माहिया माहि (बङ्गाली: মাহিয়া মাহি) जन्म: २७ अक्टोबर १९९३) एक बङ्गलादेशी अभिनेत्री तथा मोडल हुन्।[२] माहिले बङ्गलादेशी चलचित्रमा सफल कार्यकालको शुरूवात गरेकी थिइन् भने उनलाई विभिन्न सञ्चार माध्यममा एकदमै लोकप्रिय र आकर्षक अभिनेत्रीको रूपमा विश्लेषण गरिएको छ।[३][४][५][६][७] उनी हाल बङ्गलादेशी चलचित्र उद्योगको सर्वाधिक पारिश्रमिक लिने अभिनेता हुन्। माहिले सन् २०१२ मा बङ्गलादेशी चलचित्र भालोबासार रङ्बाट अभिनय यात्रा शुरू गरेकी थिइन् जुन चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो।[८][९]

माहिया माहि
মাহিয়া মাহি
जन्म२७ अक्टोबर १९९३
राजशाही
वासस्थानढाका
राष्ट्रियताबाङ्लादेशी
नागरिकताबाङ्लादेशी
मातृ शिक्षाप्रतिष्ठान
  • उत्तरा उच्च विद्यालय तथा क्याम्पस
  • ढाका सिटी क्याम्पस
  • सान्तो-मारियम प्राविधिक विश्वविद्यालय
पेशाचलचित्र अभिनेत्री
कार्यकालसन् २०१२–हाल
चिनारीको कारणअग्नी
जीवनसाथीपारभेज माहमुद अपु (सन् २०१६-हाल) [१]

बाल्यकाल र शिक्षा सम्पादन गर्नुहोस्

माहिया माहिको जन्म सन् १९९३ अक्टोबर २७ का दिन बङ्गलादेशको राजशाही जिल्लामा भएको थियो। माहिले सन् २०१० मा उत्तरा उच्च विद्यालयबाट माध्यमिक शिक्षा पूर्ण गरेकी थिइन् भने उनले सन् २०१२ मा ढाका सिटी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी थिइन्। हाल उनले शान्ता-मारियुम विश्वविद्यालयमा फेसन डिजाइनिङ अध्यन गरिरहेकी थिन्।[१०][११]

अभिनय कार्यकाल सम्पादन गर्नुहोस्

शुरूवात कार्यकाल सम्पादन गर्नुहोस्

माहिले सन् २०१२ मा बङ्गलादेशी चलचित्र भालोबासार रङ्बाट अभिनय यात्रा शुरू गरेकी थिइन् जसलाई जाज मल्टिमिडियाले पहिलो बङ्गलादेशी डिजिटल चलचित्रको रूपमा वर्णन गरेको थियो। यस चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो जस कारण माहि प्रख्यात बनेकी थिइन्। [१२]

थप सफलता सम्पादन गर्नुहोस्

सन् २०१३ मा माहिले ४ चलचित्रमा अभिनय गरेकी थिइन्। सन् २०१३ मा माहिले अभिनय गरेको पहिलो चलचित्र अन्यारकम भालोबासा थियो जुन बप्पी चौधुरीको विपरीतमा निर्माण गरिएको थियो। सन् २०१३ मा माहिले अभिनय गरेको दोस्रो चलचित्र पाडामोन थियो जुन साइमन सदिकको विपरीतमा निर्माण गरिएको थियो। [१३]

सन् २०१३ मा सार्वजनिक भएको माहिले अभिनय गरेको तेस्रो चलचित्र भालोबासा आज कल थियो जहाँ माहिले बङ्गलादेशका नकै चर्चित तथा उत्कृष्ट अभिनेता शाकिब खानसँग चलचित्र गरेकी थिइन् जुन चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो।[१४] यो चलचित्रबाट साकिब र माहिको जोडीलाई दर्शकहरूले अधिक रुचाएका थिए भने यस चलचित्र तात्कालिक समयको सर्वाधिक सफल चलचित्र घोषित भएको थियो।[१५] द डेली स्टारले नामक सञ्चार माध्यमले पनि माहि र साकिब खानको जोडीको बारेमा वर्णन गरेको थियो। न्यु एजले जनाए अनुसार साकिब र माहिको जोडी एकदमै सुहाउँदो छ। बङ्गलादेश चलचित्र क्षेत्रका मुटुहल्लाउने नायक साकिब खानसँग भालोबासा आज कलमा अभिनय गरेपछि माहि सर्वाधिक ख्याति कमाएकी थिइन्। सन् २०१३ मा सार्वजनिक भएको माहिले अभिनय गरेको चौँथो चलचित्र तबुओ भालोबासि थियो जुन बप्पी चौधुरीको विपरीतमा निर्माण गरिएको थियो।[१६][१७]

