६
पूर्वाधिकारीचांग जी-जीन
उतराधिकारीचांग जी-जीन
निर्वाचन क्षेत्रबुसान, ससांग जिला
व्यक्तिगत विवरण
जन्म (1953-01-24) २४ जनवरी १९५३ (उमेर ७१)
जेओजे, दक्षिण कोरिया
राजनीतिक दलडेमोक्रेटिक पार्टी कोरिया
जीवन साथीकिम जंग-सूक
सन्तान(हरू)
निवासब्लू हाउस
मातृ शिक्षाप्रतिष्ठानक्यूंग हे विश्वविद्यालय (LLB)
हस्ताक्षर
सैन्य सेवा
निष्ठा South Korea
शाखा/सेवा दक्षिण कोरिया सेना
सेवाको वर्षहरू१९७५–१९७७
श्रेणी Sergeant (कोरियाली: Byeongjang)

पुर्व विद्यार्थी अभियानकर्मी, मानव अधिकारवादी वकिल र चिफ अफ स्टाफ देखि दक्षिण कोरियाली रास्ट्रपतिको रूपमा सेवा गर्ने क्रममा , [५] मुन जे इनले डेमोक्रेटिक पार्टीको नेता (२०१५-२०१६) र १९ औँ रास्टृय सभाको सदस्य (२०१२-२०१६) को रूपमा काम गरे ।उनी पुर्व डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट २०१२ को रास्ट्रपति निर्वाचनमा उमेदवार बनेर उठेका थिए, जसमा उनी एकदम साघुँरो मतान्तरबाट  पार्क गेयुन हे सँग पराजित भएका थिए । रास्ट्रपतिको रूपमा, मुन जे इनले अन्तर कोरियाली शिखर सम्मेलन, अप्रिल २०१८, अन्तर कोरियाली शिखर सम्मेलन, मे २०१८ , अन्तर कोरियाली शिखर सम्मेलन, सेप्टेम्बर २०१८ मा  उत्तर कोरियाली नेता किम जोङ उन सँग भेटवार्ता गरेका थिए ।

प्रारम्भिक जीवन , शिक्षा र सैन्य सेवा सम्पादन गर्नुहोस्

कोरियाली युद्ध को उत्तरार्धमा दक्षिण कोरियाको गिओजीमा जन्मेका मून परिवारको दोश्रो सन्तान र जेठो छोरा थिए  । उनी उनका पिता मून योङ ह्युङ र आमा काङ हान ओकका पाँच सन्तान मध्ये दोश्रो सन्तान र जेठ छोरो थिए । उनको परिवार उत्तार कोरियाको दक्षिण हेमग्योङ प्रान्तबाट शरणार्थी भएका थिए ।

कोरियाली युद्धमा उत्तर कोरियाबाट भागेपछि मूनको परिवार बुसानमा स्थापित भयो ।उनका पिता उत्तर कोरियामा सरकारी कर्मचारी थिए र दक्षिण कोरियामा निजामती कर्मचारी हुन् चाहेनन् । त्यसैले उनका पिताले मोजा बेच्ने व्यापार सुरु गरे तारा यसले उनको परिवारलाई ठुलो ऋणमा डुबायो । मूनको आमा जब दुध पाउडर लिन स्थानीय गिर्जाघर /चर्चमा जान्थिन तब मूनको परिवार क्याथोलिक चर्चको सम्पर्कमा पुगे ।एक पटक मूनले एक अन्तर्वार्तामा भनेका थिए कि उनलाई बाइक चलाउन आउदैन किनकि मून परिवार एकदम गरिब स्थितिबाट गुज्रेका थिए र उनीसँग बाइक किन्न र स्कुलको फि तिर्न समेत पैसा हुदैनथ्यो ।

मूनले क्युङनाम हाइ स्कुलबाट कक्षामा टप गर्दै पास भए । [६][७] उनले क्युङ ही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा कानुनको अध्ध्ययन गरे ।[८] Tत्यहाँ उनको आफ्नो भविस्यको श्रीमती किम जुङ सुक सँग भेट भयो । उनले युसिन संबिधान विरुद्ध विद्यार्थी आन्दोलन चलाएपछी उनलाई पक्राउ गरियो र जेलमा राखियो र विश्वविद्यालयबाट निष्काशन गरियो ।[९][१०] [११][१२]

