माल्दिभ्स फुटबल सङ्घ सन् १९८२ मा गणतन्त्र मालदिभ्समा फुटबलको नियन्त्रक निकायको रूपमा स्थापना भएको थियो। युवा र खेलकुद मन्त्रालयको निर्देशनमा रहेको सङ्घले माल्दिभ्समा फुटबल खेलको लागि सबै नियामक पक्षहरूको लागि जिम्मेवार छ। सन् १९८६ मा, सङ्घ एसियाली फुटबल महासङ्घफिफाको सदस्य बनेको थियो। [२]

माल्दिभ्स फुटबल सङ्घ
एसियाली फुटबल महासङ्घ
Association crest
स्थापनासन् १९८२
फिफा मान्यतासन् १९८६
एसियाली फुटबल महासङ्घ मान्यतासन् १९८४ (सङ्घीय सदस्य),[१] 1986
दक्षिण एसियाली फुटबल सङ्घ मान्यतासन् १९९७
अध्यक्षबसाम अलरदिल जलिल
वेवसाइटआधिकारिक वेबसाइट

पूर्ण इतिहास तथ्याङ्क र आँकडाका लागि माल्दिभ्स राष्ट्रिय फुटबल टोली हेर्नुहोस्

सङ्गठन सम्पादन गर्नुहोस्

माल्दिभ्स फुटबल सङ्घको अधीनमा हाल पाँच सदस्यको कार्यकारी समिति रहेको छ जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव समावेश छन्। माल्दिभ्स फुटबल सङ्घको प्रधान कार्यालय राजधाजी मालेमा अवस्थित छ, जसलाई फिफाको "गोल" परियोजनाको लगानीबाट निर्माण गरिएको थियो।

फिफा र एसियाली फुटबल महासङ्घले आफ्ना सदस्यहरूलाई निर्वाचित शासनको गठनको गर्नु पर्ने प्रावधान राखेको थियो। माल्दिभ्स फुटबल सङ्घ पहिला माल्दिभ्स सरकारले नियुक्त गरेका शासकहरूको नियन्त्रणमा रहेको थियो जसलाई राष्ट्रपति मउमुन अब्दुल गयूमले ल्याएका राजनीतिक परिवर्तनहरूको साथमा सन् २००६ को अन्तिम तिमाहीमा युवा मन्त्रालयले फेरबदल गरेको थियो। सन् २००६ को अन्त्य तिर, माल्दिभियाली फुटबल सङ्घलाई माल्दिभ्सको लेखा परीक्षण कार्यालयद्वारा नियमन गरिएको थियो र यसलाई कोषको बारेमा अभियोग लगाइएको थियो। तथापि, अध्यक्ष अब्दुल सुकुरलाई निष्कासन गरिएको थिएन र महासचिव श्री इब्राहिम इस्माइल अलीलाई माल्दिभ्सको ओलम्पिक समितिको पदमा सरुवा गरिएको थियो।

जुलाई २००८ मा, माल्दिभ्स फुटबल सङ्घमा वैकल्पिक शासनको थालनी भएको थियो र श्री अली अजीम सङ्घको अध्यक्ष चुनिएका थिए। २६ जनवरी २०१३ मा, माल्दिभ्स फुटबल सङ्घले फिफा र एसियाली फुटबल महासङ्घको विधान अनुसार दोस्रो चुनाव सम्पन्न गरेको थियो जसमा श्री इल्हम अहमदलाई अध्यक्षको रूपमा चयन गरिएको थियो भने र श्री मोहम्मद हनीमलाई महासचिवको रूपमा चयज गरिएको थियो। ४ जुन २०१४ मा श्री मोहम्मद हनिम राजीनामा दिए पछि सङ्घले हुसेन जाजाजलाई महासचिवको रूपमा नियुक्त गरेको थियो।[३] फिफाले २ डिसेम्बर २०१४ मा श्री मोहम्मद शवेदको मार्गदर्शनमा, सामान्यीकरण समिति अन्तर्गतको संक्षिप्त विवरण पछि श्री अहमद थारीकलाई अध्यक्ष र श्री बसम अदेल जलीललाई महासचिवको रूपमा नियुक्त गरेको थियो।

भूमिका तथा आयोजनाहरू सम्पादन गर्नुहोस्

माल्दिभ्स फुटबल सङ्घ, माल्दिभ्समा फुटबलको लागि शासित निकाय हो। यसले अञ्चल स्तरीय प्रतियोगिता, धिवेही लिग, एफए कप माल्दिभ्स, कप विनर्स कपको आयोजना गर्दछ। माल्दिभियाली फुटबललाई, माल्दिभ्स फुटबल सङ्घले ३ स्तरीय इकाइमा विभाजित गरेको छ जसमा प्रथम श्रेणीमा ६ वटा क्लबहरू समावेश छन्। दोस्रो र तेस्रो श्रेणीका क्लबहरूको सङ्ख्या एकदमै असङ्गत छ। जसले गर्दा हाल सम्म विधि र पद घटका नियमहरू यथावत छन्। माल्दिभ्स फुटबल सङ्घ व्यक्तिगत खेलको लागि प्रत्यक्ष रूपमा जिम्मेवार छ जसमा निर्णायकहरू सिधै सङ्घको अधीनमा आउँछन् जुन एक अलग इकाई भने होइन। यो सङ्घको निर्णायक समिति हो।

सङ्घीय सदस्य सम्पादन गर्नुहोस्

नाम पद स्रोत
  बसाम अदिल जलिल अध्यक्ष [४]
  ऐसहाथ नजिमा उपाध्यक्ष [५]
  मोहमद लतिफ दोस्रो उपाध्यक्ष [६]
  हुसेन जावज सामान सचिव [७]
थाह छैन कोषाध्यक्ष
  इहुसान अब्दुल घानी प्राविधिक निर्देशक [८]
  कान भनली दोस्रो प्राविधिक निर्देशक [९]
  पिटर सेगार्ट टोली प्रशिक्षक (पुरुष) [१०]
  मोहमद आतिफ] टोली प्रशिक्षक (महिला) [११]
  अब्दुल्ला मनियु सञ्चार रव्यवस्थापक [१२]
  इब्राहिम नाजी नइम फुटसन संयोजक [१३]
थाह छैन रेफ्रि संयोजक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्