मल्ल वंश नेपालको मध्ययुगिन अर्थात १२ औँ शताब्दीदेखि १८ औँ शताब्दीको बिचका शासकहरू हुन।

मल्ल
पुर्ख्यौली थलोभारत
संस्थापकअरिदेव
अन्तिमजयप्रकाश मल्ल
विघटन१६औं सताव्दी

उत्पति सम्पादन गर्नुहोस्

मल्ल राजाहरूले आफुलाई कर्नाट राजवंशको वंशज भएको दाबी गरे र प्रायः आफूलाई कर्णाटवंशी, रघुवंशी वा सूर्यवंशीको रूपमा शैलीबद्ध गरे। मल्लहरू नेवारी भाषा तथा मैथिली भाषा को संरक्षणका लागि प्रख्यात थिए जसलाई मल्ल दरबारमा संस्कृतको बराबरको दर्जा दिइएको थियो।[१]

मल्ल शासनकालमा मैथिल ब्राह्मण र कान्यकुब्ज ब्राह्मण पुजारीहरूलाई काठमाडौंमा आमन्त्रित गरी बसाइयो। त्यसैगरी, मिथिलाका दर्जनौं क्षत्रिय- हैसियतका कुलीन र शासक कुलहरू पनि कुलीन वा मुस्लिम आक्रमणबाट भागेका मल्ल दलको भागको रूपमा आएका थिए। यी बारम्बार बसाइँसराइहरू मध्ये सबैभन्दा उल्लेखनीय भनेको १३२४ ईस्वीमा राजा हरिसिंहदेवको शासनकालमा गियाथ अल-दिन तुगलकद्वारा मिथिला राज्यको आक्रमण पछि भएको बसाइसराइ थियो, जसले गर्दा मिथिलाको ठूलो मात्रामा नेपाल बसाइँ सरेको थियो। यस समयमा आएका पुजारी वर्गहरू उपत्यकाका वर्तमान केही राजोपाध्याय तथा जोशीहरुका पुर्खाहरू हुन्, जबकि आप्रवासी योद्धा र कुलीन वर्गहरू आजका छथरिय(क्षत्रीय) श्रेष्ठ नेवारहरूका पुर्खाहरू हुन्। अन्य समूहहरू पनि आप्रवासी र अन्ततः नेवार समाजमा समाहित भए, जसमध्ये केही हालका खड्गीहरू नाय्/शाही, धोबी, कापाली/जोगी, हलवाई/राजकर्णिकार र ललितपुर, पोड्या (चम्हार), कुलु तथा सुवाल आदी हुन्।[२]

यी मानिसहरू अन्ततः एक जातिय एकाइ बन्न पुगे जसलाई १६औं शताब्दीदेखि नेवार भनेर चिनाउन थालियो। मल्ल सेनाको मेरुदण्ड उत्तरी बिहार र तराईका केही भागका तिरहुती सिपाहीहरू मिलेर बनेको थियो,जबकि सैन्य नेताहरू र प्रमुखहरू तत्कालीन क्षत्रिय परिवारहरूबाट भर्ती भएका थिए, जसलाई प्रधान, ग्वंग, लाकौल, नेमकुल जस्ता वंश उपाधिहरू दिइयो। मल्ल राजाहरूको पराजय पछि, तिनीहरूका कतिपय वंशजहरूले उपत्यका छोडे र नेपालको विभिन्न भागहरूमा बसोबास गरे। उनीहरूका सन्तानले रघुवंशी, राजवंशी, प्रधानाङ्ग, अमात्य, था श्रेष्ठ थरहरू प्रयोग गर्दै आएका छन्।[३][४]

इतिहास सम्पादन गर्नुहोस्

शुरुवात सम्पादन गर्नुहोस्

नेपालमा मल्ल वंशको शुरुवात १२ औँ शताब्दीको सुरु तिरबाट भयो। काठमाडौ उपत्यका विभाजन पुर्व मल्ल वंशका प्रथम राजा अरिदेव मल्ल थिए भने अन्तिम राजा यक्ष मल्ल थिए । त्यसैगरी काठमाडौ उपत्यका ३ भागमा विभाजन भए पश्चात कृतिपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रत्न मल्लजयप्रकाश मल्ल,ललितपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रण मल्ल र देवनर सिंह मल्ल र भक्तपुरका प्रथम राजा र अन्तिम राजा क्रमश राय मल्ल र रणजीत मल्ल थिए ।

राज्यहरू सम्पादन गर्नुहोस्

काठमाडौँ (कृतिपुर)

ललितपुर

भक्तपुर

पतन सम्पादन गर्नुहोस्

  • आपसी विभाजन :- मल्ल राज्य अहिलेको संघिय संरचना जस्तै तर भाइ भारदारहरुमा मात्र सिमित थियो युग स्वर्णिम हुँदा हुदै पनि अंसको रुपमा राज्य लिने प्रचलन थियो बाईसे चौविसे राज्य यिनैका प्रान्तिय सरकार थिय तर एक आपसमा बलियो सम्बन्धको अभाव भएर पतन हुन पुगेको थियो।
  • सुचना सञ्चारको अभाव:-अहिलेको जस्तो सुचना प्रविधिको विकास नभएकोले मल्ल राज्यका प्रान्तिय सरकार र संघिय सरकारको सम्बन्ध रहिरहन सकेन त्यसैले छुट्टा छुट्टै राज्यको रुप जस्तो देखिएको थियो,दरवारिया भित्रै षडेन्त्र रचिन थाले आफ्नै राज्य कम्जोर बनाउन तल्लिन रहे।
  • बलियो संघिय प्रसासनको अभाव:-तात्कालिन पृथ्विनारायन शाहले गरेको एकिकरणताकाको नेपाल भन्दा मल्ल राज्यको सिमा झन विसाल थियो भन्ने तर्क अर्काथरिले गर्दछन,किन भने खस साम्राज्यको समग्र महाभारत ईलाका भरिनै यसरि स-साना राज्यका रुपमा विभक्त थिए जुन केन्द्रिय शासक ले भुगोल ठुलो भएकाले सवै राज्यमा नियमन गर्न नसक्दा पतन भएको अनुमान छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ayyappappanikkar; Akademi, Sahitya (जनवरी १९९९), Medieval Indian literature: an anthology, Volume 3, पृ: 69, आइएसबिएन 9788126007882, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७ 
  2. Gellner, D.; Pfaff-Czarnecka, J.; Whelpton, J. (६ डिसेम्बर २०१२), Nationalism and Ethnicity in a Hindu Kingdom: The Politics and Culture of ..., Routledge, पृ: 243, आइएसबिएन 9781136649561, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७ 
  3. Singh, R. S. N. (२०१०), The Unmaking of Nepal, Lancer Publishers, पृ: 29, आइएसबिएन 9781935501282, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७ 
  4. Gellner, D (२०१२), Nationalism and Ethnicity in a Hindu Kingdom: The Politics and Culture of Contemporary Nepal, Routledge, पृ: २४९, आइएसबिएन 9781136649561