जेलबाट रिहाइपछी , बाबुको मृत्युले उनलाई बारको परीक्षामा भाग लिन प्रेरित गर्यो ।उनी परीक्षाको तयारीको लागि देहेङसा स्थित बौद्ध मन्दिरमा गए र दुई चरण मध्ये को पहिलो परीक्षा १९७९ मा पास गरे । १९८० मा उनी बाकीं पढाई पुरा गर्न स्कुल फर्के ।[१३] 

प्रारम्भिक वृति /करियर सम्पादन गर्नुहोस्

मानव अधिकारबादी वक्ता सम्पादन गर्नुहोस्

वकिल बनेपछि मूनले १९८० को दशकमा भविष्यका रास्ट्रपति रोह मू-ह्युनसँग काम र सहकार्य गरे ।[१४] उनले सैन्य तानाशाहीको विरुद्ध विद्यार्थी र मजदुर अधिकारबादी को पक्षमा वकालत गरे ।[१५] 

रोह मू-ह्युन प्रशासन सम्पादन गर्नुहोस्

रोह मू-ह्युनको रास्ट्रपतिय दौडमा मून अभियानको व्यवस्थापक बने ।[१६] रोह मू-ह्युनको विजयपछी मून उनको मुख्य सचिव बने र रास्ट्रपति प्रशासनमा महत्त्वपुर्ण भूमिकामा रहे ।

२०१२ राष्ट्रपतिय अभियान सम्पादन गर्नुहोस्

१६ सेप्टेम्बर २०१२ , डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उमेद्वार बने  ।

२०१२ को रास्ट्रपति निर्वाचनमा डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उनी सहित सत्तारुढ दलको उमेदवार तथा स्वर्गीय रस्त्रपति पार्क चुंग-हिका पुत्री पार्क गुयेन हे ,[१७] र स्वतन्त्र उमेदवार आहन चिओल सू को त्रिपक्षीय प्रतिस्पर्ध थियो . सो निर्वाचनमा मूनले पराजय बेहोरे ।

डेमोक्रेटिक पार्टी का नेता सम्पादन गर्नुहोस्

 
मून जे-इन बुद्ध पूर्णिमा मे २०१५ 

२ फ्रेबुअरी २०१५ मा मून “ प्रजातन्त्रको लागि नया राजनैतिक गठबन्धन”को नेतामा निर्वाचित भए ।

२०१७ रास्ट्रपति निवाचन सम्पादन गर्नुहोस्

प्रारम्भिक तथा आम निर्वाचन सम्पादन गर्नुहोस्

मूनले पार्क गुएन हेलाई महाभियोग लागेपछि भएको १९ औ रास्ट्रपति निर्वाचन मा विजय हासिल गरे । उनी ५७ % मतका साथ डेमोक्रेटिक पार्टीबाट उम्मेदवारमा मनोनित भएका थिए । १० मे २०१७ मा मून ४१.१ % मतका ( १,३४,२३,८०० मत ) का साथ विजयी भए।[१८] मून विशेष निर्वाचनमा निर्वाचित भएकाले ६० दिनको संक्रमणकालीन अवस्था रहेन र विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो।

रास्ट्रपति सम्पादन गर्नुहोस्

 
मूनजे-इनको लोकप्रियता
 
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुन २०१७ मा मून लाई ह्वाइटहाउस मा स्वागत गरेका थिए 

मून विशेष निर्वाचनमा निर्वाचित भएकाले विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो र संक्रमणकालीन अवस्था रहेन । [१९] उनको कार्यकाल २०२२ सम्म रहनेछ ।[२०]