सन् २०१४ मा माहिले अभिनय गरेको पहिलो चलचित्र कि दरुन देखते थियो जुन चलचित्र पनि सफल भएको थियो। सन् २०१४ को अन्त्य तिर माहिको अग्नी नामक चलचित्र सार्वजनिक भएको थियो जुन महिला केन्द्रित, अपराध र रोमाञ्च चलचित्र हो। यो चलचित्र ढालिउडको इतिहासमै सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो।[१८] अग्नी चलचित्रको अभिनय गरेपछि सन् २०१४ मा माहिल मेरिल प्रथोम आलो पुरस्कार प्राप्त गरिकी थिइन्। माहिले सन् २०१५ मा दबिर साहेबेर सङ्सार नामक पहिलो हास्यव्यङ्ग्य चलचित्रमा अभिनय गरेकी थिइन् भने यस चलचित्रमा माहिले तिन भूमिका निर्वाह गरेकी थिइन्। यस चलचित्रले अौसत व्यापार गर्न सफल भएको थियो। सन् २०१५ मा माहिले हनिमुन नामक एक चलचित्रमा अभिनय गरेकी थिइन् भने यस चलचित्रका निर्देशक बप्पी चौधुरी थिए। यस चलचित्र इद अल फितरको समयमा देखाइएको छ जसलाई जज् मल्टिमिडियाले निर्माण गरेको थियो। माहिको अनेक साधेर मयना नामक चलचित्र ७ नोभेम्बर २०१५ का दिन सार्वजनिक भएको थियो जुन मयना मती चलचित्रको दोस्रो श्रृङ्खलाको रूपमा सार्वजनिक गरिएको थियो। माहि अभिनित यस चलचित्रले पनि दर्शक माफ लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो। सन् २०१५ मा माहिले रोमियो बनाम जुलियट चलचित्रमा अभिनय गरेकी थिइन् जसलाई अशोक पतीले निर्देशन गरेका थिए।[१९] माहिले बिग ब्रादार नामक चलचित्रमा पनि अभिनय गरेकी थिइन्। सन् २०१६ मा माहिले अभिनेता रियाजसँगको एक चलचित्रमा देखा परेकी थिइन्। माहिले वार्निङ चलचित्रमा एक पत्रकारको भूमिका निर्वाह गरेकी थिइन्। माहिले सन् २०१७ मा ढाका अट्याक नामक चलचित्रमा आरिफिन शुभोको साथमा अभिनय गरेकी थिइन् जहाँ उनी प्रमुख नायिका रूपमा देखा परेकी थिइन्।[२०] यो चलचित्र सन् २०१७ को सबैभन्दा अधिक कमाउने बङ्गलादेशी चलचित्र बनेको थियो र यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र हो भने यो चलचित्र विश्वव्यापी रूपमा सबैभन्दा अधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र बन्न सफल भएको थियो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://www.prothom-alo-com/article/867751/মাহির-বিয়ে[dead link]
  2. "চলচ্চিত্রে আলোচিত ৫ নায়িকার দৌড় চলছে এখন!" 
  3. "কমেনি মাহির কদর", দৈনিক ভোরের কাগজ  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२० मिति
  4. "Mahi’s New Obotar", The Daily Star (अङ्ग्रेजीमा), २०१९-०६-२७। 
  5. "বাপ্পীকে খুন করবেন মাহী!", NTV Online, २०१९-०६-२७। 
  6. "ঈদে হাত পেতে ৪ লক্ষের উপহার নিলেন মাহিয়া", Eisamay (बाङ्लामा), २०१९-०६-२७। 
  7. "৮ মিনিটের নাচে মাহিয়া মাহি", The Daily Bangla (बाङ्लामा), २०१९-०६-२७। 
  8. "মাহিকে নিয়ে ভক্তদের ‘মাহি দ্য প্রিন্সেস’", মানবজমিন, २०१९-०६-२७। 
  9. "‘মাহি দ্য প্রিন্সেস’", আমাদের সময়.কম -, २०१९-०६-२७। 
  10. "মাহিয়া মাহি", আলোকিত চাঁপাইনবাবগঞ্জ, अन्तिम पहुँच १४ আগস্ট २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०६ मिति
  11. "মাহির বিয়ে", ১১ নভেম্বর ২০১৬। 
  12. "ভালবাসার রঙ'-এর ডিজিটাল জাদুতে মুগ্ধ দর্শক", Daily Manab Zamin (बाङ्लामा), अन्तिम पहुँच ६ अक्टोबर २०१५ [dead link]
  13. "ঢাকাই ছবির নতুন জুটি", দৈনিক কালের কণ্ঠ, २०१३-०५-०९। 
  14. "বাস্তবেও আমি অগ্নিকন্যা: মাহি" 
  15. http://m.risingbd.com/entertainment/news/81990/
  16. http://thevision24.com/archives/6979 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२० मिति
  17. "শাকিব ও মাহির হাড্ডাহাড্ডি লড়াই", ২০ মার্চ ২০১৬। 
  18. "এবার কৃষ্ণপক্ষের ‘অরু’ - আনন্দ বিনোদন - The Daily Ittefaq" 
  19. "অন্ধ চরিত্রে প্রথম অভিনয়", cninews24.com 
  20. "মাহি-শুভ’র ‘ঢাকা অ্যাটাক’ মুক্তি পাচ্ছে ১২৫ প্রেক্ষাগৃহে", একুশে টেলিভিশন। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्