मिचेल स्टार्क (जन्म: सन् १९९० जनवरी ३०), एक अस्ट्रेलियाली अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जो घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको लागि खेल्ने गर्छन्। उनी दायाँ हातका तीव्र गतिका बलर र तल्लो क्रमका दायाँ हाते सक्षम ब्याट्सम्यान हुन् । उनी सन् २०१५ क्रिकेट विश्वकपको विजयी अस्ट्रेलियाली क्रिकेट टोलीका एक प्रमुख सदस्य हुनुका साथै आफ्नो निरन्तर उत्कृष्ट प्रदर्शनको परिणामस्वरूप म्यान अफ द टुर्नामेन्ट प्राप्त गर्न सफल भएका थिए।[२]क्रिकेट विश्वकपमा ४९ विकेट लिएर उनी विश्वकप प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी विकेट लिने पाँचौ क्रमका खेलाडी हुन्।[३]

मिचेल स्टार्क
स्टार्क
व्यक्तिगत जानकारी
नाममिचेल आरोन स्टार्क
जन्म (1990-01-30) ३० जनवरी १९९० (उमेर ३४)
न्यु साउथ वेल्स, अस्ट्रेलिया
उचाई१.९६ मी (६ फिट ५ इन्च)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ हाते तीव्र गति
भूमिकाबलर
सम्बन्धअलिसा हिले (जीवनसाथी)[१]
ब्रेन्डन स्टार्क (भाइ)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४२५)१ डिसेम्बर २०११ v न्युजिल्यान्ड
अन्तिम टेस्ट३ जनवरी २०२० v न्युजिल्यान्ड
एदिअ पदार्पण (क्याप १८५)२० अक्टोबर २०१० v भारत
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२९ नोभेम्बर २०२० v भारत
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक५६
टि२०आई पदार्पण (क्याप ५९)७ सेप्टेम्बर २०१२ v पाकिस्तान
अन्तिम टि२०आई४ डिसेम्बर २०२० v भारत
टि२०आई पोशाक५६
घरेलु टोली जानकारी
वर्षटिम
२००८/०९–वर्तमानन्यु साउथ वेल्स
२०१२योर्कसिर
२०१४–२०१६रोयल च्यालेन्जर्स बेङ्गलोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट वनडे टि२०आई एफसी
म्याच ५७ ९६ ३४ १०३
कुल रन १,५१५ ४०१ २३ २,२३५
ब्याटिङ औसत २२.२७ १२.१५ ५.७५ २२.८०
१००/५० ०/१० ०/१ ०/० ०/१२
सर्वोच्च स्कोर ९९ ५२* * ९९
कुल बल ११,७५३ ४,९३६ ७६२ १९,२१५
विकेट २४४ १८४ ४५ ४१३
बलिङ औसत २६.९७ २३.१६ १९.४८ २५.६१
एक इनिङमा ५ विकेट १३ २०
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ६/५० ६/२८ ३/११ ८/७३
क्याच/स्टम्प २९/– ३२/– ११/– ४९/–
स्रोत: इएसपिएन क्रिकइन्फो, ४ डिसेम्बर २०२०

सन् २०१५ नोभेम्बर १५ को दिन स्टार्कले न्युजिल्यान्डका क्रिकेट खेलाडी रोस टेलर विरुद्ध १६०.४ किलोमिटर प्रति घन्टाको गतिमा बल फ्याकेर टेस्ट क्रिकेट खेलमा सबैभन्दा तीव्र गतिले बल फ्याकने कीर्तिमान बनाएका थिए।[४] स्टार्कले श्रीलङ्काको विरुद्ध सन् २०१६ अगस्ट २१ मा सबैभन्दा कम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने बलर बने, उनले ५२ इनिङमा यो कीर्तिमान बनाएका थिए जसकारण ५३ इनिङमा १०० विकेट लिने सकलेन मुश्ताकको १९ वर्ष पुरानो कीर्तिमान टुटेको थियो।

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Starc and Healy tie the knot", १५ अप्रिल २०१६। 
  2. "Starc's journey to top of World Cup tree", २९ मार्च २०१५, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  3. "World Cup Cricket Team Records & Stats | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच १२ अगस्ट २०१९ 
  4. "Starc bowls 160kph delivery, breaks bat", cricket.com.au, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्