आन्तरिक नीति सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

मूनले आफ्नो पूर्ववर्ती पार्क गेयुन हेईको सरकारी पाठ्यपुस्तक मात्र पठनपाठन गर्ने नीति उल्ट्याए. पार्क गुएन हेईले आफ्ना पिता पार्क चुंग-हिको दमनकारी नीतिलाई ढाकछोप गर्न त्यो नीति ल्याएका थिए। पार्कले भनेका थिइन् “सरकरी पाठ्यपुस्तकले झन् देशभक्ति बढाउछ ।” [२१] स्कुलले सरकारी नियममा निजि पाठ्यपुस्तक पढाउन सक्छन । [२२]

पशु अधिकार सम्पादन गर्नुहोस्

उर्जा सम्पादन गर्नुहोस्

 
६ सेप्टेम्बर २०१७ मा रसिया भ्लादिभोस्तोक मा भएको इस्टर्न इकोनोमिक फोरममा मून र रुसी रास्ट्रपति भ्लादिमिर पुटिन

विदेश नीति सम्पादन गर्नुहोस्

 
मून र अमेरिकी रास्ट्रपति  डोनाल्ड ट्रम्प नोबेम्बर २०१७

उत्तर कोरिया सम्पादन गर्नुहोस्

 
उत्तर कोरियाको राष्ट्रप्रमुख किम योङ नाम सँग प्रस्तुति हेर्दै मून, ११ फेब्रुअरी २०१८
 
उत्तर कोरियाली नेता किम जोङ उन र  मून हात मिलाउदै
 
किम र मून सिमारेखामा हात मिलाउदै

मून ले कोरियाली एकीकरण प्रकिया एक दीर्घकालीन कार्यक्रमको रूपमा हेरेका छन्। उत्तर कोरियाको आणविक हतियार निशस्त्रीकरणको लागि उनले अमेरिका र उत्तर कोरियासँग सहकार्य गरे। उनले उत्तर कोरिया विरुद्धको नाकाबन्दीको समर्थन गरे तर उत्तर कोरिया सँग वार्ता गर्दै कोरियाली युद्धको अन्त्य र आणविक हतियार निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए ।[२३]

मूनले थाड प्रणाली स्थापना गरिएको बिरोध गरे ।

मूनले कोरियाली वर्कर्स पार्टीका अध्यक्ष किम जोङ उनसँग अप्रिल २०१८ मा भेटवार्ता गरे। [२४]

२६ मे मा उनीहरू बीच फेरी भेटवार्ता भयो। यो वार्ता दुई घण्टा भएको थियो ।  दोश्रो वार्ता सार्बजनिक रूपमा गोशाना गरिएको थिएन।[२५] [२६]

सेप्टेम्बर २०१८ मा मून जे-इनले प्योङ्गयाङ्ग भ्रमण गरे। उनी सहित १५० प्रतिनिधिमण्डल सुनान विमानस्थलबाट प्योङ्गयाङ्गको लागि प्रस्थान गर्यो र किम जोंग उन सँग भेट गर्यो ।[२७][२८] [२९] मूनले पाइकेतु पहाडमा पुगेर आफ्नो इच्छा पुरा गरेका थिए।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "South Korea's Moon Jae-in sworn in vowing to address North", BBC News (en-GBमा), १० मे २०१७, अन्तिम पहुँच १३ मे २०१७ 
  2. CNN, K. J. Kwon, Pamela Boykoff and James Griffiths, "South Korea election: Moon Jae-in declared winner", CNN, अन्तिम पहुँच १३ मे २०१७ 
  3. "Moon Jae-in: South Korean liberal claims presidency", BBC News (en-GBमा), ९ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७ 
  4. "Moon Jae-in Sworn in as 19th S. Korean President", KBS World Radio  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-२४ मिति
  5. "Moon Jae-in: Who is South Korea's new president?", BBC News (en-GBमा), ९ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७ 
  6. Jung Min-ho (९ मे २०१७), "Moon Jae-in: Son of war refugees rises to power [PHOTOS]", Korea Times, अन्तिम पहुँच १० मे २०१७ 
  7. Ahn Hong-wuk (१० जनवरी २०१७), "[2017 Presidential Dreams] ⑤ Moon Jae-in, Former Leader of the Minjoo Party of Korea, "Aren't There Too Many Moon Supporters to Speak of a Pro-Moon Hegemony?", The Kyunghyang Shinmun, अन्तिम पहुँच १७ मे २०१७ 
  8. "문재인 : 네이버 통합검색", search.naver.com (कोरियालीमा), अन्तिम पहुँच २८ अप्रिल २०१७ 
  9. Jung Min-ho (९ मे २०१७), "Moon Jae-in: Son of war refugees rises to power", The Korea Times, अन्तिम पहुँच १७ मे २०१७ 
  10. Park Hong-du (१७ सेप्टेम्बर २०१२), "Moon Jae-in, the Presidential Candidate of the Democratic United Party", The Kyunghyang Shinmun, अन्तिम पहुँच १७ मे २०१७ 
  11. Campbell, Charlie (४ मे २०१७), "The Negotiator: Moon Jae-in", Time Magazine (१५ मे २०१७): ४३, अन्तिम पहुँच ११ मे २०१७ 
  12. McCurry, Justin (९ मे २०१७), "Who is Moon Jae-in, South Korea's new president?", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच ४ जुलाई २०१७ 
  13. "대선주자 인물탐구 민주통합당 문재인", 경남신문, १३ अगस्ट २०१२। 
  14. "문재인 "고 노무현 대통령과 첫 만남에 의기투합, 소탈한 모습에...."", TV Report (कोरियालीमा) (Seoul), १० जनवरी २०१२, अन्तिम पहुँच १० मे २०१७ 
  15. Sang-hun, Choe (९ डिसेम्बर २०१६), "After Park, Who? A Guide to Those Who Would Lead South Korea", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच ४ जुलाई २०१७ 
  16. UnMyeong (destiny), Seoul: Moon Jae In, २०११, पृ: 196~205, आइएसबिएन 978-89-7777-188-8 
  17. "Dictator's daughter elected South Korea's first female president", National Post, Associated Press, १९ डिसेम्बर २०१२, अन्तिम पहुँच १९ डिसेम्बर २०१२ 
  18. Kwon, K. J. (१० मे २०१७), "South Korea election: Moon Jae-in declared winner", CNN, अन्तिम पहुँच १० मे २०१७ 
  19. "Liberal Moon Jae-in is winner in South Korea's presidential election", Los Angeles Times (en-USमा), ९ मे २०१७, आइएसएसएन 0458-3035, अन्तिम पहुँच ९ मे २०१७ 
  20. "S. Korea's Moon begins term as president after landslide election win confirmed – France 24", France 24 (en-USमा), १० मे २०१७, अन्तिम पहुँच १० मे २०१७ 
  21. Sang-hun, Choe (१२ मे २०१७), "South Korea's New Leader Abolishes State-Issued History Textbooks", The New York Times, आइएसएसएन 0362-4331, अन्तिम पहुँच १३ मे २०१७ 
  22. "Moon Jae-in orders scrapping of state textbooks", The Korea Herald, १२ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७ 
  23. Frank, Ruediger (१३ जुलाई २०१७), "President Moon's North Korea Strategy", The Diplomat. diplomat.com. Originally published by 38 North, blog of the U.S.-Korea Institute at Johns Hopkins University (en-USमा), अन्तिम पहुँच १८ अगस्ट २०१७ 
  24. "Kim offers to visit Seoul 'any time if you invite me': South Korea"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२७ मिति
  25. "North and South Korean leaders hold surprise meeting", सिएनएन, २६ मे २०१८, अन्तिम पहुँच २६ मे २०१८ 
  26. http://www.syracuse.com/politics/index.ssf/2018/05/north_south_korea_meet_for_surprise_second_summit.html
  27. http://www.atimes.com/article/moon-lands-in-pyongyang-for-high-stakes-summit-with-kim/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२४ मिति
  28. https://www.usatoday.com/story/news/world/2018/09/19/kim-jong-un-moon-jae-sign-agreement-peace/1355006002/
  29. https://www.youtube.com/watch?v=hJod7qg2GCc